NRNA अमेरिकाको सेरोफेरोमा - मेरा कुरा

Hollywood Khabar February 07,2017 Comments

कृष्ण के सी

कहिले त लाग्छ हामीहरु धेरै एनआरएनहरुले गैर आवासीय नेपाली संघ (NRNA) लाई हल्का रुपमा बुझेका रहेछौं। धेरै कुराहरुमा हामी नेपाली राजनीति कै ढाँचामा प्राक्टिस गर्छौँ या त्यसरी बुझ्छौं। संस्थाको हितमा भन्दा तेस्को विपक्षमा उभिन्छौं र बिरोध गर्नुलाई गौरव मान्दछौं। बिधि-बिधान एकातिर हुन्छ हामी अर्कातिर लठारिएका हुन्छौं।

NRNA को स्थापना, औचित्य, NCC सँग एफिलेशनका कुरा, बिधानका कुरा यस्ता धेरै कुराहरु छन जो हामी मध्ये धेरै जनाले मनमौजी ब्याख्या गर्दैछौं। सम्बभव त हामी मध्ये धेरैले संस्थाको बिधान नै पढ्दैनौ होला अन्यथा सँस्थाको ५० प्रतिशत कुरा समाधान हुनेथियो। बिधानै पढेको र सँस्थालाई बुझेको भए साधारण सदस्यले अध्यावधिक अवस्थामा NCC अध्यक्षमा एकै पटक उम्मेद्धारी दिएर हसाउने थिएनन् होला। अध्यक्षका उम्मेद्वार स्वयं बिधान बिपरित, कोही छन् अध्यक्षका उममेद्वार रे बक्तब्य अरुले पढीदिनु पर्ने।

कहिले काँही त मलाई लाग्छ अब NRNA ले नेतृत्वमा आकांक्षीहरु हरेकलाई अनिवार्य रुपले सँस्थाको इतिहास, गोल, भिजन, कार्यविधि, बिधान लगयात सबैकुराको एकमुष्ठ १५/२० मिनेटको अनलाइन डकुमेन्ट पढेर टेष्टपास गर्नुपर्ने प्रावधान राख्नुपर्ने बेलाभयो। यस्तै कुराहरुको परिस्थितलाई हेर्दै तीतामीठा कुराहरु बुँदागत रुपमा पोख्ने अनुमति चाहन्छु। 

१. सँस्थाबारे ज्ञानकम अराजक धेरै

NRNA NCC अमेरिकाको टेक्सास साधरण सभामा केही सदस्य र धेरैवटा च्याप्टर नेतृत्वको प्रस्तुती, ब्यबहार, बुझाइले प्रस्टै हुन्थ्यो कि उहाँहरुलाई NRNA बारे कि त पटक्कै थाहा छैन की उहाँहरु अराजकको बितण्डा मच्चाइरहनु भएको छ। अझै भनौ बिधान पढ्नु भएको छैन, आफ्नो काम र कर्तब्य नै थाहा छैन, हैसियत थाहा छैन। उसै उसै ठूलो स्वर लिकालेर तात्नुभएको अस्वस्था थियो। सायद उहाँहरुलाई लाग्यो होला ठूलो नै पड्काइयो तर यथार्थ भने फरक थियो। परिस्थिति, बिधान र आवश्यकता एकातिर थिए, उहाँहरुको हैसियत अर्कैतिर देखियो।

कतिपय च्यापटरहरुले राम्रो काम गर्नुभएको पनि देखियो। धेरै मध्ये मिसीगन, ओरेगन, इलोनोइ, टेक्सास, कोलोर्याडो लगायत अरु धेरै मैले नाम छुटाएको हुन सक्छु तर राम्रा काम भएका छन। उहाँहरुको नाम सम्मानजनक उदाहरणका रुपमा लिन सकिन्छ।

कतिपय च्याप्टर यस्ता पनि छन् स्वयत्त संस्था जस्तै गरेर सल्लाहकार लगायतको नियुक्ति गर्ने, अरु थुप्रै बिधानमै नभएका काम गरेर आफैलाई अराजक सिद्ध गर्दै उत्तेजक बनिरहेको अवस्था देखिएको छ। यो बिल्कुलै राम्रो होइन। यसबाट हामीलाई होइन आउने दिनमा उहाँहरु आफैंलाई अरु पदमा आकांक्षा राख्ने बाटो कठिन भएको छ। 

