-एनआरएनए जापानको निर्वाचन सम्पन्न, अध्यक्षमा शिव पौडेल बिजयी

एनआरएनए जापानको निर्वाचन सम्पन्न, अध्यक्षमा शिव पौडेल बिजयी

Hollywood Khabar July 29,2021 Comments

टोकियो, जुलाइ ३०, २०२१

गैरआबासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको निर्वाचन सम्पन्न भएको छ। जुलाई ३०, २०२१ मा भएको निर्वाचनबाट अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन्।

एनसीसी जापानको निर्वाचन आयोगका अनुसार कुल ९ हजार ३ सय ९४ मतदाता रहेकामा कुल ७ हजार ७ सय ६७ मत खसेको थियो। त्यसमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन। उनकी निकटतम प्रतिस्पर्धी अनिता गुरुंगले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी छन।

अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यहरुमा

  1. दिपक कार्की
  2. सुपेन्द्र घिसिङ्
  3. नर बहादुर थापा
  4. लक्ष्मण बानिया
  5. श्रवण कुमार सत्याल
  6. रोविन प्रसाद शेरचन

एनसीसीको निर्वाचित कार्यसमिति

  1. अध्यक्ष -शिव प्रसाद पौडेल
  2. बरिष्ठ उपाध्यक्ष -नविन निउरे
  3. उपाध्यक्ष महेश कुमार कटवाल
  4. उपाध्यक्ष राम थापा (अनिल)
  5. उपाध्यक्ष राज कुमार अधिकारी
  6. उपाध्यक्ष राम कृष्ण श्रेष्ठ
  7. महिला उपाध्यक्ष संगीता अधिकारी सुबेदी
  8. महासचिव-सिद्धार्थ श्रेष्ठ
  9. सचिब श्याम शीतल श्रेष्ठ
  10. सचिव देवराज उप्रेती
  11. कोषाध्यक्ष-कृष्ण गैरे शर्मा
  12. युवा संयोजक-राकेश लामा
  13. सदस्य प्रकाश लामिछाने
  14. सदस्य राजु भण्डारी (सुनिल)
  15. सदस्य भीमसेन राय (भीम रायमझी)
  16. सदस्य दिलीप कडेल
  17. सदस्य मोहन सिंह मडै
  18. सदस्य चन्द्र कुमारी के सी
  19. सदस्य लक्ष्मी के सी महर्जन