-एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

Hollywood Khabar September 03,2021 Comments

कृष्ण के सी, अमेरिका, सेप्टेम्बर ४, २०२१

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) बिधान २०२१ को १३- क देखि घ र अनुसूची ६ क मा महाधिवेशन प्रतिनिधि चयनको ब्यबस्था गरेको छ। तर त्यसलाई वर्तमान नेतृत्वले अपब्याख्या गरेर आफ्नो मन मौजी रुपमा चलाउँदा पनि एनसीसीहरु चुप किन छन् भन्ने कुराको सवाल उठेको छ।

  1. पहिलो कुरा त जनवरी २०२१ मा गरिएको २,५७१ जना बिशेष महाधिवेशन प्रतिनिधिको लागि ३०० जना मात्र अट्ने जुम हल किनेर गरिएको महाधिवेशनको कोरम पुगेन।
  2. दोश्रो कुरा मन्त्रीबाट तोक आदेश लगाएर ल्याएको बिधान २०२१ को १३- क देखि घ सम्म र त्यसलाई सपोर्ट गर्ने अनुसूची ६ क को ब्यबस्थाले विश्वो/अन्तराष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनको ब्यबस्था गरेको छ। त्यसको ब्याख्या वर्तमान आइसीसीले बदनियतपूर्वक गरेको छ।
  3. वर्तमान आइसीसीले त्यसको अपब्याख्या गरेर एनसीसीबाट ६५% प्रतिनिधि चयन गत २०१९ को कार्यसमितिले गर्ने भनेर बिधान बिपरित काम गरेको छ। बिधानको कुनै पनि खण्डमा त्यो कुरा उल्लेख गरिएको छैन। वर्तमान कार्यसमिति भन्नाले २०२१ मा निर्वाचित/चयन भएको नेतृत्व नै हो।
  4. त्यसैले ६५% महाधिवेहन प्रतिनिधि पनि २०२१ मा निर्वाचित राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले गर्ने हो। यदि गरेको छैन भने बिधानको सो खण्ड उल्लेख गरेर तुरुन्तै मोडिफाई लिष्ट पठाउन सकिने देखन्छ।
  5. हालसम्म अमेरिका र दक्षिण कोरियामा मात्र २५% प्रतिनिधिको निर्वाचन बिधान अनुसार भएको छ, अन्यत्र भएको छैन। तर त्यसैलाई आइसीसीले भएन भन्दैछ। जापानको चरम विवादलाइ मिलाउने भन्दै छ। जसले बिधान मान्छ त्यसलाई प्रश्न गर्ने अनि जसले चरम अपराध गर्छ उसलाई बचाउने अधिकार कसले दियो ?
  6. यसर्थ सम्पूर्ण एनसीसीहरुले ६५% महाधिवेशन प्रतिनिधि अघिल्लो कार्यसमितिले पठाएको हो भने त्यसलाई मोडिफाई गरेर नयाँ लिष्ट पठाउन सक्नेछन। सो काम निवर्तमान कार्यसमितिले गर्ने भन्ने कुरा बिधानमा कतै पनि उल्लेख छैन।यसको अपब्याख्या भएको छ।
  7. वर्तमान कार्यसमिति भनेको २०२१ मा चयन भएको एनसीसी कार्यसमिति नै हो। यसलाई अनुसूची ६, क, ४ ले पनि थप ब्याख्या गरेको छ।
  8. बिधानको कुनै पनि खण्डमा आइसीसीले प्रतिनिधि चयनमा काम गर्न भनेको छैन। सबै एनसीसीले गर्ने भनेको छ। तर यसलाई वर्तमान महासचिव डा हेमराज शर्माले गुमराहमा राखेर एक्लै मोडिफाइ गर्दै बसे। त्यस कुरामा प्रश्न कसले उठायो ?

बिधान पढ्न को लागि यहाँ दिएको लिंक खोलेर पढ्नुहोस्:

https://nrna.org/wp-content/uploads/2021/04/Pramanit-Bidhan-NRNA-2021_.pdf?fbclid=IwAR11_7eJAqskriI_o9UA1C-Ky7FnKtxyQcfKr4VzTgEdBkfqlijywE-6ZvI