जसले संस्थालाई मनोपली रुपमा चलाउँछ उसैलाई नेतृत्वमा लैजाँदा सँस्था नै धरापमा जान्छ। मनमौजी गर्दा उहाँहरुलाई गौरव लाग्ला तर प्रतिफल भनेको उहाँहरु बिधि-बिधान नमान्ने अराजक हुँदै-हुनुहुन्छ। त्यो पनि सम्झनु पर्यो, स्वमुल्यांकन गर्दै हेर्नुहोस तपाइले आफैलाई गिराउनु भएको । 

अब NCC ले कि त च्याप्टर २०१९ देखि पूर्णरुपले बन्द गर्नुपर्यो या चेक लिस्ट बनाएर आफ्ना क्षेत्रीय उपाध्यक्षहरुलाई सम्बन्धित क्षेत्रको च्याप्टरको स्तर निर्धारण गराउनु पर्छ। मापदण्ड नपुगेका, बिधान तोडेर गएका, संयोजन नै नगरेर अटेर गरेर गएका च्याप्टरहरु बन्द समेत गर्नुपर्छ। बोसलाइ नटेर्ने कारिन्दा फायर गर्ने प्रावधान हो। अनि संस्थाको बिधानले पनि तेही भन्छ।

संस्थाले गरेको निर्णय र बिधान अनुसार उपाध्यक्षहरुसँग संयोजन गरेर, बिधानले तोके अनुसार आर्थिक र अरु मापदण्ड पुरा गरेको छ कि छैन त्यो कुरा हरेक उपाध्यक्षले आफ्ना क्षेत्रका च्याप्टरहरुको मुल्यांकन गरेर बोर्डमा पेस गर्दै संचारमा समेत सुसुचित गर्ने हो भने एउटा छुट्टै तरंग आउँछ। अनि एउटा सिस्टममा हिड्ने बातावरण बन्छ। काम गर्नेलाई पनि मज्जा अनि अराजकलाई नियन्त्रण, दुवै एकै पटक हुन्छ। यही अवधारणामा च्याप्टर बनाइएको थियो। 

राम्रा काम गरेका च्याप्टरहरुको प्रसंसा र प्रोत्साहन समेत गर्नुपर्छ। मापदण्ड पुरा नगर्नेहरुलाई समयसिमा तोकेर कि त ठिक हुन समय दिने अन्यथा बन्द गर्नुपर्छ। निर्णयले लोकपृयता देला-नदेला त्यो कुरा ख्याल गर्ने होइन। बिधानले तेसै भनेको छ, NCC ले कार्यन्वयन नगरेको हो। 

दृष्टान्तमा भनौ- यो मान्छेहरुको समाजको संस्था हो, माउखाने माकुराहरुको जालो होइन। सिक्नेबानी जालो बुन्ने र आफ्नै माउखाने माकुराबाट होइन मिहेनत गर्ने, टिममा हिड्ने कमिला र माहुरीबाट गरौं।  

हुन त डिएमभीमा नेपाली भाषाको प्रादुर्भाव गराउनु राम्रो काम हो, प्रसंसनिय छ। एउटा च्याप्टरले यो सफलता हासिल गरको छ। तर त्यो प्रसंसालाई जोगाउने हैसियत भन्दा पनि उहाँको अराजक प्रवृतिले आफैंलाई छाँयामा पार्नु भएकोछ। अर्थात हजार पटक अमृत खुवाउनेले एक पटक बिष दियो भने त्यो एक पटकको बिषले ज्यान लिन्छ र हजार पटक अमृत दिएको कुनै अर्थ रहँदैन। १० खराव काम गर्नेले एक असल काम गर्दैमा सबै कुरा छुटहुन्छ भन्ठानेर बिधि-बिधान, सिस्टम मान्दिन भन्न बिल्कुल मिन्दैन।

