-NRNA NCC Germany Official LOGO

NRNA: एनआरएनए एनसीसी जर्मनीको अधिवेशन १६ सेप्टेम्बरमा हुने

Hollywood Khabar June 13,2019 Comments

एनआरएनए एनसीसी जर्मनीबाट/६/१३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जर्मनीको अधिवेशन सेप्टेम्बर १६, २०१९ मा हुने भएको छ।

एनआरएनए एनसीसी जर्मनीको नियमित सातौ बैठक संघको अध्यक्ष बिजय मोक्तानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त बैठकमा संघका अग्रज तथा अभिन्यताहरुको उपस्थितिमा कार्यसमितिको बैठक निर्णयहरुसित लामो छलफलबाट पारित भएका छन। एनआरएनए एनसीसी जर्मनीको आगामी योजना र कार्यक्रम तथा अधिवेसन एबम पंजीकृत सदस्यता वितरण तथा क्षेत्रीय शाखाहरुको बिस्तार तथा पुनर्गठन एबम क्षेत्रीय अधिवेसन एनआरएनए एनसीसी जर्मनीको अधिवेसन पहिले नै गरिसक्नु पर्ने भएकोले कार्यसमितिको सक्रियता र जिम्मेवारीको बारेमा पनि बिष्तृत छलफल भएकोछ।

संघलाई जर्मनीमा रहने सबै एनआरएनहरुले अपनत्व ग्रहण गर्न सक्ने र संघको आर्थिक पारदर्शिता तथा स्वच्छतालाई निरन्तर अगाडी बढाउने प्रतिबद्धतालाइ यो बैठकले अझ धेरै परिमार्जित गरेकोछ। संघको सदस्यता नवीकरण तथा नयाँ सदस्यता बितरण गर्न सक्रिता दिने निर्यणका साथ सबैलाई सदस्य बन्न हार्दिक अनुरोध गरिएको छ।

संघको बैठकले सदस्यता बितरणका लागी IT संयोजकमा युवा संयोजक रविन लामिछानेलाई जिम्मेवारी प्रदान गरेकोछ। सम्पूर्ण क्षेत्रीय शाखा (एलसीसी) हरु आगामी १५ जुलाई देखी २५ अगस्त २०१९ भित्र नयाँ कमिटी गठन गर्नु पर्ने बैठकमा पारीत गरेकोछ। केहि क्षेत्रीय शाखाहरुका मिती पनि निर्धारण भई सकेका छन। २२ जुलाई बर्लिन, २७ जुलाई हेसन र १८ अगष्टमा एनआरडब्लुको लागि मिती तय गरिसकिएको छ। सबै क्षेत्रीय शाखाहरुको नया कार्यसमिति गठन पश्चात १६ सेप्टेम्बर २०१९ का दिन एलसीसी एनआरडब्लुमा एनआरएनए एनसीसी जर्मनीको अधिवेसन आयोजना गरिने निर्णय बैठकले पारित गरेको छ।

गत १७ मे २०१९ का दिन बसेको प्रत्यक्ष बैठकका अपुरा निर्णयलाई उठान गर्दै आगामी कार्यसमिति चयन गर्न निर्वाचन आयुक्तको लागी पूर्व ICC महिला संयोजक उषा शर्मा र निबर्तमान ICC सदस्य सुरेन्द्र प्रधानको नाम पारीत गरिएको। जसमा आवश्यकता अनुसार अरु ३ सदस्यहरु थप गर्न सकिने व्यवस्थाको प्रावधान राखिएकोछ।

एनआरएनए एनसीसी जर्मनीको बैठकमा उपस्थित सहभागीहरुमा आइसीसी सदस्य द्वय नारायण अधिकारी र हरेन्द्र वनेम, संरक्षक उषा शर्मा र श्याम खनाल, सल्लाहकार शिखर खड्का, राम गुरुङ, खड्ग न्यौपाने, तेजेन्द्र कार्की, पूर्व आईसीसी सदस्य सुरेन्द्र प्रधान, एनआरएनए जर्मनीको कार्यसमितीबाट माहिल उपाध्यक्ष किरण सिग्देल, उपाध्यक्ष हरी न्यौपाने र मिलन पन्त, महासचिब टन्क लम्साल, सचिब राजेश सुनवर ,कोषाध्यक्ष निनम्मा राइ, महिला संयोजक भिमानानी श्रेष्ठ, सहसंयोजक सुनिता थापा क्रान, युवा संयोजक रविन लामिछाने, साँस्कृति संयोजक लक्षमण जोशी, प्रवक्ता शंकर डाँगी, कार्यकारीक सद्स्यहरुमा क्रमश, बेल गुरुङ, सुर्य गिरी, मेनका त्रिपाठी, करुना राइ, राजेश कुँवर, राम गुरुङको उपस्थितमा बैठक सम्पन्न भएको थियो।

आगामी ३-४ अगष्ट २०१९ मा इटलीमा हुने १२ औ युरोपेली बैठकमा बिशेष प्रस्तुती र बिगतमा जस्तै राजनीतिक बडावा नदिन अनुरोध सहित बिशेष सहभागीता जनाउन समेत बैठकले निर्णय गरेका छ।

NRNA Germany LCC München Football Cup मा कुनै पनि NRNA NCC ICC को कार्यक्रमसँग नजुदाई गर्न गराउन का लागि संघ का उपाध्यक्ष हरी न्यौपाने लाई जिम्मेवारी प्रदान गरेकोछ। त्यसैगरी एलसीसीको गठन गर्दा एनआरएनए जर्मनीको केन्द्रिय प्रतिनिधिको रोहवरमा गर्नु पर्ने निर्यण पारीत गरेको छ।

एनआरएनएका अग्रजहरु जिबा लमिछाने, राम प्रताप थापा, दिल बहादुर गुरुङ, पुष्प थापा, कुमार पन्त, उषा शर्मा, दावा गेल्जे शेर्पा, डा जय कृष्ण ठाकुर, पूर्व आईसीसी सदस्यहरु सन्तोष भट्टराई, सुरेन्द्र प्रधान, पूर्व अध्यक्ष हरेन्द्र वनेम र निबर्तमान अध्यक्ष नबराज रोसायारा तथा बर्तमान आईसीसी सदस्य नारायण अधिकारी मध्येबाट पर्याप्त समय भएका अग्रजहरुलाई नै संघका आगामी अधिबेसन इमान्दरितापुर्बक निश्पच्छ रुपमा निर्वाचन गराउन अनुरोध सहित जिम्मावारी प्रदान गर्दै निर्वाचन आयोगमा नियुक्ती गर्न सकिने प्रस्ताब अध्यक्ष मोक्तानले राखेका छन।

सबै एलसीसीका एनआरएनका अग्रज तथा साथीभाईसँग सहकार्य साथै स्थानिय गैरआवासिय नेपालीहरुसँग भेट गर्ने सोचका साथ सुचारुमा ल्याएको प्रत्यक्ष बैठक क्रमश: हेसन, हम्बर्ग, हेसन, डर्टमुण्ड एनआरडब्लु, ब्रेमेन नेदरजाक्सन, हेर्ने वानैइकल एनआरडब्लु र बेर्लिनमा सम्पन्न गरी सकेकोछ। एलसीसी म्युनिकमा हुन बाँकी छ।