-एनआरएनए एनसीसी अष्ट्रियाद्वारा भियन्ना स्थित भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाइयो

एनआरएनए एनसीसी अष्ट्रियाद्वारा भियन्ना स्थित भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाइयो

Hollywood Khabar May 12,2020 Comments

भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भई भारतको यस कदमको विरोध गर्दै संघले विज्ञप्ति प्रकाशित गरेको छ।

गैरआवासीय नेपाली संघले मे ११, २०२० का दिन अन्तराष्ट्रिय परिषद अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित उक्त वक्तव्य पछि संघका विश्वभरका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई संघका महासचिव डा हेमराज शर्माद्वारा सम्वन्धित मुलुकको भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाउन पत्रको नमुना सहिको निर्देशन भएको थियो।

आइसीसी महासचिव शर्माको सोहि निर्देशन प्राप्त हुनासाथ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अष्ट्रियाले भारतको हेपाहा प्रवित्तिको खुलेरै विरोध गर्नुपर्छ भन्ने निष्कर्ष निकाको थियो। त्यसीले संघको उक्त वक्तव्य प्रति ऐक्यवद्दता जनाउँदै निर्देशन भए वमोजिम एनआरएनए एनसीसी अष्ट्रियाद्वाराले भियन्ना स्थित भारतीय राजदुतावासमा ईमेलद्वारा विरोध पत्र पठाएको छ।

मे १२, २०२० का दिन सोहि प्रकृति अनुरुपको बिरोध पत्र भारतीय राजदुतावासमा ईमेलद्वारा पठाएपछि एनआरएनए एनसीसी अष्ट्रियाकी महासचिव भवानी तिवारीले पत्रकोप्रति सहित मे १४, २०२० मा जानकारी गराउनु भएको हो।

कृष्ण के सी

उपसंयोजक

सूचना तथा संचार

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद

मे १४, २०२०