अर्को कुरा कार्यसमिति भित्रबाट पनि अराजक कार्य भएको छ। कतिपयले आफ्नो पदिय जिम्मेवारी नै राम्रोसँग गरेका छैनन। तिनै मध्येले महिनौ पहिला अर्को कार्यकालको लागि उम्मेद्धारी घोषणा गरेका छन्। समय सधै उस्तै हुँदैन त्यो कुरा पनि बुझ्नु जरुरी छ। 

२. सदस्यहरुका कुरा 

केही सदस्यहरुले भने आफ्नो कुरा हिडन एजेन्डाको रुपमा राखेर जिद्धि गर्दै एकोहोरो लागि परेको देखियो। तेस्तो स्वभाव भएका व्यक्तिहरु भनेको सँस्थाका लागि कसरी सार्थक हुन्छन त्यो थाहाहुनु जरुरी छ। यसबाट के देखियो भने हरेक सदस्यले सदस्यता लिनु अगाडि सँस्थाको बिधान पढेर अन्तमा मात्र सदस्य बन्ने या कुनै छोटो अनलाइन क्लास लिएर मात्र सदस्यता दिने अवस्थाको खाँचो देखियो। यो सँस्थाको सदस्य बन्नु भनेको ICC कै सदस्य हो, त्यो कुरा थाहा पाउनु पर्यो। उसको बिधान मान्दिन भन्नेले यो संस्थाकै सदस्य बन्न मिल्दैन। त्यो नबुझ्नेले यो सँस्था नै बुझेको छैन। पदिय आकांक्षा त टाडैको कुरा।

३. च्याप्टर VS केन्द्र 

पछिल्लो समयमा NCC च्याप्टरका केही व्यक्तिहरुबाट सँस्थाको नेतृत्वलाई नै चुनौती दिएर रालगोल गरेर आ-आफ्नो फेसबुकबाट दोहोरी खेलेको अवस्था छ। बोसलाई नमान्नु भनेको कामबाट निस्कनु हो। त्यो कुरा अमेरिकाका हामी सबैले जान्दछौं। NRNA NCC अमेरिकाको विधानको परिस्कृत पछिल्लो भाग गत महिना मात्र डालस साधारण सभाबाट पारित भएको छ। च्याप्टर सम्बन्धि धेरै व्याखा विधानमा छन। च्याप्टर भनेको स्वायत्त सँस्था होइन, यो त एउटा टास्कफोर्स, कमिटी जस्तै हो। बिधान बमोजिम मापदण्ड नभएको अवस्थामा च्याप्टर सस्पेण्ड/बिघटन गर्ने अधिकार  NCC लाइ छ र गर्नुपर्छ।

आफुलाई पदिय रुपमा बुझेका व्यक्ति मान्नुहुन्छ भने च्याप्टर भनेको आफैंमा नेतृत्व होइन, इम्प्लीमेण्टिङ् बडि हो, इन्ट्रीप्याइण्ट हो सदस्य र नेतृत्व दुबैका लागि। अब राजनैतिक रुपले होइन बैधानिक रुपले हरेक च्याप्टरलाइ संस्थाको बिधान बमोजिम मुल्यांकन गरेर रिवार्ड, वार्निङ्ग, सस्पेण्ड जे जे आवश्यक छ यो गरेर नियन्त्रणभित्र राखौ। संस्थालाई केही उदण्ड व्यक्तिहरुको हर्कत होइन धेरै योगदान र क्षमतावान व्यक्तिहरुको महत्व छ  र सँस्थालाइ जिवन्त राख्न आवश्यक छ।

४. संबन्धन, बिधान र बर्तमान नेतृत्वका कुरा 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्याबधिक बिधान छ। यो सँस्था गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (NRNA ICC) सँग एफिलेशन भएको करार छ। अनि त्यो कराको सबै कुरा पालना गर्नु हरेक NCC र तेस्का सदस्यहरु जो बैधानिक रुपमा ICC कै पंजीकृत सदस्यहुन्, उनीहरु सबैको कर्तब्य हो। अन्यथा त्यो व्यक्ति सदस्य रहँदैन। 

