Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी अष्ट्रियाबाट आइसीसी सदस्यका प्रत्यासी विकास कार्की

-एनआरएनए एनसीसी अष्ट्रियाबाट आइसीसी सदस्यका प्रत्यासी विकास कार्की

आदरणीय अष्ट्रीयाबासी बुवा आमा, दाजुभाई, दिदिबहिनीहरु,

सम्पूर्णमा हार्दिक नमस्कार;

अध्ययनको सिलसिलामा सन् १९८८ मा होटल एंड टुरिजम Klessheim मेनेजमेन्टको लागि अष्ट्रीयाको Salzburg City मा आएको र १९९१ मा Norwegian Cruise line 1991 Miami USA काम गरेको। तत्पश्चात् अष्ट्रीया फर्केर होटेल लाइनमा नै काम र आफ्नो व्यवसाय गर्दै आएको छु।

प्रवासको संघर्ष त् छदै थियो तर छोराको स्पोर्ट प्रतिको झुकापका कारण विभिन्न चुनौतिहरु पार गर्दै आज यो अवस्थामा छु। छोरा बिनय कार्की अष्ट्रीयाको नेपाली साथै विश्व भरका गैरआवासीय नेपालीको माझ उदहारण बनेको छ। नेपाली छोरो अष्ट्रीयाको प्रतिनिधित्व गर्दै विभिन्न ३२ देशहरुमा ८० भन्दा बढी मेडल र टफी, best player साथै World champion को उपाधि हासिल गर्न सफल भएको छ।

जीवनको पुर्बार्दमा संस्थाको पदीय जिम्मेवारी लिएर समाजको लागि काम गर्ने तीव्र इच्छा भएता पनि सकिन तर सामाजिक कामका लागी वर्तमान अवस्था मेरो लागि सहज भएकोले समाज र सँस्थमा प्रतक्ष्य सेवा गर्नका लागि यहाँहरु सामु ICC Member को उमेदवारी दिएको छु।

विगत लामो समय (तीन दशक ) को प्रवास बसाईको क्रममा नेपाली समाजमा आइपर्ने हरेक दु:ख-सुखमा हातेमालो गर्दै आइरहेको छु। प्रवासमा रहेर नेपाली समाज भन्दा बाहिर रहन सक्दैनौं। मातृभूमीसंग प्रत्यक्ष जोड्ने पुलको रुपमा स्थापित हामी सबैको साझा संगठन NRNA ले गैरआवासीय नेपाली र नेपाललाई दु:ख पर्दा हरेक पटक साथ र सहयोग गर्दै आईरहेको छ।

एनआरएनए एनसीसी अष्ट्रीयाको LCC Salzburg को अध्यक्ष हुँदै निवर्तमान कार्यकालमा NCC Austria को बरिष्ठ उपाध्यक्षको पदीय जिमेवारी सुम्पनु भएको थियो।

अष्ट्रीया बसाईको क्रममा विभिन्न संघ सस्थामा रहेर काम गरेको अनुभव ले गर्दा नै आज अष्ट्रीयाको लागि अन्तर्राष्ट्रिय समन्वय परिष् सदस्य पदमा उमेदवार दिएको कुरा यहाँहरुलाई जानकारी गराएको छु।

अनुभवका आधारमा आगामी दिनमा पनि एन एनआरएनएको यो अभियानमा निरन्तरता दिने र नेपालको सामाजिक आर्थिक, सास्कृतिक तथा पर्यटन बिकासमा सहयोग पुर्याउने अभियानसंग आबद्द रहेर काम गर्नेछु। एनआरएन बिशुद्ध साझा संगठन भनियता पनि केहि वर्ष यता देखि संस्थामा विभिन्न किसिमका समस्याहरु आइरहेका छन्।

ति देखिएका समस्याहरुलाई समाधान गर्दै हातेमालो गरेर अघि बढ्ने र अष्ट्रीयाको नेतृत्व निर्माणको अभियानमा निरन्तर लागि रहनु भएका सम्पुर्ण सकृय साथिहरुको उपस्तिथि गराउने कोसिस जारी रहने छ। यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।

धन्यवाद

बिकास कार्की

NRNA-ICC Member प्रत्यासी

एनआरएनए एनसीसी अष्ट्रिया २०२१-२०२३

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----