-एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

Hollywood Khabar October 10,2021 Comments

कृष्ण के सी, अमेरिका, अक्टुवर ११, २०२१

गैरआवासीय नेपाली संघको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिना भित्रमा गर्नेगरी तत्काल स्थगन गर्ने निर्णय गरिएको छ। अक्टुवर ९, २०२१ शनिबार बसेको संघको कार्यकारी सचिवालयको बैठकले सो निर्णय गरेको हो।

उसो त अक्टुवर २३-२५ सम्म हुने अधिवेशन र भनिएको २० अक्टुवरको निर्वाचनका लागि धेरैजना गैरआवासीय नेपालीहरु नेपाल पुगिसकेका छन्। कति जाने क्रममा छन् तर महाधिवेशन भने आगामी ६ महिना भित्रमा गर्ने गरि सरेको छ।

महाधिवेशनका प्रतिनिधिको बिषयलाइ लिएर विवाद चरम रुपमा बढ्न पुग्यो। जापान, रसिया र जर्मनी, चिलीको लगायतका देशको चुनाव नै एकातर्फी भए। जापानमा २ हजार भन्दा धेरै बिधार्थीलाइ संघको स्मार्ट भनिएको मेम्बर इन्फर्मेशन सिष्टम (एमआइएस) मा लगेर पंजीकृत सदस्य बनाइएको प्रतिवेशन त सार्वजनिक नै भएको छ।

त्यहि तथाकथित मेम्बर इन्फर्मेशन सिष्टमलाइ दुरुपयोग गर्दै रसीयमा एनसीसीको चुनाव पछि पनि हजारौं सदस्य थपेर बिधानको भनिएको अनुपातलाइ आधार मान्दै महाधिवेशन प्रतिनिधि थप्ने कम गरियो। सोहि मेम्बर इन्फर्मेशन सिष्टम-स्मार्ट एनआरएनकै कमाल प्रयोग गर्दै जर्मनीको चुनाव कब्जामा लिएर गर्दा त्यहाँको चुनाव अझै पनि स्थानीय अदालतमा विचाराधीन छ।

तर पनि मन्त्रालयले पठाएको निर्देशनले ६५ प्रतिशत प्रतिनिधि चाहिँ सहि बाटोमा जान निर्देशन गरेको छ। त्यो पत्रसँगै अलमलिएका वर्तमान नेतृत्व र अध्यक्ष कुमार पन्तलाई कम्जोर बनाएर शक्ति आफ्नो हातमा लिएर चुनावमा उम्मेदवार भएका संघका पदाधिकारीहरुको रुन्चे स्वर सुनियो। बिशेष गरेर अध्यक्षका प्रत्यासी तथा वर्तमान उपाध्यक्ष डा बद्रि केसी, महासचिव हेमराज शर्मा, सचिव सचिव गौरीराज जोशी नजिक रहेका मिडियाहरुले समाचार नै मिस्लिडिङ्ग गरेर लेखे। अहिले आएर उनीहरुको हर नाङ्गो भएको छ।

उसै पनि उनीहरुले एनअरएन-आइएलओ प्रोजेक्टबाट हण्डी पाएको आरोप भने नयाँ होइन। ७० लाख नेपाली रुपैयाँ भन्दा ठुलो भनिएको हण्डिको भाग नेपालका केहि चर्चित मिडियाका बैदेशिक ब्यूरो रिपोर्टर देखि अन्य अनलाइनहरुले नपाउँदा त्यहाँ भित्रका गुट नै फुटको संघारमा पुगे।

अहिले अमेरिकाबाट चल्ने एउटा पुरानो अनलाइन, बेलायतबाट भनिएको अनलाइन जो महासचिव शर्माका भाइको हो, सेतोपाटी अनलाइनका अष्ट्रेलिया र केहि अन्य देशका संचार प्रतिनिधि भनिएकाहरु, युरोपका १/२ अनलाइन र फेसबुककारिता गर्नेहरु नै सो गुटको हण्डि भजन मण्डलीमा पर्दछन।

बिचमा महाधिवेशन प्रतिनिधिहरु मनोमानी रुपमा छान्ने गरि गरिएको हैकमी चाल्नोलाइ परेको निवेदनका आधारमा नेपाल सरकारको पराष्ट्र मन्त्रालयले संघका अध्यक्ष कुमार पन्तलाई दिएकोनिर्देशनको प्रति हलिउडखबरलाइ प्राप्त भएको छ। पत्रले निर्दिष्ट बाटो देखाई दिएको छ।तिमीहरुकै बिधान तर त्यसलाई स्वार्थ र मनोमानी रुपमा होइन ठीक बिधिमा जाउ भनेर निर्देशन दिएको छ।

संघका महासचिव डा हेमराज शर्मा र सचिव गौरीराज जोशीले संघको १ करोड भन्दा धरै पैसा तिरेर बनाइएको स्मार्ट एनआरएनको पाटो मानिएको एमआइएसलाइ चरम दुरुपयोग गरेको प्रमाणहरु धेरै भेटिएका छन्।

यसले युरोपको मापदण्डको उलंघन गरेकोले २० मिलियन युरो सम्मको पेनाल्टीको लागि ल सुट गर्ने तयारी भएको छ। यस्ता दर्जनौं कारणले गर्दा यो स्मार्ट एनआरएनका सिष्टम पूर्ण रुपमा दुरुपयोग र फेल भएका छन्। यसको भुक्तानी भएको पैसा फिर्ता लिएर डेभलपर कम्पनिलाइ उल्टा ल सुट गर्नुपर्छ भन्ने आवाज पनि आएका छन्।

 

 

संघको प्रेस विज्ञप्ति जस्ताको तस्तै:

 

प्रेस विज्ञप्ति

 

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक १० अक्टोवर २०२१ आइतबारका दिन भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बस्यो। गैरआवासीय नेपाली संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भयो ।

 

बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

 

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरुसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने जानकारी गराइन्छ।

 

गैरआवासीय नेपाली संघको महाधिवेशनका लागि काठमाडौं आइसक्नु भएका र आउन तयार रहनु भएका प्रतिनिधिहरुमा पुगेको असुविधाप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ ।

 

अन्त्यमा,विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई विजया दशमी, दीपावली र छठ पर्वको मंगलमय शुभकामनासहितअक्टोबर ११ मा परेको गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्दछौँ।

 

डिबि क्षेत्री,

प्रवक्ता

गैरआवासीय नेपाली संघ

११ अक्टोबर २०२१

संबन्धित थप चमाचार

परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर