NRNA अमेरिकाको चुनाब र विभिन्न अड्कलबाजी

Hollywood Khabar April 07,2017 Comments

NRNA अमेरिकाको चुनाब र विभिन्न अड्कलबाजी 
कृष्ण के सी
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आसन्न चुनावलाई लिएर नेपाली अमेरिकन समुदायमा विभिन्न अड्कलवाजीहरु आएका छन्। आएका कुराहरु कति सही र कति सतही छन् त्यो मैले भनिरहनु पर्दैन। यसो हुनमा वर्तमान राष्ट्रिय समन्वय परिषद अमेरिका (NCC USA) ले समयमा सुचना, प्रेसरिजिल र मिडिया संपर्क नजान्नु, नगर्नु, र नसक्नु अनि सामान्य कुरालाई छिट्टै पत्याउने हाम्रो बानी प्रमुख कारण हुन। सामान्य लजिकल कुरा पनि हेर्दैनौ हामी।
अघिल्लो पटकको निर्वाचनमा हरेक गतिबिधिको दैनिक या आवश्यक रुपमा मिडियामा पठाउने, वेबसाइटमा सुचना अपडेट गर्ने, संस्थाको फेसबुकमा समेत अपडेट गर्ने गरिएको थियो। त्यो काम बढेर जानु पर्नेमा ऐले त झन् एउटा पनि सुचना अपडेट भएको छैन। यति मात्र होइन पहिलाको प्रेसित सुचना खोजेर पनि पाइंदैन, भएको पनि छुपाइएको छ, हटाइएको छ। यसको जीम्मेवार व्यक्ति वर्तमान मिडिया कोअर्डिनेटर हुनुपर्छ।
संस्थाको मिडिया कोअर्डिनेटरले निर्वाचन आयोग/कमिटीसँग नियमित सम्पर्कमा रहेर आवश्यक सुचना दिनु पर्ने हो, तेसो भएको छैन। निर्वाचनबारे हाल सम्म एउटा पनि अफ़िसियल सुचना छैन। वर्तमान बोर्डमा भएका मध्ये कतिजना अर्को पटकको आकांक्षी हुनुहुन्छ होला। यो बिषय कस-कसलले बोर्डमा उठाएका छन् भन्ने कुरा गहिरो हो। यसले उहाँहरुलाई अर्कोपटक मत दिने या नदिने भनेर मतदाताले हेर्ने धेरै मध्ये वर्तमान अवस्थामा कति काम गरे भन्ने पक्ष पनि  एउटा हो।
अर्को पक्ष भनेको वर्तमान निर्वाचन कमिटी भनौ या आयोगले निर्वाचन संबन्धि सुचना दिन ढिला गरेको छ। उहाँहरुको आफ्नै कारण होलान तर पनि समयमा सुचना दिने हो भने आम मान्छेहरुमा चुनाब हुन्न कि के हो भन्ने भ्रम र अन्योलता आउँदैनथ्यो। सबैजना निर्वाचन तर्फ लागि पर्छन र तेसै तिर गति अगाडि जान्छ। आसा गरौँ सुचना छिट्टै आउने तयारी होला या आउने वाला छ। 
हो, यही अवस्थालाई केही संचारका साथीहरुले निर्वाचन नहुने, संस्था सकियो जस्ता समाचार लेखेको पनि पढियो। पहिलो कुरा त तेस्तो कुरामा एक इन्च पनि सत्यता छैन। निर्वाचन हुन्छ र हुनुपर्छ। दोश्रो कुरा निर्वाचन नहुने कारण पनि छैन। अनि अर्को कुरा लेख्नु पूर्व निवाचन नहुँदा के हुन्छ र ढीला हुँदा के हुन्छ, हुने र नहुने कारणहरुको पनि उल्लेख गर्नु जरुरी छ। कसैले आंकलन पनि गरेको छैन तर उसै उसै कसरी भनौ कुनै कुरा हुन्न। भनेर 
यदी NRNA अमेरिकाको निर्वाचनबारे समाचार लेख्ने हो या आफ्नो कुरा सोसल मिडियामा संचार गर्ने हो भने कम्तिमा पनि सामान्य कुराहरु जानेको हुनुपर्छ। त्यसले तपाइको कुरा सत्य बनाउन सहयोग गर्छ। पहिलो हो यो संस्थाबारे अलिकति भए पनि जानिफकार हुनुपर्छ। छैन भने पहिला जान्नेहरुसंग सोधेर बुझ्नु जरुरी हुन्छ। दोश्रो NCC अमेरिकाको बिधान २०१७, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (NRNA ICC) को बिधान २०१५, ICC को राष्ट्रिय समन्वय समितिको अधिवेशन निर्देशिका २०१५ पढेर बुझेको हुनुपर्छ। अनि अर्को कुरा NCC अमेरिकाको निर्वाचन आयोगको आधिकारिक कुरा समेटेको हुनुपर्छ। 
