-गैरआवासीय नेपाली संघ एनसीसी साइप्रसले कोभिड १९ संक्रमणमा गरेका गतिबिधिहरु

गैरआवासीय नेपाली संघ एनसीसी साइप्रसले कोभिड १९ संक्रमणमा गरेका गतिबिधिहरु

Hollywood Khabar April 04,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साइप्रसले कोभिड १९ को संक्रमणका बेला गरेका गतिबिधिहरु यहाँ उल्लेख गरिएको छ।

१, कोरोना भाइरसको रोकथाम तथा निराकरणको लागि साइप्रसले आगामी अप्रिल १३ सम्मको लागि लक डाउन घोषणा गरेको जानकारी गराइन्छ।

२, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रस र सहकार्य गरेका सम्बन्धित संघ संस्थाहरुको तर्फबाट साइप्रसबासी नेपालीहरुमा सकुशलताको कामना गर्दै आँफू र आफ्नो परिवारको स्वास्थमा उच्च सतर्कता अपनाउनु हुन हार्दिक अनुरोध गरिएको छ।

३. यस अवस्थामा नेपाली कामदार र विद्यार्थीहरु विभिन्न खाद्यान्न लगायतका अन्य

समस्यामा पर्न गएको हुँदा साईप्रसमा रहेको अनररी कन्सुलेट अफ नेपाल, निकोसियाको रोहवरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्वमा र सम्बन्धित संघ संस्थाहरुको सहयोगमा राहत वितरण हुन गईरहेको छ।

४. एनआरएनए साइप्रस लगायत यहाँ रहेका स्थानीय संस्थाले विशेष गरी अति जोखिममा परेका विद्यार्थीहरु र काम गर्न गरेर आन्दानीको श्रोत नभएका विद्यार्थी दाजुभाइ तथा दिदीबहिनीहरुलाई लक्षित गर्दै एउटा राहत प्याकेजको घोषणा गरेको छ। राहत संकलन गर्न पीडितहरुले आफ्नो नाम, बस्ने ठेगाना, फोन नम्बर सहित ७ अप्रिल २०२० भित्र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै बिबरण टिपाइदिनु हुन सूचना जारी गरिएको छ।

५. प्रभावित व्यक्तिहरुले टिपाउनु भएको बिवरणको आधारमा राहत प्याकेज अप्रिल ८ तारिख बाटै वितरण गरिने छ। यो राहत प्याकेज एनआरएनए साइप्रस संगै साझेदारी गरेका स्थानीय संस्थाका प्रतिनिधि वा सामाजिक अभियन्ता मार्फत सम्पूर्ण क्षेत्रमा वितरण गरिने भएको छ। राहत प्याकेजमा बितरण गरिने सामाग्रीहरुको विवरण: चामल, दाल, चाउमिन, आलु, प्याज, तेल, सोयाविन र टमाटर पेष्ट।

६. राहतको प्याकेज आवश्यकता बमोजिम थपघट गर्न सकिने छ। यस सम्बन्धी सम्पूर्ण जिम्मेवार एनआरएनए एनसीसी साइप्रस र साझेदारी संघ सस्थाका कार्य समितिको रोहबरमा हुनेछ।

७. राहतका मापदण्ड तथा सर्तहरु अति जोखिममा परेका विद्यार्थीहरुले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै बिवरण पेश गर्नु पर्ने छ।

८. प्रत्येक ब्यक्ति स्वयं आफैले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा उल्लेख गरिए अनुसारको बिबरण पठाउनु पर्ने छ। सामुहिक रुपमा आएका कुनै पनि नामहरुको तथ्यांक समाबेश हुने छैन ।

९. एनआरएनए साइप्रसले प्रत्येक क्षेत्र निकोसिया, लिमासोल, लार्नाका, आइनापा र पाफोसमा रहेका आफ्ना प्रतिनिधी तयार पारिसकेको र सम्बन्धित प्रतिनिधिसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

१०. कुनै पनि ब्यक्ति वा संस्थाले दिइ सकेको राहत पुनः त्यहि ब्यक्तिलाई दिइएने छैन ।

राहत लिनको लागि तोकिएको स्थानमै जानू पर्नेछ। सबैलाई आफू बस्ने बास्तबिक ठाउँको पहिचान खुलाएर लेख्न भनिएको र ठाउँको पहिचान गरेर मात्रै राहत वितरण गरिने छ । राहत लिनका लागी व्यक्ति स्वयं आफै आउनु पर्नेछ ।

११. राहत लिन आउँदा परिचय खुल्ने बिवरण अनिबार्य ल्याउनु पर्ने छ। विद्यार्थीको ख्याल गर्ने आफन्त वा कोही भएको अवस्थामा राहत बितरण हुने छैन । विद्यार्थी बाहेक अन्य नेपालीलाई पनि यस घडीमा जिवीकोपार्जननको लागि निकै समस्या परेको छ भने वास्तविकता हेरी आवश्यकताको पहिचान गरि माथी उल्लेखित राहत सामाग्री उपलब्ध गराइने छ।

नोट:

  • सम्पूर्ण एनसीसीहरुलाई आफ्नो क्षेत्रबाट गैरआवासीय नेपाली संघको संचार तथा प्रकाशन समितिका त्यस क्षेत्रका प्रतिनिधित्व गर्ने कुनै पनि सदस्यहरुलाई अपडेट पठाउन अनुरोध गरिएको छ।
  • संघको प्रेस विज्ञप्त र समाचार फरक कुरा हुन्। संघको आधिकारी विज्ञप्ति प्रवक्ताबाट मात्र आउने छ।
  • समाचार भने तुरुन्त र चुस्त हुनुपर्ने भएकोले स्थानिय रुपमा संकलन गरि समितिका सदस्यहरुले मिति, आफ्नो नाम, जिम्मेवारी सहितको बाइलाइन राखेर फेसबुक ग्रुप, इमेल या कुनै माध्यमबाट संचार गर्न अनुरोघ गरिएको छ। यसरी प्राप्त समाचार तयार पार्ने व्यक्ति/जिम्मेवार व्यक्तिको बाइलाइनमा पोष्ट र प्रचार-प्रसार गरिनेछ।
  • हरेक समाचारको कपि/प्रति प्रवक्ता डिबी क्षेत्री र संचार तथा सूचना उपसंयोजक सम्म पुग्नु पर्ने छ।

=================

कृष्ण के सी

उपसंयोजक

सूचना तथा संचार

गैरआवासीय नेपाली संघ

एप्रिल ५, २०२०