-NRNA:एनआरएनए आइसीसी गैरआवासीय नेपाली संघले नेपाल सरकारद्वारा गठित COVID-19 केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ दिने

NRNA:एनआरएनए आइसीसीले नेपाल सरकारद्वारा गठित COVID-19 केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ दिने

Hollywood Khabar March 21,2020 Comments

कृष्ण के सी/अमेरिका/३/२२/२०२०

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) ले नेपाल सरकारद्वारा गठित COVID-19 केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषदको मार्च २२, २०२० आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर सो कोष खडा गरेको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) को मार्च २२, २०२० आइतबार नै बसेको ७२ औं बैठकले नेपाल सरकारको कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लड्न स्थापित केन्द्रिय कोषमा १ करोड रकम दिने निर्णय गरेको छ। गैरआवासीया नेपाली संघको १ करोड सहयोग प्रदान गर्न तत्काल २५ लाख प्लेज भएको छ भने बाँकी रकम सबै गैरआवासीय नेपालीहरुलाई अनुसरोघ गर्ने निर्णय भएको छ।

५ लाख रकम प्लेज गर्नेहरुमा अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन्। उपाध्यक्ष डा बद्रि के सी र सहकोषाध्यक्ष लोक दाहालले १/१ लाख दिने प्रतिबद्धता जाहेर गरे। त्यसैगरी राजन त्रिपाठी, कृष्ण तिमल्सिना, टंक लम्साल, भूमिराज गुरुङ, पुरुषोत्तम बोहोरा, हङकङका एकजना (नाम तत्काल प्राप्त नभएको) ले ५०/५० हजारको प्लेज गरेका छन्। बैठकमा प्लेज भएको रकम २५ लाख पुगेको छ।

बैठकमा कोषाध्यक्ष महेश श्रेष्ठद्वारा प्रस्तुत प्रोजेक्ट अडिट रिपोर्ट दस्ताबेज बनाएर सार्वजनिक गर्ने निर्णय भएको छ। साथै प्रोजेक्ट एडप्शन पोलिशी, कन्सल्टेन्सी पोलिसी, सचिवालय आर्थिक नियमावली लगायत बार्षिक बजेट तर्जुमा गर्ने बिधि समेत पारित गरिएको छ। बैठकद्वारा संघको फाउण्डेशन संबन्धि कन्सेप्टबारे पनि छलफल भएको बताइएको छ।