NRNA US चुनाब, हावाको दौड, ढुंगा पिट्ने के सी, फुर्सदमा पछुताउने जन्ती

Hollywood Khabar July 24,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
हाम्रो बानी भनेको कुनै पनि कुराको जरो र चुरोमा आफैं नहेर्ने अनि हावामा दौडने, पढ्न भन्दा सोध्न तिर लाग्ने त्यो पनि तीन न तेह्रका नेता भनाउँदा संग। अनि तिनै नेता भनाउदाहरुले आफ्ना स्वार्थ अनुरुप जे व्याख्या गर्छन त्यही मानेर हिंड्ने। वास्तविकता एकातिएर हुन्छ, हामी भने तेसै-तेसै हावामा उफ्रने र ढुङ्गा जस्तो सारो चिजलाइ पनि मुड्कीले पिट्ने प्रयास गर्छौ। कालन्तरमा नतिजा आउँदैन र पछुताउनु पर्छ। यहि हो हामी नेपाली अमेरिकी समाजको नियति।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को २०१७-२०१९ कार्यकालको निर्वाचनको लामो लफडा चल्दै चल्दै अन्तत अगष्ट ११ र १२ मा चुनाब हुने भएको हो। अध्यक्षका उम्मेदवारको योग्यता प्रश्नबारे पहिला नै विवाद आउने संकेत देखेर नै यो पंक्तिकारले गत फेब्रुअरी १७, २०१७ मै बिधान र निर्देशिकालाइ समेत कोड गर्दै लेखेको नै हो। विवाद सुरु हुनुपूर्व नै स्पट पारेकै हो। तर कतिपय लयरका कुरामा र कोही सुपरलयरका कुरामा दौडिए। अन्तत गैर आवासिय नेपाली संघका महासचिव डा बद्रि के सी समेत लुर्कोमा फुर्को जोड्न रसिया देखि अमेरिका सम्म तानिनु भयो। सिलिङ्ग भन्दा माथि कोही पनि हुन्न, NRNA संस्थाको वर्तमान सिलिङ्ग भनेको अध्यक्ष डा शेष घले हो। त्यो कुरा पनि बिर्सेर खुला नाँच नाच्न थाल्न्नु भयो मससचिव डा के सी। भनिन्छ-धेरै सक-सक गर्नेले च्यापिनु पर्छ, अब स्थिति त्यस्तै भएको छ।
१. सबै भन्दा पहिला, NRNA NCC अमेरिकाको बिधानले ICC को ओभर राइड गर्ने कुरा स्वीकारेको छ। अनि ICC को बिधान र राष्ट्रिय अधिवेशन निर्देशिका दुबैले तीन कार्यकाल नाघेका NCC हरुको हकमा ICC बिधानको अनुरुप हुनुपर्ने बिधान NCC अमेरिका र ICC दुबैले आपसमा स्वीकारेको अवस्था छ। NCC अमेरिकाको सो बिधानलाइ स्टेट अफ टेनेसीले स्वीकृति दिएको छ।अब अमेरिकी कानुनले सो कुरालाई रोक्दैन। अर्को कुरा NRNA भनेको फ़्रेञ्चाइजिजको उत्पादन जस्तो हो। जस्तो की कोकाकोला। अमेरिकाको कोकमा म नुन हालेर बानउँछु, नेपालको कोकमा म सखर हालेर बनाउँछु मेरो मर्जी भन्ने होइन। सबैको एउटै ब्राण्ड NRNA हुँदै जाने हो, यही कुरा NRNA अमेरिकाको बिधानले स्वीकारेको छ। संस्था बुझ्नेले यो बुझुन नाबुझ्नेले राजनीति गरुन।    
२. NCC अध्यक्ष र ICC सदस्य हुन एक कार्यकाल काम गरेको हुनुपर्दछ। भनिएका NCC अमेरिकाका ५ मध्य एक जना प्रत्यासीका लागि अध्यक्षको योग्यता पुगेन। सो कुरा निर्वाचन आयोगको माग अनुसार NCC अमेरिकाको कार्यसमितिका महासचिवले आधिकारिक रुपमा निर्वाचन आयोगलाइ दिएको छ। जस अनुसार भनिएका ति व्यक्तिको योग्यता अध्यक्षका लागि पुग्दैन। ति व्यक्तिले NRNA NCC अमेरिका र ICC को कुनै पनि कालखण्डमा कार्यसमितीमा काम गरेको रेकर्ड छैन।
