-NRNA:एनसीसी यूके र नेपाली समूदायाबीच अन्तरसम्बाद कार्यक्रम सम्पन्न

NRNA:एनसीसी यूके र नेपाली समूदायाबीच अन्तरसम्बाद कार्यक्रम सम्पन्न

Hollywood Khabar February 09,2020 Comments

लण्डन/२/९/२०२०

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेले नेपाली समूदायाबीचमा अन्तरसम्बाद कार्यक्रमको सम्पन्न गरेको छ।

गैरआवासीय नेपाली संघ यूकेले नेपाली समूदायाबीचमा अन्तरसम्बाद कार्यक्रमको शुरुवात गरेको छ। लन्डनस्थित हिमालयन क्लबमा आइतबार दिउँसो गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) यूकेको संघसंस्था विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

एनआरएनए एनसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोजिना प्रधान राईको संयोजकत्वमा आयोजना भएको सो कार्यक्रममा एनआरएनए यूके अध्यक्ष्य श्रीमती पुनम गुरुङ, आइसीसी सदस्य एवं संघसंस्था विभाग यूके सल्लाहकार, रामशरण सिम्खडा, एनआरएन युरोप उपसंयोजक कृष्ण तिमल्सेना, आइसीसी मेम्बर बिजन भट्ट लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य पेश गर्दै संयोजक रोजिना प्रधान राईले संघसंस्था त नेपाली समूदायसंगको सहकार्यमा मात्र अगाडी बढ्न सकिने बताउंदै प्राप्त रचनात्मक सल्लाह र सुझावले आफूहरुलाई भावी रणनीति तयार गर्न सहयोग पुग्ने बताइन। अन्तरसम्बाद कार्यक्रममा बोल्दै एनआरएन यूके अध्यक्ष पुनम गुरुंगले आफूहरुको पहिलो एजेन्डा नै संघसंस्था र समाजसंगको अन्तरक्रिया गर्ने रहेकोले आफ्नो भनाई राख्न भन्दा समाज र संस्थाको कुरा सुनेर अगाडी बढ्ने बताइन ।

भ्रामक समाचारहरुले अन्योलमा पारेको हुँदा त्यस विषयमा आफूले स्पष्ट पार्ने बताउँदै रे होइन कि हो भन्ने कुराको निष्कर्षमा पुग्नुपर्ने बताइन । पावर पोइन्टको माध्यमद्वारा आफूहरुले सम्पन्न गरेका कार्यक्रम लगायत भावी कार्यक्रमको बारेमा समेत जानकारी गराएकी थिइन् । बेलायतका विभिन्न स्थानहरुमा आयोजना गरिने यस कार्यक्रमले गैर आवासीय नेपाली संघ र संघसंस्थाबीचको सम्बन्धलाई नजिक पार्न सफल हुने विश्वास रहेको अध्यक्ष गुरुंगले बताइन ।

विभिन्न व्यक्ति र संस्थाका प्रतिनिधिहरुको जिज्ञासाको बारेमा गुरुंगले प्रष्ट पार्दै भनिन, एनआरएनले सानोतिनो मुद्दालाई भन्दा राष्ट्रिय मुद्दालाई लिएर अगाडी बढ्नुपर्ने बताइन । कार्यक्रममा विभिन्न किसिमका सल्लाह र सुझाबहरु प्राप्त भएका थिए । विशेषगरी निर्वाचन प्रक्रिया र एनआरएन परिचयपत्रलाई व्यवस्थित गर्नुपर्ने, आर्थिक कारोवारको पारदर्शिता, नेपाली भाषा साहित्य प्रबर्धन, सामाजिक संजाललाई नियन्त्रण गरिनुपर्ने कुरा सबैको चासोको विषय बनेको थियो ।

सबैको सल्लाह सुझाव र प्रतिक्रियालाई समेटेर अगाडि बाधन र आवश्यक छलफल गरेर अगाडि बढ्ने अध्यक्ष पुनम गुरुंगले प्रतिवद्धता व्यक्त गरेकी छन् । एनआरएन आइडी कार्डको बारेमा प्रष्ट पार्दै रामशरण सिम्खडाले डिजिटल कार्डको तयारी भैरहेको र निकट भविष्यमा नै मोबाइल एप्स मार्फत विभिन्न सुविधासहितको कार्ड आउने बताए ।

एनआरएनको १५ औं वार्सिकोत्सवको अवसर पारेर सम्पूर्ण अग्रज तथा संघप्रति योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले आगामी मार्च ५ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा उपस्थित हुन समेत सिम्खडाले अनुरोध गरेका छन् ।

नो मेम्बर फि को बारेमा बोल्दै युरोप उप संयोजक कृष्ण तिमल्सेनाले एनआरएन फाउन्डेसनको काम अगाडि बढेको बताए ।

अन्तरसम्बाद कार्यक्रममा यती नेपाली एसोसियसन यूके, क्याट यूके, एनबिसी यूके, नर्सिङ एसोसियसन यूके, किरांत याक्थुम यूके, आदीबासी जनजाती महिला महासंघ यूके, पासापुच यूके, क्याटर एसोसियसन यूके, नेप्लिज सेफ एसोसियसन यूके, धादिङ नुवाकोट समाज यूके, केन्टन सोलिसिटर, बृटिस वल्फेयर सोसाईटी, सृजनशिल नेप्लिज समाज, लायन्स क्लब हेण्डन, रासस, देवाचन बुद्दिष्ट सेन्टर, ओयूएनएफ यूके, शेर्पा किदुङ, अर्खखांची समाज यूके, क्षेती समाज यूके, तमुधू लण्डन ईकाई लगायतका संघसंस्थाको उपस्थिति रहेको थियो।