कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको एशिया तथा प्रशान्त क्षेत्रको ६ औं क्षेत्रीय बैठक तथा प्रथम महिला बैठकको तयारी अन्तिम चरण पुगेको कुरा सो क्षेत्रका क्षेत्रीय संयोजक (RC) किरण थापाले बताएका छन्।
समृद्ध नेपालको लागि लगानी र रोजगार, दायित्व सहित गैरआवासीय नेपालीलाइ अधिकार भन्ने मूल नाराका साथ हङकङमा डिसेम्बर ८-९, २०१८ मा आयोजित सम्मेलन बिशेष गरि नेपालमा लगानीका लागि केन्द्रित हुनेछ। बिगत देखि नै संस्थाले उठाउँदै आएको लगानी भन्दा यो पटक सान र मझौला लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि संभावनाहरुबारे बढी ध्यान दिइने कुरा आरसी थापाले हलिउडखबरलाइ बताए।
संघको राष्ट्रिय समन्वय परिषद हङकङकी अध्यक्ष टीका गुरुङको संयोजनमा आयोजित सो बैठक/सम्मेलनको उद्धघाटन नेपाल सरकारका कृषि मन्त्री चक्रपाणी खनालले गर्ने कुरा संघले जानकारी दिएको छ।
सो क्षेत्रको पहिलो महिला वैठकबारे क्षेत्रकी महिला संयोजक जुनु गुरुङले यो पटक अन्य क्षेत्रको महिला बैठक भन्दा फरक हुने कुरा बताइन। संयोजक गुरुङले यो पटक जम्मा दुइवटा बिषयमा मात्र ध्यान केन्द्रित गरिनेछ। महिला नेतृत्व बिकास र महिलाहरुको ब्यबसायिक बिकास। संघको यो बैठकलाइ हामी गर्नको लागि बैठक पनि होइन, आयोजनामा मात्र पहिलो होइन इतिहासमा नै पहिलो पटक उत्कृष्ट महिला बैठक बनाउने छौ, सयोजक गुरुङले भनिन।
कार्यक्रममा संघका नेतृत्वमा रहने सबैजसो, पूर्वअध्यक्षहरु, अन्य देशका प्रतिनिधिका साथमा यस क्षेत्रका गैरआवासीय नेपालीहरुको उपस्थिति रहनेछ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता