-एनआरएनए महिला तथा युवा बिभागद्वारा आयोजित दशैँ-तीहार शुभकामना कार्यक्रम सम्पन्न

एनआरएनए महिला तथा युवा बिभागद्वारा आयोजित दशैँ-तीहार शुभकामना कार्यक्रम सम्पन्न

Hollywood Khabar October 25,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/२५/२०२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला तथा युवा बिभागद्वारा आयोजित दशैँ, तीहार, छठ, म्ह:पुजा, इद लगायत सबै जोडेर एकमुष्ठ शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सुरुवात पण्डितद्वारा मंगलाचरण: गर्दै गरिएको थियो।

अक्टुवर २५, २०२० मा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय संदस्य, नेपालका संघिय सांसद तथा पूर्व मन्त्री डा मिनेन्द्र रिजाल हुनुहुन्थ्यो। कार्यक्रमको अन्तिममा सुभकामना सहित संबोधन गर्दै डा रिजालले यो पटक नेपालमा कोरोनाको संक्रमण बढेकोले आ-आफ्नो घरमा कुरा गर्दा जोगिन र सचेत रहन भन्नको लागि समेत अनुरोध गर्नुभयो। हाम्रो संस्कृति भनेको बाहुल रुपमा छ, आफूले जितेको निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै सन्थाल र मुश्लिम समुदाय भएको, यसरी आज सबै चाड र पर्वहरु संयुक्त रुपमा बनाएकोमा आफू खुशी बएको बताउनु भयो। यस बाहेको एनआरएनएहरुको मुद्धामा आफू र आफ्नो दल प्रतिपक्ष भएता पनि संसदमा हुने छलफल र संघिय सांसदको रुपमा गर्नुपर्ने जिम्मेवारीमा पछि नपर्ने कुरा राख्नुभयो।

गैरआवासीय नेपाली संघकी उपाध्यक्ष तथा महिला तथा युवा बिभागकी संयोजक रबिना थापाको सभापतिवमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा बद्रि के सी, सोनाम लामा, महासचिव डा हेमराज शर्मा, महिला संयोजक भुमा लिम्बु (कार्यक्रम संचालक), युवा संयोजक हिमाल गुरुङ, क्षेत्रीय महिला तथा युवा संयोजकहरु, पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्य, आइसीसी सदस्यहरु लगायतको उपस्थित रहेको थियो। कार्यक्रमको अन्ततिर पुग्दा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्ट समते उपस्थित रहनुभएको थियो।

कार्यक्रमलाइ एनआरएनएको आफिसियाल फेसबुक पेज, एनआरएनए अमेरिका रिजन, एनआरएनए एनसीसी क्यानाडा, हलिउडखबर (अमेरिका), रेडियो संजीवनी (नेपाल), दर्पण दैनिक (नेपाल), ओएस नेपाल (अमेरिका), नेपाल संसार (बेलायत), राइट नेपाल (स्पेन), Mt. Everest TV (क्यानाडा), नेपलीज डायस्पोरा (अमेरिका) लगायत अन्य केहि मिडिया र संघ-संस्थाहरुको पेजबाट पनि क्रस पोस्टिङ्ग गरिएको थियो।

कार्यक्रममा आगामी डिसेम्बर २०२० मा अन्तराष्ट्रिय महिला सम्मेलन पहिलो पटक आयोजना गरिने समेत जानकारी गराइयो।

लाइभ भिडियोको लागि तलको लिंक:

https://www.facebook.com/NRNAOfficial/videos/384469072866882/?vh=e&d=n