-एनआरएनए स्पेनको चुनाव गराउने जिम्मा अध्यक्ष कमरेडलाइ, महासचिव डा शर्मा जवाफ देउ

एनआरएनए स्पेनको चुनाव गराउने जिम्मा अध्यक्ष कमरेडलाइ, महासचिव डा शर्मा जवाफ देउ

Hollywood Khabar June 03,2021 Comments

बार्सिलोना, स्पेन, जुन ४, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनको अधिवेशन नजिकिदै गर्दा विबाधमा तानिएको छ। आफुखुसी एकल निर्णय गर्दै स्पेनस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड हेम शेर्पालाई एनआरएनए एनसीसी स्पेनको २०२१-२०२३ कार्यकालका लागी निर्वाचन सम्पन्न गर्न निर्वाचन समितीको संयोजकमा मनोनित् गरिएको छ।

एनआरएनएको बिधान र राष्ट्रिय समन्वय परिषद महाधिवेशन संचालन निर्देशिकाको निर्देशन बिपरित यो मनोनयन भएको हो। संघको अन्तराष्ट्रिय परिषदको बिधानले राजनैतिक, धार्मिक र जातीय संस्थाका कार्यकारी पदमा हुनेले संघको पदधारण गर्नुपूर्व कुनै एक पदबाट राजिनामा स्वीकृत गराएको प्रमाण पेश गर्नुपर्ने भन्ने ब्यबस्था छ।

तर त्यो सबै बिधि-बिधान मिचेर उनको मनोनयन गर्ने हो भने कि शेर्पाले नेकपा स्पेनको अध्यक्ष पदबाट राजिनामा गरेको प्रमाण पेश गर्नुपर्यो अन्यथा निर्यण बदल्नुपर्यो। बिधानमा राजनीति गर्ने व्यक्ति आउन नहुने भनेको छैन तर आउनुपूर्व नै जिम्मेवारीबाट मुक्त भएको हुनुपर्छ भन्ने ब्यबस्था छ।

यदि यसो हो भने स्पेनमा रहेका करिब ४० वटा संघ-संस्थाका अध्यक्षहरूलाई निर्वाचन समितीको संयोजक बनाउन किन सकिन्न प्रश्न उठेको छ। एउटा निष्पक्ष निर्वाचन गर्ने जस्तो जिम्मेवारी बोक्ने मान्छे पार्टीको अध्यक्ष हुनु एनआरएनए एनसीसी स्पेन मात्र होइन संघको अन्तराष्ट्रिय बिधि-बिधान बिपरित भएको छ।

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन समिती साधारण सभा या महाधिवेशन मध्ये एकले हलबाट पास गरेर मनोनित गर्छ। त्यसलाई प्रश्न उठाउने, चुनाव हुन दिन्न भन्ने संघका अन्तराष्ट्रिय माहसचिव डा हेम राज शर्माको ध्यान कता गएको हो ? संघको बिधान बिपरित भएको यस्तो कदमको युरोप संयोजक नारायण आचार्य, आफूलाइ संघको बिधानको सभामुख महोदय मान्ने महासचिव डा शर्मा र संघका अध्यक्ष कुमार पन्तको ध्यान यस्ता गतिबिधिमा पनि पुग्नुपर्छ कि पर्दैन।

बिनाकारण एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न लाग्ने महासचिव डा शर्माले यो स्पेनको ठाडो राजनैतिक कदम रोक्न लागि पर्छन कि पर्दैनन् यसबटा उनको आगामी चुनावलाइ निर्धारण गर्छ। युरोप क्षेत्रमा मात्र होइन संसार भरिका कांग्रेसी भन्नेहरुलाई बिधानको मिचाईप्रति ठाडो चुनौती भएको छ। उनीहरु यस बिषयमा बिधान अनुसार हुनुपर्छ भनेर बोल्छन या बोल्दैनन ?

कुरा यति मात्र होइन संघकै कुनै पनि अन्य व्यक्ति नभएको जस्तो टपक्क टिपेर अध्यक्ष कमरेड हेम शेर्पालाइ निर्वाचन प्रमुख बनाउनु कती लाजमर्दो कुरा हो ? यो पार्टीको चुनाव होइन एनआरएनए एनसीसी स्पेनको चुनाव हो त्यहाँ ठाडो रुपमा अध्यक्ष कमरेड हेम शेर्पाको मनोनयनले के बुझ्ने? यसको प्रतिक्रियामा राजनैतिक पार्टीका अध्यक्षलाई निर्वाचन संयोजक नबनाउ भनेर कार्यसमिति भित्रैबाट बिरोध गर्दागर्दै बिना छलफल निर्वाचन संयोजक तोकिएपछि बल्ल थाहा पायौ एक उपाध्यक्षले भने।