-गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

Hollywood Khabar September 06,2021 Comments

कृष्ण के सी, सेप्टेम्बर ६, २०२१

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०२१-२०२३ कार्यकालको लागि नयाँ नेतृत्वको लागि निर्वाचन मुखमा आएको छ। महाधिवेशन प्रतिनिधि संबन्धि विवाद नेतृत्व तहबाट नै विभेदको भोगाइ सबैले पाएका छन्। तर पनि निर्वाचनमा नेतृत्वमा आकांक्षीहरु दर्जनौं, सयौंको संख्यामा आएका छन्।

  1. उम्मेदवारहरु मध्ये धेरै त आफ्नाबारे नै बताउन सक्दैनन् तर पनि आकांक्षी भएका छन्। अझै पनि उनीहरुको उम्मेदवारीको फ्लायरमा लेखिएको देख्न सकिन्छ सिकेका ज्ञान र सिप नेपालमा लैजाने।
  2. उनीहरुमा कतिपय त संघको बिधानमा महाधिवेशन प्रतिनिधि चयनको बिषयमा बिधानको अपव्याख्या गरिंदा पनि बोल्न सक्दैनन तरपनि उनीहरुको नै स्वर चर्को हुँदै आएको छ।
  3. संघ र गैरआवासीय नेपालीका सबैभन्दा ठुला मुद्धामा भन्दा धेरै व्यक्तिको पुजा गर्दै आएका पनि यहाँ देखिएका छन्। उनीहरुलाइ नेतृत्वमा जान मत कसरी दिने जसले हाम्रो मुद्धा नै उठाउँदैनन?
  4. नेपालको संबिधानमा नै भएको संबैधानिक अधिकारलाइ ढिला सुस्ती गर्न समय खर्च गर्नेहरु कसरी हाम्रा मित्र हुन्छन ?
  5. सुरक्षित भनिएको एमआरएस भन्ने सिष्टमलाइ दुरुपयोग गरेर सदस्यहरुको सूचना बेच्नेहरु भोलि हामीलाइ नै धरौटीमा राख्दैनन भनेर कसरी विस्वास गर्ने ?
  6. राहतको नाममा नीतिगत भ्रष्ट्राचार गर्नेहरु प्रति विश्वास कसरी विश्वास गर्ने ?

यस्ता दर्जनौं मुद्धा छन् तर हाम्रा सामु यसलाई सुल्ट्याउने भन्दा गिज्याउनेहरु धेरै छन्। नेपाल सरकारले नै ब्यबस्था गरेको बिषय अझै पनि संघमा आउने हुँदैन भन्नेहरुबाट संघ र हाम्रो हित कसरी होला ? यस्ता धेरै मध्ये फरक रुपमा संघको मुद्धा उठाउँदै आएका संघमा महासचिवका उम्मेदवार डा केशव पौडेलको बिचार यहाँ प्रस्तुत गरेको छु।

हालसम्म गैरआवासीय नेपाली संघले नेपाल सरकारले गरेको एनआरएन संबन्धि ब्याख्स्यालाइ इन्कार गरेको छ। नेपाल सरकारले दुइथरी एनआरएनहरुको ब्याख्या गरेको छ। विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी। यसबारेमा यहाँको के बिचार छ ?

डा केशव पौडेलको जावाफ:

  1. कुरा विचारको भन्दा पनि वास्तविकताको हो। हाम्रो नेचर नै दुइ थरिको एनआरएन हो। यसबारे नेपाल सरकारले नै गरेको व्याख्या छ। विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी।
  2. पहिलो सार्क देश बाहिर २ बर्ष भन्दा धेरै बसेका नेपाल सरकारको कुटनैतिक नियोग र बिभागका कर्मचारी र अन्तराष्ट्रिय बिधार्थी बाहेकलाइ विदेशमा बस्ने नेपाली भनेको छ। यो एकाथरी एनआरएन हो जो अस्थाई एनआरएन हुन्।
  3. दोश्रो नेपाली मुलका बिदेशी एनआरएन जो नेपाल पुर्खौली भएका तर बिदेशी नागरिकता लिएका, उनीहरुबाट जन्मिएका सन्तान, नेपाली तर बिदेशमा जन्मिएका कारण विदेशी नागरिकता लिएका नेपाली पर्दछन। तर यसमा पनि सार्क देश बाहिर बस्ने भनेर तोकिएको छ।
  4. यस्तो स्पष्ट कुरा गैरआवासीय नेपाली संघमा प्रवेश किन भएन भन्ने कुरा माथि धेरै किसिमले हेर्नु जरुरी भएको छ। म त भन्छु, अब हाम्रो नेचर अनुसार संघको सदस्यताको प्रकारमा पनि दुइथरि सदस्यता दिनुपर्ने भएको छ। पहिलो प्रकारकारका एनआरएनहरुलाइ २ बर्षको लागि र दोश्रो प्रकारका एनआरएनहरुलाइ निश्चित शुल्क लिएर आजीवन सदस्यता दिने ब्यबस्था गर्नुपर्छ।

महासचिवको लागि प्रत्यासी हुँदैगर्दा थुप्रै बिषयमा म थप अध्ययन गर्दै आएको छु। यसलाई मैले गंभिर रुपमा उठाउने मात्र होइन आगामी बिधान संसोधनमा यो बिषय प्रवेश गर्नमा मेरो पहल रहन्छ। यसपूर्व यस संबन्धि थुप्रै बहस हुनु जरुरी छ। तर यसलाई संघमा प्रवेश गराउनु जरुरी भएको छ।

डा केशव पौडेल संबन्धि थप समाचार:

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

एनआरएनएको जिम्मेवार व्यक्तिले परराष्ट्रको निर्देशन मान्दिन भन्नु अमर्यादित, डा पौडेल

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनएमा रुपान्तरण, थन्किएका मुद्धा धेरै छन्, महासचिवका आकांक्षी डा पौडेल

एनआरएनए आइसीसीको महासचिवमा अमेरिकाका डा केशव पौडेल उम्मेदवार हुने