NRNA: राष्ट्रिय समन्वय परिषद बेल्जियमको साधारणसभा सम्पन्न

Hollywood Khabar September 15,2018 Comments

केजिन राई/युरोप
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको साधारणसभा सेप्टेम्बर १६, २०१८ का दिन होबोकेनमा सम्पन्न भएको छ।

उद्घाटन सत्र र बन्द सत्रको सभापतित्व अध्यक्ष लोक प्रशाद दाहालले गरेका थिए भने कार्यक्रमलाई महासचिब आङ्ग माया लामा र प्रबक्ता दिपेन्द्र केसीले संचालन गरेका थिए।

गैरआवासीय नेपाली संघ अन्तराष्टिय परिषदका उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथी र बिशेष अतिथी राष्ट्रीय प्रजातन्त्र पार्टीका पूर्ब सह-महामन्त्री एबम केन्द्रीय सदस्य तथा आदिवासी जनजाति विभाग प्रमुख  लालध्वज लामा हुनुहुन्थ्यो। त्यसैगरी नेपाली दुताबास ब्रसेल्सका सुधिर भट्टराई, संघकी अन्तराष्टिय परिषद सचिब जानकी गुरुङ, संघकी अन्तराष्टिय परिषद महिला संयोजक रजनी प्रधान लागायत अतिथी थिए ।

साधारण सभामा महासचिब आङ्ग माया लामा, महिला सयोजक हरी भट्टराई र कोषाध्यक्ष रोशन गुरुंगको प्रतिबेदन सर्बसम्मत रूपले पारित भएको थियो । बन्द सत्रमा बिधान परिमार्जन उप-समितीले प्रस्तुत गर्न खाजेको बिधान बन्द सत्रमा लामो समय सम्म  बिबाद भएको कारण प्रस्तुत नै हुन सकेन। तर पनि बिधानको एउटा खण्ड सल्लाहकार र अनररी काउन्सीलर मनोनयनलाई सभाले पारित गरेको छ।