-NRNA VP Sonam Lama

एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्दा ५% संघलाइ दिनुपर्छ, उपाध्यक्ष लामा

Hollywood Khabar January 03,2021 Comments

कृष्ण के सी, अमेरिका, ०१/०४/२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष सोनाम लामाले यदि कसैले गैरआवासीय नेपाली संघ र एनआरएनहरुको नाम जोडेर नेपालमा लगानी गर्छ, ब्यबसाय गर्छ भने त्यसको कम्तिमा पनि ५% संघलाइ दिनुपर्छ भन्नु भएको छ।

उपाध्यक्ष लामाले आफूले विगत लामो समय देखि नेपालमा होटल, रिसोर्ट, पर्यटन लगायत थुप्रै क्षेत्रमा लगानी गरेको बताउनु भएको छ। उहाँको जन्म थलो मुस्ताङ्गमा नेपालकै सबैभन्दा सुन्दर र सानदार रिसोर्ट संचालनमा ल्याउनु भएको छ। सो सिसोर्ट नजिक करिव ५ करोड खर्च गरेर बिशाल बुद्द मुर्ती समेत स्थापना गर्नु भएको छ। यसले पर्यटन क्षेत्रलाई ठुलो आकर्षण दिएको छ।

भर्खरै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले उठाउनु भएको नेपालमा १० अरबको लगानी, बिगतमा एनआरएनएहरुको नाम मिलाएर सुरु गरिएको हाइड्रो लगायतका सबै लगानिहरुको कम्तिमा पनि ५% संघलाइ दिनुपर्ने कुरा उठाउनु भएको छ।

यदि १० अरब लगानीको ५% मात्र संघलाइ दिने हो भने पनि संघको खातामा करोडौं जम्मा हुन्छ। त्यसबाट संघको सदस्यता निशुल्क गर्ने, प्रतिनिधिहरुको शुल्क नलिने जस्ता उठाइएका कुरा पनि पुरा हुन्छन। संघमा हाल भएको आर्थिक अभाव पनि समाधान हुन्छ। संघ फेरी बलियो हुन्छ। सबैले आफ्नो लगानी भएकोले संघलाइ माया गर्छन, फेरी एक पटक बहर आउँछ, उपाध्यक्ष लामाले भन्नुभयो।

उसो त नेपालमा लगानी गर्ने हजारौं एनआरएनहरु छन्। उनीहरुले संघको एक किसिमको नेटवर्क, सहजीकरण, प्लाटफर्म पाउँछन्। अर्कातिर संघलाइ पनि बृहत गैरआवासीय नेपालीहरुको स्थान प्राप्त हुन्छ, आर्थिक रुपमा संघ बलियो हुन्छ।

आम गैरआवासीय नेपालीहरुलाई बिपत्ति पर्दा सहयोग गर्न, सानातिना प्रोजेक्ट संचालन गर्न, च्यारिटी गर्न, दैनिक प्रशाशन र संघका नियमित गतिबिधि गर्न पनि कठिन हुँदैन। यसबाट व्यापार, ब्यबसायको क्षेत्रमा संबन्ध बढ्दै जान्छ। नेपाल सरकारसंग पनि हाम्रो साझेदारी झन् प्रगाढ हुँदै जान्छ। लगानीमा हालको भन्दा पनि थुप्रै सुरक्षाको नीति नेपाल सरकारले गर्दै जान्छ। यो एउटा प्रगति र समृद्दि गर्ने फरक सुरुवात पनि हुन सक्छ।