-एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य सुरेन्द्र सिग्देल सचिवका उम्मेदवार

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य सुरेन्द्र सिग्देल सचिवका उम्मेदवार

Hollywood Khabar September 23,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर २३, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२१-२०२३ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद (एनसीसी) अष्ट्रेलियाका पुर्व अध्यक्ष, पूर्व आइसीसी सदस्य सुरेन्द्र सिग्देल अन्तराष्ट्रिय सचिव पदका लागि उम्मेद्वार हुने भएका छन्।

सुरेन्द्र सिग्देल नेपालको तनहुँ जिल्ला, भिमादमा जन्मिएर हुर्किएका हुन्। पोखरा पृथ्वी नारायण क्याम्पसबाट ग्राजुएट गरेका उनि कलेजमा नेपाल बिधार्थी संघको राजनीतिमा थिए। पछि काठ्माण्डौबाट मास्टर गर्दागर्दै सिग्देल १९९० मा कोरिया पुगेका थिए।

कोरियामा करिब २ बर्ष बसेपछि नेपाल फर्केर आफ्नै ब्यबसाय गर्दै बसे। फेरी १९९६ देखि १९९७ सम्म अमेरिकामा बसे। १९९७ अमेरिकाबाट अष्ट्रेलिया उडेका सुरेन्द्र सिग्देल हाल सम्म सिड्नीमा आफ्नै ब्यबसाय गरेर बसेका छन्।

उसो त अष्ट्रेलिया पुगेदेखि नै नेपाली जनसम्पर्क समितिमा सक्रिय थिएँ तर पदीय जिम्मेवारी चाहिँ लिएको छैन भन्छन सिग्देल। १९९८ मा स्थापन भएको नेपलिज अष्ट्रेलियन डेमोक्र्याटिक फोरमको संस्थापक रहेको बताउने सिग्देलले २००० देखि २००२ र २०१० देखि २०१२ सम्म दुइ कार्यकाल अध्यक्ष भएर काम गरेको बताउँछन्।

  • २००५ मा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको सदस्यता लिएका सिग्देलले २००७-२००९ र २००९ देखि २०११ सम्म दुइ कार्यकाल बोर्ड सदस्य भएर काम गरे
  • २०११-२०१३ मा अन्तराष्ट्रिय परिषद सदस्य भएर काम गरे
  • २०१३-२०१५ सम्म एनआरएनए एनसीसी अष्ट्रेलियाको सल्लाहकार
  • २०१५२०१७ सम्म एनआरएनए एनसीसी अष्ट्रेलियाको अध्यक्ष
  • २०१७-२०१९ सम्म एनआरएनए एनसीसी अष्ट्रेलियाको संरक्षक
  • २०१९ देखि एनआरएनए एनसीसी अष्ट्रेलियाको संरक्षक र अन्तराष्ट्रिय परिषदको मानार्थ परिषद सदस्य

यो पटक भने सुरेन्द्र सिग्देल अन्तराष्ट्रिय परिषदको सचिव पदका लागि आकांक्षी भएका छन्। बिशेष गरि आफ्नो लामो अनुभव, साथीहरुसँगको सहकार्य र सामुहिक प्रयासमा संघलाइ रुपान्तरण गदै लैजानको लागि आफू उम्मेदवार भएको उनले बताए।