कतै तपाइको नाम NRNA अमेरिकाको सदस्यमा त छैन? के गर्ने?

Hollywood Khabar April 10,2017 Comments

कृष्ण के सी
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को २०१७-२०१९ कार्यकालका लागि बनेका सदस्यहरुको प्रमाणीकरण कार्य हुँदैछ।
नेपालबाट बिधार्थी भिसामा टेक्सास आएका एकजनाले मलाइ फोन गरेर भन्नु भयो nrnanccusa.org मा त मेरो नाम सदस्यमा रहेछ। मलाइ सदस्य बनाइदिउ भनेका थिए। पछि हेर्दा त मेरो नाम सदस्यको लिस्टमा रहेछ। कसरी आयो, कसले बनायो, इमेल आइडि के हो, त्यो कुनै पनि कुरा थाहा छैन।
भाइ NRNA अमरिकाको सदस्य बन्नु भयो? खै अस्ति त्यो ------ ले बनाइदिन्छु भन्थ्यो। अनि तपाइँसंग इमेल एक्सेस छ त? छैन, उसो भए तपाइको भोट जसले बनाएको हो उसैले दिन्छ, केवल तपाइको नाम मात्र भयो।
यसै क्रममा अर्को व्यक्तिसँग सोधे, तपाई NRNA अमेरिकाको सदस्य हुनुभयो ? ------  ले बनाइदिएको नि दाइ। अनि कसरी बन्नु भयो ? फोनमा इमेल आइडी माग्यो अनि दिएको, कोड भन भन्यो भनेको अनि सदस्य बनाइदिएको छ। मैले चेक गर्दा मेरो नाम छ। 
अर्को केस- मेरो ग्रीनकार्ड छ। म लिभ-इन काम गर्छु। हप्तामा एक दिन मात्र छुट्टी हुन्छ। खासै चिनजान कसैसंग छैन। मसँग फोन सम्पर्क पनि हुन्न।  तेही छुट्टीको दिनमा मात्र समय हुन्छ। मेरो मेल पठाउने ठेगाना छैन। नितान्त व्यक्तिगत बाहेक बस्ने ठाउँको ठेगाना दिन मिल्दैन भन्छन। काम गर्ने ठाउमा बसेको ३ वर्ष भयो। मेरो सदस्यता मेरै फोन, इमेल आइडि प्रयोग गरेर अर्को एकजनाले बनाइदिएको हो। तर ठेगाना भने मेरो एकजना आफन्तको राखेको छु। सदस्य बन्दा पार्पोर्ट र आइडिको लास्ट ४ नम्बर भनेको रहेछ। मेरो स्टेट आइडि छैन। अदालतमा गएर सुचना सार्वजनिक गर्ने कुरा सुने पछि म तर्सिए र मेरो पासपोर्ट नम्बर दिन चाहन्न, ग्रीनकार्डको त कुरै नगरौ। अब एनआरएन अमेरिकाका कोही आधिकारिक व्यक्ति स्वय़ं आएर मेरो डकुमेन्ट हेरेर भेरिफाइ गर्छ भने मात्र, नत्र म मेरो सुचना दिन चाहन्न। अब मेरो सदस्यता रहने कि नाइँ ?
फेरी उस्तै कुरा- म क्यालिफोर्नियामा बस्छु। अन्तिम दिन सदस्य बनेको तर मेरो ठेगाना मेरिल्याण्डमा देखाउछ। मैले के गर्ने ? तेस्तै अर्को केस, मेरो नामको सदस्य अरु स्टेट मा पनि छ-अब के गर्ने ?
को जिम्मेवार हुन? मलाइ ग्रीनकार्ड भर्दा कुनै संघ-संस्थाको सदस्य छ कि भनेको मा छैन भनेको थियो। तर कसैले मलाइ सदस्य बनाइ दिएछ। खोजरे पत्ता लागेपछि मैले इमेल एक्सेस मागे, तर दिएन। अब अफिसरलाई ढाँटेकोमा मेरो फाइल रिजेक्ट भयो या मलाइ अरु कुनै कार्वाही भयो भने को जिम्मेवार? म अब स्थानिय प्रहरीमा गएर मेरो आइडि चोरेर सदस्य बनायो तर माग्दा एक्सेस दिंदैन भनेर रिपोर्ट गरौ कि न गरौ ?
यस्ता सदस्यहरु धेरै भएको पाइयो। यस बारेमा यो पंक्तिकारले पहिला पनि लेखेको थियो। सक्कली मान्छेको नाममा नक्कली सदस्यता भनेर। त्यो कुरा कुनै हावा थिएन। कालन्तरमा आएर सबैका सामु देखिएको छ। समस्याको हल/चुनौती भनेको तेसरी कसैको सदस्यता बनाइएको छ भने त्यो आइडेण्टिटि थेफ़्ट अन्तर्गत तपाइलाई कारवाही हुन सक्छ।
अब कुरा उठ्छ-जो सदस्य बन्नु भएको छ तर एक्सेस तपाइको छैन भने के गर्ने ?
१. तुरुन्त संस्थाका महासचिव तिलक श्रेष्ठसंग सोझै सम्पर्क गर्नुहोस। उहाँको इमेल र फोन संस्थाको बोर्डडिटेलमा छ। अनि आफ्नो सही जानकारी दिनुहोस र सो करेस्पनडिङको डिटेल रेकर्ड राल्ख्नुहोस। 
२. जसले तेस्तो किसिमले सदस्यता बनाए तेस्को एक्सेस माग्नुहोस र पुन: महासचिव तिलक श्रेष्ठसंग सम्पर्क गरि आफ्नै इमेलमा चेन्ज गर्नुहोस।
३. यदि तपाइको सदस्यता कसैले बनाइदिएको तर त्यो को हो भनेर थाहा छैन भने पनि महासचिव तिलक श्रेष्ठसंग सम्पर्क गर्नुहोस। तपाईंको सहि पहिचान भए पछि त्यो सबै तपाइकै एक्सेसमा सार्नमिल्छ र सार्नुपर्छ। 
४. अन्य ठेगाना जस्ता कुराहरु सामान्य हुन् तर आफ्नो सहि इमेल र फोन नम्बरबाट सम्पर्क गर्नुहोस।
५. यदि सो कुनै पनि तरिकाले समाधान भएन भने, कुनै पनि सिटी पोलिस या सेरिफलाइ रिपोर्ट गर्नुहोस।
अन्तमा; तपाइको सदस्यताको शुल्क कसले तिर्यो त्यो कुनै ठूलो कुरा होइन। कसैलाई मन पर्यो भने हजारौं जनाको शुल्क स्पोन्सर गर्न सक्छ। त्यो कुनै धर्ती फाट्ने कुरा होइन तर सदस्यले पाउने सुविधा र मताधिकार तपाई आफ्नै हुनुपर्यो। भोली एउटा सदस्यले पाउने सुविधा हराउने, तपाइको नाममा कसैले मत-दिने कुरा भने आपत्तिजनक हुन। यी राम्रा पक्ष होइनन। तेसैले संस्थाको साइट https://www.members.nrnnccusa.org/view मा गएर लिंक क्लिक गरेर आफ्नो नाम कतिवटा छन्, कता-कता छन् या छैन त्यो सबै हेर्नुहोस। पुराना लाइफटाइम सदस्यहरुले https://nrnnccusa.org/lifemembers/ मा हेर्नुहोस।
अनि आवश्यक कदम चाल्नुहोस।