NRNA NCC Canada LOGO

NRNA NCC क्यानाडाले नयाँ बर्षको उपलक्षमा ब्लडड्राइभ कार्यक्रम गर्दै

Hollywood Khabar March 02,2019 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) क्यानाडाले ब्लडड्राइभ कार्यक्रमको आयोजना गरेको छ।
NRNA NCC का महासचिव चिरन्जीवी घिमिरेद्धारा हलिउडखबरलाइ प्राप्त जानकारी अनुसार नेपाली नयाँ बर्ष २०७६ सालको उपलक्षमा ब्लडड्राइभ कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमलाइ भब्य बनाउनको लागि सुरेश गौतमको संयोजकत्वमा कमिटी समेत बनाइएको छ।
 
३० अप्रिल २०१९ शनिबार हुने सो कार्यक्रममा अर्जुन प्रसाद मैनालीले १६९ औं पटक ब्लड डोनेट गर्ने कार्यक्रम समेत छ। मैनालीले अमेरिका, अफ्रिका लगायत विश्वका थुप्रै देशमा ब्लड डोनेट गरिसकेका छन्।
 
ब्लड ड़ोनेट गर्न इच्छित व्यक्तिहरुले मार्च ३०, २०१९ भित्रमा साइनअप गरिसक्नु पर्नेछ। कार्यक्रम बिहान ११ बजे देखि दिनको १ बजे सम्म हुने कुरा जानकारीमा उल्लेख गरिएको छ।
 
कार्यक्रमको स्थान: Mississauga Donor Centre (at Heartland Town Centre), 765 Britannia Rd W-Unit 2
 
ब्लड डोनेट गर्नको लागि १७ बर्ष उमेर पुगेको, निश्चित उमेर र तौल समूह भित्र परेको हुनुपर्ने छ, आफूसंग कुनै भ्यालिड आइडि लिएर आउनु पर्ने छ, गत तीन महिना भित्र कुनै टाटु या पियरसिन गरेको हुनु हुँदैन, एक दिन अगाडि देखि प्रशस्त मात्रामा पानी-जुस जस्ता पदार्थ पिएको हुनु राम्रो हुन्छ, गत ७२ घण्टाभित्र दाँतको उपचार गरेको हुनुहुँदैन, अन्तिम तीन महिना भित्र क्यानाडा बाहिर भ्रमण गरेको हैसियतमा भने https://www.blood.ca/en/blood/travel फरक परिक्षण गर्नुपर्ने छ।
 
डोनरको रुपमा साइन गर्नको लागि निम्न व्यक्तिहरुसंग सपर्क गर्न भनिएको छ।
1. Gopikrishna Kaphle 647-878-4674
2. Dipak Gautam 705-336-8820
3. Suresh Gautam 705-336-8820
4. Dinesh Khatiwada 647-703-8452
5. Dr Govinda Singh Rawat 416-671-3747
6. Hem Pandey 647-338-7776
7. Asirbad Subedi 647-867-7973
8. Tula Bhattachan 416-858-6995
9. Pradeep Marahatta 647-572-9096
10. Yam KC 416-880-4214
11. Bhabi Neupane 647-909-8350
12. Laxman Pandey 647-870-4025
13. Anjani Bhattarai 647-702-7009
14. Man Poudel 647-637-2854
15. Chiran Ghimire 647-857-9841