-एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा अनलाइन अडियो-भिडियोबाट गरिने योजना

एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा अनलाइन अडियो-भिडियोबाट गरिने योजना

Hollywood Khabar May 12,2020 Comments

मितिः मे १३, २०२०

बिज्ञप्ति

आदरणीय सदस्य ज्यू,

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका

हार्दिक नमस्कार,

गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाकाे प्रत्येक वर्ष साधारण सभा हुँदै आएको कुरा विदित नै छ। यसै सन्दर्भमा आउँदो जुलाई ४ र ५, २०२० मा कोलोराडो राज्यमा नवौं साधारण सभा गर्ने निर्णय गरी तयारी अघि बढिरहेको अवस्थामा विश्वभर देखा परेको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण र यसका कारण सिर्जित हुन आएको समस्याले श–शरीर भौतिक सहभागिता सहितको साधारण सभा गर्न सक्ने अवस्था नरहेको यहांहरूलाई अबगत नै छ ।

विश्वभर महामारीको रूप लिएको कोभिड–१९ माथि नियन्त्रण कहिले हुन सक्छ भन्ने यकिन समेत गर्न विश्वले सकिरहेको छैन। मानव जीवन नै तहस नहस पारेको र विश्वकै अर्थतन्त्रलाई धुमिल गरिदिएको यो कोभिड–१९ को सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्नु एक मात्र विकल्प रहेको कुरामा अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरूले जोड दिइरहेका छन।

यस बिषम परिस्थितिमा हाम्रा सदस्यहरूको स्वास्थ्य संवेदनशीलतालाई समेत दृष्टिगत गर्दा सङ्घको जुलाईमा तय गरिएको साधारण सभा भौतिक रूपमा सहभागिता सहितको हुन सक्ने अवस्था नदेखिएको वर्तमान परिप्रेक्ष्यमा प्रविधिको उच्चतम प्रयोगलाई ग्राह्यता दिएर अनलाइन (भिडियो वा अडियो) मार्फत साधारण सभा गर्नु उपयुक्त हुन सक्छ भन्ने विषयमा विभिन्न प्राबिधिज्ञहरूसँग छलफल भइरहेको र हाम्रो प्राविधिक टिमले त्यसका लागि अनुसन्धान गरिरहेको कुरा यहाँहरू लाई जानकारी गराउन चाहन्छौँ। यस सम्बन्धमा बोर्डमा छलफल गरि यहांहरूलाई थप जानकरी गराउने छौं ।

भवदिय,

पशुपति पाण्डे

महासचिव

गैरआवासीय नेपाली सङ्घ, अमेरिका