गैरआवासीय नेपाली संघ रासप क्यानडाको साताब्यापी खेलकुद

NRNA: गैरआवासीय नेपाली संघ रासप क्यानडाको साताब्यापी खेलकुद सम्पन्न

Hollywood Khabar February 20,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानडाले नेपालको प्रजातन्त्र दिवसको अवसर पारेर साताब्यापी खेलकुदका कार्यक्रमहरु सम्पन्न गरेको छ।

एनसीसी क्यानाडाले क्यानडाका मुख्य सहरहरु टोरोन्टो, मिसिसागा, स्कारबोरो, क्याल्गेरी, एड्मन्टन, सस्काट्युनमा साताब्यापी खेलकुदका कार्यक्रमहरु सम्पन्न गरेको कुरा हलिउडखबरलाइ प्राप्त भएको छ। खेलकुदमा टोरोन्टोमा मात्र झन्डै १ हजार नेपालीहरु सहभागी भएको कुरा NRNA NCC क्यानडाका अध्यक्ष गोपि काफ्लेले बताए।

भलीबल, टग अफ वार (महिला/पुरुस), दौड, टेबल टेनिस, ब्याडमिन्टन, चेस लगायत १ दर्जन भन्दा बढी खेलहरु समाबेस गरिएको उक्त सप्ताहमा भलीबल तर्फ लाली गुरास स्पोर्ट्स क्लब मिसीसागाले टोरोन्टो नेपाली स्पोर्टस क्लबलाइ फाइनलमा पराजित गरेर $1000 क्यानेडियन डलर र रनिङ शिल्ड हात पारेको छ। सो खेलको उपबिजेता टोरोन्टो स्पोर्ट्स क्लबले $700 क्यानेडियन डलर प्राप्त गरेको छ। भलीबल खेलमा जम्मा ८ टीमको सहभागीता रहेको कुरा एनआरएनए एनसीसी क्यानाडाका स्पोर्ट्स कोअर्डिनेटर पाण्डु श्रेस्ठले जानकारी दिए।

पुरुस टग अफ वारमा भने ओटावा फ्याल्कनले भिक्टोरिया ड्रागनलाइ पराजित गर्दै मेडल र नगद पुरस्कार जित्यो। महिला टग अफ वारको टाइटल भने लेडी धौलागीरीलाइ हराउदै लेडी अन्नपुर्णले जित्यो। बाल/बालिकाहरुको दौडमा ७-१० बर्ष उमेर समुहमा टोरोन्टोका सागर थापाले जीते भने ११-१५ बर्ष सम्मको दौडमा भने स्कारबोरोका बबिन्सन बटालाले बिजयी भए।

क्यानडा स्थित नेपाली सस्थाका प्रमुखहरु बिचको रमाइलो दौडमा भने १७ जना अध्यक्षहरुलाइ पछि पार्दै प्रवासी नेपाली एकता मन्चका अध्यक्ष रमेश थापा पहिलो भए। लाली गुरास क्लबका अध्यक्ष उत्तम श्रेस्ठ द्धितिय र टोरोन्टो स्पोर्ट्सका अध्यक्ष दिपेन्द्र के सी तेश्रो भए। दौडमा प्रथम भएका थापाले डौडमा जितेको $१५० डलर र त्यतीनै रकम आफूले थपेर $३०० डलर धुर्मुस सुन्तली फाउन्डेसनलाइ स्टेडियम बनाउन सहयोग गर्ने घोषणा गरेको छन। सो कुरा एनआरएनए एनसीसी क्यानडाका महासचिब चिरन्जिबि घिमिरेले जानकारी दिए। भब्य रुपमा सम्पन्न उक्त खेलकुद कार्यक्रमको सन्चालन एबं ब्यस्थापनमा टोरोन्टो नेपाली स्पोर्ट्स सेन्टर र लाली गुरास स्पोर्ट्स क्लबले सहयोग गरेका थिए।

क्यानडामा मात्र हैन उत्तर अमेरिकामा नै यस्तो भब्य खेलकुदको कार्यक्रम पहिलो पटक भएको कुरा एनआरएनए क्यानाडाबाट आइसीसि सदस्य अभिमन्यू बस्नेतले बताए। बरिस्ट गायक तथा सङितकार पुर्ण नेपाली, लोक गायक बुद्धि सागर बस्याल, देबिका के सी, बिनय निरौला र प्रदीप मरहठठाले उक्त खेलकुद सप्ताहको समापन एबम पुरस्कार बितरण कार्यक्रममा आ-आफ्ना साङ्गितिक प्रस्त्तुतिहरु मार्फत दर्शकहरुलाइ मनोरन्जन दिलाएका थिए।

भातृत्व, एकता र आपसी विश्वास अभिबृद्धि गर्न खेलकुदले सहयोग गर्ने भएकोले खेलकुदका कार्यक्रमहरु गर्नुपरेको उक्त खेलकुद सप्ताहका मुख्य ब्यस्थापक एबम एनआरएनए एनसीसी क्यानडाका महासचिब चिरन्जीबि घिमिरेले बताएका छन्।