कतै कतै म ICC को बिधान मान्दिन, यो सँस्था अमेरिकामा दर्ता भएको हो जस्ता कुरा भनेको पनि सुनिएको छ। ICC संग एफिलेशन नभए संस्थाको नाम NRNA नै हुँदैन। एफिलेशन हुनुको अर्थ उसका कुरा मान्नु हो। नत्र तेस्ता व्यक्ति NRNA सँस्थाको सदस्य नै हुनसक्दैनन। फेरी पनि हाँसो उठ्दोकुरा के छ भने तेस्तै व्यक्तिहरुले आफु एकै पटक उपल्लो दर्जाको नेतृत्वमा पुग्ने कुरा पनि गर्दैछन। 

संस्थाको बिधान नमान्ने, करार नमान्ने, जुन सँस्थाको सदस्य हो त्यो नै नमान्ने अनि तेही सँस्थाको नेतृत्वमा कसरी पुग्ने ? तेस्ता व्यक्ति संस्था बनाउन आउंदैछन् कि ध्वस्त गर्न भन्ने प्रश्न उठेको छ। यति सामान्य कुरा नबुझ्नेहरु पनि नेतृत्वका प्रत्यासी उसमा पनि उपल्लो पदमा आकांक्षी  देखिएको अवस्था छ। कता पुग्दैछौं हामी अनि के सिकाउलान तिनै व्यक्ति नेतृत्वमा गएर। 

संस्थाप्रतिको बुझाई हामी मध्ये धेरैमा कमी रहेछ। वर्तमान नेतृत्व भित्रकै धेरैमा यो कुरा परिपक्व रुपमा देखिएको छैन। उदाहरणको लागि-बिधान कमिटीलाइ नै दिन सकिन्छ। उहाँहरुले यो यो कुरा चाँही ICC को एफिलेशन हुनको लागि बाध्यकारी कुरा हुन्, छलफलको बिषय नै हुँदैन अनि यो यो बिषय NCC को बिधानमा संसोधनको लागि छलफल गरौ भनेर प्रस्तुत गर्नुभएको भए सजिलो हुनेथियो। वर्तमान सचिवालय, मिडिया र अरु धेरै कुरामा पनि तेस्तै अवस्था छ। बिना सुचना, बिना संचार। धेरै भनिरहँदा कम्प्लेनको फ़ेहरिस्त बन्नेहोला। तेसैले कुरा बिटमार्न तिर लागे।

५. चुनौती

बिशेष गरेर च्याप्टरका नतृत्व मध्ये धेरैले NCC नेतृत्वमा आकांक्षा गरेको अवस्था छ। त्यो कुरा सामान्य हो र हुनुपर्छ। नेतृत्व बिकास पनि तेसैगरी हुने हो। अब लेखाजोखा अनुसार जो जो व्यक्तिहरुले बिधान नै नमानेर अराजक बनेर गएका छन्, उनीहरुलाई अर्को तहमा जिताउनु भनेको संस्थालाई धारासाही बनाउनु हो। जो जो ले असल प्रतिफल दिएकाछन् तिनलाई पिक गर्नु हामी सबै सदस्यहरुको कर्तब्य हो। अनि संस्थाको हितार्थ तेसै गर्नु उचित हो। 

अरुले जे जे गरुन संचारका साथीहरुले भने यसको रेकर्ड राखेका छन। समयमा लेख्ने छन र लेख्नु पनि पर्छ भन्ने मेरो बिशवास छ। यसबाट सही रुपमा काम गर्नेहरुलाई प्रोत्साहन हुन्छ।

तेती मात्र होइन नेतृत्वमा अर्को पटक दोहोरिन इच्छितहरुको पनि कार्यसंपादान कुल्याकंन हुनेछ। हरेक व्यक्तिले देखिरहेका छन्। तपाइले गरेको कामको नतिजाको चुनौती तपाइ आफै हो, दोषी र दुश्मन तपाई आफैं हो अनि तपाइको अर्को स्टेपको खुड्किलो या बाधक दुवै तपाई स्वयं नै हो।

जय एनआरएन , शुभम !