-एनआरएनए अफ्रिकाले स्याङ्जाको वालिङ्ग नगरपालिकालाई अक्सिजन सिलिन्डर सहयोग गर्यो

एनआरएनए अफ्रिकाले स्याङ्जाको वालिङ्ग नगरपालिकालाई अक्सिजन सिलिन्डर सहयोग गर्यो

Hollywood Khabar May 29,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रले नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत स्याङ्जाको वालिङ्ग नगरपालिकालाई ५० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग गरेको छ।

प्रस्ताबित एनआरएनए एनसिसी आइभोरी कोस्ट अफ्रिकाको तर्फबाट कृष्ण डुम्रेले आर्थिक सहयोग र संयोजन गर्नु भएको उक्त अक्सिजन सिलिन्डरहरु नगर प्रमुख दिलिप प्रताप खाण मार्फत त्यहाँका अस्पताल र स्वास्थ्यकेन्द्रमा प्रयोग गरिने गरि सहयोग गरिएको हो।

गैरआवासिय नेपाली संघ अफ्रिका क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुको नेपालमा तत्काल अक्सिजन सहयोगको अभियानले यस अघि ११ जिल्लामा ११५ थान अक्सिजन सहितको सिलिन्डर (खरिद सहित) र ११२५ रिफिल अक्सिजन सिलिन्डर ११ जिल्लाका विभिन्न अस्पतालहरुमा हस्तान्तरण गरिसकेको छ।