३. NRNA ICC ले एउटा बुकलेट निकालेको छ, त्यो पुस्तिकामा सबै कुरा छ तर पनि ति व्यक्तिको नाम वेबसाइटमा जस्तो महासचिव डा बद्रि के सीले सुटुक्क थप्न मिलेको अवस्था छैन। किन की त्यो पुस्तक आज निस्केको होइन। हालको वर्तमान नै भावी इतिहास हो, वर्तमानले इतिहास बनाउन सकिन्छ तर इतिहास वर्तमानमा बदल्न सकिन्न। भएता पनि केही NRNA अभियन्ता र पदिय ब्यक्तिहरुबाटै उल्टो बाटो हिड्ने काम भयो, बिधि-बिधान मिच्ने काम भयो। यो खेलमा ती अध्यक्षका प्रत्यासीको कुनै कसुर या उहाँबाट भएको अनर्थ देख्दिन म। किन की उहाँलाई ढुक्क बनाएर अनावश्यक आश्वाशन दिएर दुरुस्त बनाउन NRNA का अभियन्ताहरु नै लागेका हुन्। एउटा आरोप छ यसका लागि पुर्व अध्यक्ष जिबा लामिछाने देखि वर्तमान उपाध्यक्ष कुमार पन्त सम्मले लुकेर आँखा सन्काएको हो। यसर्थ उहाँको इच्छा जाघ्नु स्वभाविक हो। तर इच्छा र बिधान फरक कुरा हुन्। आयोग बिधि-बिधानले चल्ने हो। आयोगले नाम नदिए पछि, ति उम्मेदवारले आफ्नो दावी आफैले पेस गर्नु पर्नेमा, उहा चुप बस्दा महासचिव डा बद्रि के सीले लेख्न पर्नुका कारण के हो ? यसले त्यो लुर्कोको छिपा-तानी स्पस्ट भएको छ।  
४. NRNA NCC अमेरिकाको स्थापनाको पहिलो संस्थापक अध्यक्ष सुमन तिमल्सिना हो। त्यो कुरा रेकर्ड र इतिहासले प्रमाणित गरेको छ। त्यो भन्दा पुर्वको समयमा संस्था होइन व्यक्तिहरुलाई NRNA अभियानमा स्थान दिएको भने प्रस्ट हो। इतिहासको रेकर्डले यहि प्रमाणित गरेको छ।  
५. डेलिगेट्स र कार्य समिति फरक कुरा हुन। अमेरिकाबाट २००६ देखि समावेस भएका व्यक्तिहरु डेलिगेट्स र अभियन्ताहरु हुन्। किन की त्यो समय संस्था नै स्थापना भएको छैन भने कार्यसंतितीको त के कुरा आयो। उहाँहरु संस्थापक या कार्यसमितिका होइनन, त्यो समयमा संस्थाको नाम र लोगो चलाएको कुनै इतिहास छैन, हुन पनि सक्दैन, अब थपेर पनि हुँदैन।
६. सोही कारण NRNA NCC अमेरिकाको निर्वाचन आयोगले भनिएका एकजना अध्यक्षका प्रत्यासीको नाम योग्यता नपुगेको कारण लिस्टमा राख्न नसकेको हो। आयोगको सुचनाले तेही भन्छ। NAC भन्ने संस्थाको EIN नम्बर चलायो या त्यो सँस्थालाई मान्यता दियो भन्ने कुरा लाटोले पनि पत्याउँदैन। जब NRNA संस्थाको लोगो र नाम नै चलाएको छैन भने त्यो कसरी हुन्छ ?
७. दावी गरिने ति योग्यता नपुगेका व्यक्तिले आफ्नो योग्यता पुगेको कुरा पेस आफै गर्ने हो। जब उम्मेदवार नै चुप छन् भने रसियामा बसेका डा बद्रि के सीले किन पत्र पेस गर्नुपर्ने? कानुनी र सँस्थागत सम्बन्धका आधारमा त्यो पत्रका लागि NRNA अमेरिकाको निर्वाचन आयोगले ICC महासचिव डा बद्रि के सी चिन्दैन। किन कि त्यो च्यानल RC/DRC हो, महासचिव होइन।  
८. तानतुन र जानबुझ गरेर बोकिएका उनै व्यक्तिलाई हावामा दौडाउने काममा NCC अमेरिकाका पुर्व अध्यक्ष तथा वर्तमान ICC सदस्य खगेन्द्र जी सी देखि, जनसम्पर्क समिति अमेरिकाका एक टुकडी अनि विशेष गरी देब्रेपंथीहरुको पहल रहन गयो। प्रयास गर्नु राम्रो कुरा हो तर कसैलाई आधार नभई, संभावावित कुरा नभईकन, उसै उसै उडाउनु भनेको समय, साथ मात्र होइन कसैको इज्जत र बिधि-बिधान सबैको वर्खिलाप हो। मलाइ थाहा छ, अझै उकास्न पछि पर्दैनन् उनीहरु। अदालत जा भन्छन। अदालतले उहाँलाइ NRNA लिडर बनाउँदैन। बरु फर्काएर बिधान मै नपुर्याउला भन्न सकिन्न।
९. मनोनयन माथि निर्वाचन आयोगले धेरैलाई रित अनुसार नभएको कारण उम्मेदवारको मान्यता दिन सकेन। सबैका कुरामा बद्रि के सी किन पत्र लेख्न नआउने त? केवल एउटा मात्र व्यक्ति माथि किन चासो किन? अरुलाइ किन वास्ता नदिएको ?
