-एनआरएनएको अफ्रिका क्षेत्रको क्षेत्रीय महिला बैठक सम्पन्न

एनआरएनएको अफ्रिका क्षेत्रको क्षेत्रीय महिला बैठक सम्पन्न

Hollywood Khabar June 17,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अफ्रिका क्षेत्रका महिला संयोजकहरुको प्रथम बैठक आइतबार, जुन १४. २०२० मा जुम मार्फत सम्पन्न भयो।

एनआरएनए अफ्रिका क्षेत्रको क्षेत्रीय महिला संयोजक मन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा एनआरएनए आइसीसी उपाध्यक्ष रविना थापा र महिला संयोजक भोमा लिम्बुको बिशेष उपस्थित रहेको थियो। बैठकका सहभागीहरुमा निकि गुप्ता र अन्जु पौडेल नाइजेरिया, तारा गिरी र बर्षा क्षेत्री युगान्डा, कुमारी क्षेत्री केन्या, संजना गौतम मगर घाना र शारदा पौडेल राय मोजाम्बिक) को उपस्थिति रहेको थियो।

बैठकमा अफ्रिकाका महिला संयोजकहरुले अफ्रिकाका एनआरएन महिलाहरुको अबस्था र एनसीसीहरुले गरेका कार्यहरुको जानकारी गराएका थिए। साथै अफ्रिकामा बेलाबखत मानव तस्करहरुले ल्याएर अलपत्र र दुखमा पारिने महिलाहरुको समेत चर्चा भएको थियो। त्यसै गरि कोभिडको बन्दाबन्दीले रोजगारी गएर साउथ अफ्रिकामा अप्ठ्यारोमा परिरहेका महिलाहरुको बारेमा समेत छलफल भएको थियो।

बैठकमा उपाध्यक्ष रबिना थापाले एनआरएनए आइसीसीले महिलाहरुका लागि गरि राखेको कार्यक्रमहरु र महिला संयोजक भुमा लिम्बुले अफ्रिकामा अप्ठ्यारो परेका महिलाहरुलाई आबश्यक सहयोग गर्न अनुरोध गर्नु भएको थियो।

बैठकले अफ्रिका क्षेत्रका महिलाहरुको नियमित बैठक गर्ने, कोभिडका कारणले अप्ठ्यारोमा परेका महिलाहरुका लागि सहयोग गर्ने र महिलाहरुको छुट्टै कोष निर्माण गरि नेपालमा महिलालाई शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग पुर्याउने निर्णय गरेको थियो।

मन थापा

क्षेत्रीय महिला संयोजक, अफ्रिका क्षेत्र

गैरआवासीय नेपाली संघ

जुन १८, २०२०