कम्तिमा पनि यति दायरा भित्र बसेर लेख्नु भयो भने तपाइँ कुनै पत्रकार या लेखक हुनु जरुरी छैन। तपाइको फेसबुक स्टाटस नै भए पनि दिगो हुन्छ, सत्य हुन्छ। संचार गर्न पत्रकार नै हुनु पर्दैन, उसै पनि एउटा राम्रो संचार गर्न सक्नुहुन्छ। अन्यथा तपाइंको छोटो समयको लेखाइले लामो समय नटिक्ने अवस्था आउन सक्छ। दोश्रो पटक तपाइको लेखन नाबिक्न या सत्यको नजिक सक्छ।
अब कुरा गरौँ समयमा निर्वाचन हुन्छ कि हुँदैन, नभए के हुन्छ र कहिले सम्म हुनुपर्छ भन्ने तिर। पहिलो कुरा त निर्धारित समय मै NCC अमेरिकाको निर्वाचन हुन्छ भन्ने कुरा पहिला नै निर्वाचन प्रमुख बंदिता शर्मा दाहालले बताउनु भएको छ। उहाँको भनाइ अनुसार सम्पूर्ण तयारी भैसक्यो केवल नोटिस दिन बाँकी हो। बोर्डबाट सदस्यताको सुचना आए पछि त्यो पनि पुरा हुन्छ, दाहालले भन्नु भएको छ। 
यदि चुनाव ढिलाभयो भने के हुन्छ त भन्ने प्रश्नलाइ सजिलो जवाफ के छ भने बिधानत मे महिनाको अन्तिम साता सम्म नयाँ कार्यसमित हुनु जरुरी छ। जुन १ देखि नयाँ नेतृत्वले कार्यभार लिनुपर्नेछ। बिधानमा अन्य बिकल्पको ब्यबस्था छैन। अब ढिला भयो भने के हुन्छ भन्ने जवाफ सजिलै पाइन्छ।
कथंकदाचित चुनाब भएन भने के हुन्छ भन्ने कुराको विकल्प तीन वटा हुन सक्छन। तर छोटो र सजिलो जवाफ भनेको एउटा नै काफी छ- “NCC लाइ ICC ले पुनर्ठन गर्नसक्छ।” चुनाव भएन भने के हुन्छ भन्नु जरुरी छैन, किन न कि चुनाव हुन्छ। होइन हुँदै भएन भने:
१. पहिलो कुरा भनेको संस्थामा नेतृत्वको सुन्यता हुन्छ। संस्थालाई जिम्मा लिने प्याट्रन कमिटी छैन। तसर्थ संस्था कानुनी रुपमा ननप्रफिट कर्पोरेटको डिफल्ट ब्यबस्था अनुसार अगाडी जान्छ। त्यो प्रकृया भनेको बिशुद्ध कानुनी मात्र हो। 
२. दोश्रो कुरा, ICC ले स्थानिय क्षेत्रको क्षेत्रीय संयोजक र उप-संयोजकको संयोजनमा पुनर्गठन गर्ने ब्यबस्था मिलाउन प्रकृया अगाडि बढाउँछ। त्यो स्थितिमा परिस्थिति अनुसार संस्थाको स्वरुप र नेतृत्वको निर्धारण फरक हुन सक्छ। तेसको अनुमान ऐले गर्न सकिन्न र आवश्यक पनि छैन। 
३. संस्थाले NRNA को नाम र लोगो चलाउन पाउँदैन।
यी बाहेक अरु धेरै कुरा पनि हुन सक्छन। तर त्यो अवस्था आउने छैन र हुनु अगाडि तेस्कको छलफल गर्नु भनेको समयको वर्वादी हो। 
अन्तमा समाचरले कसैको ज्यान जान सक्छ, कुनै संस्थामा विवाद आउन सक्छ, झगडा हुन् असक्छ, संस्था डुब्न सक्छ अरु धेरै पनि हुन सक्छ। NRNA हामी सबैको घर हो। तेसैले यो आफ्नै घर रुपी संस्थाको हितमा बोलौं, लेखौ र योगदान गरौ। होडबाजी र निर्वाचनको लागि प्रयोग नगरौ।
अस्तु !