१०. निर्वाचन आयोग भएको तथ्यलाइ हेरेर एस/नो को निर्णय गर्ने निकाय हो। यो हामी सबै बुझ्दछौ। जब कुरा सामान्य हो भने कुनै अचम्म र हल्लाको बिषय थिएन। जसरी अरु कतिपय उमेदवारको मनोनयन रिजेक्ट भयो उसै गरि उहाँको भयो। यो बिषय मनमा लागेको विचारको कुरा होइन, बिधि-बिधानको हो। न्यूयोर्कमा बसेर तयार पारेको चिठीलाइ बद्रि के सीले छड्के किनाराको साक्षी बस्दैमा पार्टीको आदेश सम्झने देब्रेपन्थी र बाटो बिराएका एउटा दाइनेपन्थीको टुकडी दुबैले बुझ्ने कुरा के हो भने सिलिङ्ग भन्दा माथि कोही पनि हुँदैन। मैले अगाडि भनेको कुरा फेरी दोहोराउन चाहे,  NRNA संस्थाको सिलिङ्ग भनेको अध्यक्ष डा शेष घले हो। सत्य छेकिन्न भनेझैँ अन्तमा त्यसै भयो। तेती मात्र होइन, ढुंगामाथि मुड्की बजार्न खोज्दा महासचिव डा बद्रि के सीको हालत पनि मच्चिने डुंगामाथिको सवार जस्तै भयो, झ्याप्प हुन के बेर?
११. अन्तत त्यो अबैधानिक र बिधान बिपरित गरेको पत्र आतंक मच्चाएर दिएको आदेश संस्थाका अध्यक्षले सहि नभएको र डा के सीको सो पत्र अनुसार नगर्न अमेरिकाज क्षेत्रका RC/DRC मार्फत आयोगलाइ दिनु भएको छ। अब बिषयले बिट मारेको छ।
१२. क्षेत्रको निर्णय गर्ने अधिकार बिधान त RC/DRC को हो। यदि कुनै विवाद भएमा उनीहरुले समाधान गर्ने र नभएमा उनीहरुको निर्णय प्रतिवेदन अनुसार आइसीसी बैठकले निर्णय गर्ने हो। त्यसमा महासचिवको वाइल्ड कार्डको कुनै स्थान नै छैन विधानमा। सोही अनुरुप महासचिवले बिधान लाघेकाले, RC/DRC को निवेदन अनुसार नै अध्यक्ष डा घलेले पत्र लेख्नु परेको हो। सिस्टम नाघेर गएकोले ठिक ट्रयाकमा लैजानका लागि अध्यक्षले रोक्नु भएको हो, पत्रले स्पस्ट भनेको छ।
१३. अब जुलाई ३० मा संस्थाको बैठक छ। सो बैठकमा महासचिव के सी माथि कारवाही हुनुपर्ने भनेर गरिएको निवेदनले एजेन्डामा प्रवेश गरेको छ। यदि निर्णयले कारवाही नै गर्यो भने छिपेका खेलाडिहरुको लागि पदिय मर्यादा नाघ्दा पर्ने घाटा स्वयम डा के सीलाइ मात्र हो। लुकेका बिरासत र छिपेका तिकडमबाजहरु सबै संग्लो देखिने छन। सबैका नजरमा पर्छन एक्ला बृस्पति डा के सी। स्मरणनिय कुरा के हो भने यो खेलका पछाडी एउटा छिप्त गिरोह छ। हतारमा चम्केका महासचिव र उहाँका पछाडी लागेका खगेन्द्र जी सी लगायत सबैजना फुर्सदमा पछुताउने पक्का छ।
१४. कतिपयलाइ बिचमा धमिलो खेल्न मन लागेको छ। बेलायतबाट चल्ने एउटा अनलाइन मिडिया छ, उसको काम भनेको ३६० डिग्रीमा उल्टा-सिधा लेख्नु हो। यति मात्र होइन दाइनेपन्थीको एउटा जन्तीको टुकडी चिल्चिलाएर पछुताएको र देब्रेपन्थी जति सबै सलबलाएको अवस्था पनि हो अमेरिकामा।
अन्तमा, जे जसो भनिए पनि उपरान्त यो बिषयले छलफल त पाउला तर बिधानमा स्थान र निर्वाचनमा अड्चन भने नदिने भएको छ। आफ्नै रुपमा, सामान्य भएर बसेको व्यक्तिलाई उचालेर हावामा उडाउने एउटा असफल कथावाचन समाप्त भएको छ। किन की बाँकी पत्र आफैं बोल्छ।