NRNA अमेरिकाको सदस्य बन्नेक्रम बढ्यो प्राबिधिक समस्या कायमै

Hollywood Khabar March 04,2017 Comments

कृष्ण के सी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी २०१७-२०१९ कार्यकालको लागि साधारण तथा आजीवन सदस्य बन्नेक्रम बढेको छ। आज ५ मार्च २०१७ को प्यासिफिक समय बिहान ११ बजेसम्म पुराना लाइफटाइम सदस्य १०९, वर्तमान नयाँ लाइफटाइम सदस्य १६५ र साधारण १४३७ गरेर जम्मा १७११ सदस्य भएको जानकारी साइटमा देखिन्छ। 

सामान्यतया अनितम दिनतिर व्यापक सदस्य बन्नेक्रमलाइ मध्येनजर गर्दा यो पटक पनि सदस्य ठूलो संख्यामा बन्ने पक्का छ। हुन त न्योयोर्कका केही उम्मेद्धारहरुले पेपरमा सदस्यको नाम लेखेर जम्मा गरेको कुरा सुन्नमा आइरहेको छ। यदि त्यो सहि हो भने एउटा सदस्य बन्नेक्रमको उल्लघन मात्र होइन खराव नियत पनि हो। भेरिफिकेशन कमिटिका चेयर श्री पराजुलीका अनुसार भेरिफिकेशन गर्दा सबै सुचना अनुसार गर्ने अन्यथा भए तेस्ता सदस्य भेरीफाई नहुने जानकारी गराउनु भएको छ।

हिजो सांझ यो पंक्तिकारलाई भट्टाभट ५ वटा फोनकल आयो। लस एन्जेलस बस्ने एकजना उम्मेद्धारले त मलाइ सदस्य बन्दा झन्झटिलो भयो, लामो समय लाग्ने मात्रहोइन सिस्टम नै मिलेको छैन, पटक-पटक प्रयास गर्नुपर्छ भनेर झपार्नुभयो।मैले भने म आधिकारिक व्यक्ति होइन, गत पटक मेरो पालामा एस्तो खाले समस्या थिएन।इमेल एड्रेस अनसब्स्क्राइब गरेकोले केही सदस्यहरुको मतदानगर्दाको समयमा सिम्प्ली भोटिङ्गमा प्राविधक समस्या आएको हो। तर एकाद बाहेक तेस्तो सम्सस्य पनि समाधान गरिएको थियो। तसो गर्न दिनको १८/२० घण्टासम्म कामबाट छुट्टी लिएर म आफैलाई बस्नु परेको थियो। तर ऐलेको साइटमा सदस्य बन्दा समस्या धेरै छ। त्यो समाधान गर्नु जरुरि छ, समय थोरै छ।

यस बाहेको म आफु अघिल्लो पटक सोही संस्थाको मिडिया कोअर्डिनेटर थिएं। तेसैले यो बेला NRNA NCC USA बारे थपकुरा भन्न चाहे: 

१. अनुभवीहरुको राय लिने गरिएन 

२. वर्तमान मिडिया कोअर्डिनेटरको लापरवाही 

३. जसले कामको जिम्मा लिएकाहुन उनलाई प्राविधिक ज्ञान छैन  

४. प्राविधिक ब्यकितको डिजाइन हेर्दा संस्थाबारे ज्ञान छैन  

५. जसले प्राविधिकलाइ जब अडर दिन्छन उनीलाई केही पनि ज्ञान छैन

६. अन्य सुचना, समाचार, अपडेट आउंदैन  

७. मिडियासँग सम्पर्कै छैन 

८. गत कार्यकालमा म आफु मिडिया कोअर्डिनेटर हुँदा हरेक दिन, हरेक गतिबिधिको सुचना/अपडेट तुरुन्तै गर्ने गरिएको थियो। संस्थाको फेसबुक र साइटमा पोस्टिङ्ग गर्ने गरिन्थ्यो। त्यो ऐले छैन। 

९. सदस्य बन्न, टाउनहल मिटिङ्गको अवधारणा मेरो आफ्नो हो। मेरो प्रस्ताब बोर्डबाट पास गराएर, पहिलो टाउनहल मिटिङ्ग नै क्यालिफोर्नियाको सेक्रेमेण्टोमा आफैले संचालन गर्दा ४०/५० जना सदस्य एकै समयमा बनेका थिए। त्यो प्रभाव देखेर अरु धेरै शहरहरुमा टाउनहल मिटिङ्ग अभियानकै रुपमा गरिएको थियो। जुन कुरा ऐलेको बोर्डले वास्तै गरको छैन। न सुचना नै दिन्छ। 

१०. सुचना एउटा उर्जा हो। गतिबिधिको अपडेटले सबैलाई उत्साहित बनाउँछ। दिनभरि NRNA संस्थाको काम गरेर, हरेक पटक अपडेट, अन्य प्राबिधिक र नियमित काम गर्नु, संथाको अरु सरह काम गर्दा मेरो समय भनेको दैनिक ७/१० घण्टा NRNA का लागि बित्दथ्यो।हरेक समस्याको तुरुन्तै समाधान गर्थे। सबै मिडियाका साथीहरुले सघाएका थिए। 

११. अन्तिम-अन्तिम दिन तिर पुग्दा दैनिक १०००/२००० सम्म सदस्य इन्ट्री हुन्थ्यो। सदस्य बन्ने अन्तिम दिन थियोहोला सायद ४/५ हजार नै इन्ट्रीभएको थियो। तर पनि कुनै समस्या आएको थिएन।केवल सिस्टमले बनेका सदस्यलाई इमेल रिप्लाई गर्ने लिमिटेड क्षमताले गर्दा  समस्या आएको थियो।रिप्लाई नागरे पनि सदस्य भने बनेका हुन्थे। त्यो पनि समाधान गरियो।

१२. हाल प्राविधक रुपमा साइट दुरुस्त छैन, सुचनामुलक छैन, एक किसिमले भन्नुपर्दा संचार नै छैन, मिडिया सम्पर्क छैन, सदस्यहरुलाई रेसपन्स छैन, अरु धेरै छैन।

अन्तमा, विडम्बनाको कुरा के भने आधाजति कार्यसमिती पदाधिकारीहरु चुनाबमा छन्।मिडिया हेर्ने व्यक्तिले हालसम्म दोश्रो पटक (महासचिवबाट उपाध्यक्ष) उम्मेद्धारी घोषणा गरेको भन्ने सुनिन्छ। तर संस्थाको सुचना दिएको अवस्था छैन। यति धेरै गैर जिम्मेवार भएका पदाधिकारीहरु मध्ये कतिलाई अर्कोपटक बाटो खुल्ने हो या होइन त्यो भने आगामी निर्वाचनमा सदस्यहरुले जवाफ देलान।