-एनआरएनए एनसीसी अमेरिकाको सदस्यता वितरण र नविकरण कार्यमा तिव्रता

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता वितरण र नविकरण कार्यमा तिव्रता

Hollywood Khabar January 29,2021 Comments

सरस्वती शर्मा (सरु), विस्कन्सिन, अमेरिका, जनवरी २९, २०२१

गैरआवासीय नेपाली संघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले अहिले सदस्यता वितरण तथा नविकरण कार्यलाई तिव्रता दिएको छ।

आउदै गरेको राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि एनआरएनए एनसीसी अमेरिकाले मेम्बरसिप ड्राइभ कमिटिनै गठन गरी यस कार्यलाई तिब्रता दिएको हो।यस्को उद्धेश्य अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुलाई बैधानिक सदस्यको रुपमा एकबद्ध गर्नु हो।

यस्तै अमेरिकामा नेपालीको पहिचान बनाउन सदस्यता संख्याको मुख्य भुमिका रहने गर्दछ भने नेपालीलाई कुनै कठिनाई आइ परेको खण्डमा सदस्यता लिएको व्यक्तिको हकमा अधिकार तथा सुबिधाको उपभोग गर्न पनि यस किसिमको सदस्यता दर्ताले मुख्य भुमिका खेल्ने भएकाले सबै सदस्यता लिन एनआरएनए एनसीसी अमेरिकाले सम्पूर्ण नेपाली समुदायलाइ आग्रह गरेको हो।

जनवरी २८, २०२१ को सम्मको तथ्याङ्क अनुसार २०२१-२०२३ का लागि ३ हजार १ सय ७० जनाले साधारण सदस्यता लिएका छन्। १२ सय २० जना आजिवन सदस्य बनेका छन्। गत कार्यकालमा ९ हजार भन्दा धेरै सदस्य रहेको एनआरएनए एनसीसी अमेरिकाको सदस्यता यो पटक त्यो रुपमा गएको छैन। नविकरण वा दर्ताका लागि फेब्रवरी १५, २०२१ सम्म म्याद तोकिएको छ। यस अबधिमा करिव ५ हजारले सदस्यता लिनु वा नविकरण गर्नुले अझै सक्रियता लिनुपर्ने देखिइएको कुरा संघका पदाधिकारीहरुले जनाउनु भएको छ। एनआरएनए एनसीसी अमेरिका उपाध्यक्ष बुद्दि सुबेदीको सँयोजकत्वमा ३१ सदस्य मेम्बरसिप ड्राइभ कमिटी गठन गरी सदस्यता दर्ताका लागि कार्यक्रम तथा प्रचार प्रसारमा तिब्रता ल्याइएको छ।

कमिटिका संयोजक सुबेदी भन्नुहुन्छ, हामी प्रचार-प्रसारका लागि रातदिन भर्चुअल, फोन, सामाजिक संजाल लगायतका कार्यक्रम गरेर द्रुत गतिमा गएका छौं। थुप्रै ठाउँमा भ्रमण पनि गरिएको छ। सबै राज्य च्याप्टरसँग समन्वय गरिएको छ। सदस्यता दर्ताको प्रकियाको बारेमा सचेत गराइ रहेकाछौ। हाम्रो कार्य जारि छ। आजकल सदस्यता लिने गति झन बढेर गएको छ। अब फेब्रुवरी १५, २०२१ सम्ममा यो भन्दा दोब्बर भन्दा पनि धेरै सदस्यता लिनु हुनेछ भन्नेमा हाम्रो टिम बिश्वस्त छ। यसपटक एनआरएनले धरै कामहरु गरेको छ। धेरै युवा तथा महिला साथीहरु सक्रिय हुुनु भएको छ। एनआरएनको आवाश्यक्ता बुझ्नु भएको छ। त्यसकारण उहाहरुको सहभागिता धेरै हुने आशा गर्न सकिन्छ। हाम्रो चाहाना पनि त्यहिनै हो।

यस्तै आगामी कार्यकालका लागि युवा तथा महिलाको सहभागिता र नेतृत्वका लागि महिलाहरुको संख्या अग्रसर रहेको पाउन सकिन्छ भन्नुहुन्छ एनआरएनए एनसीसी अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेत।

यस्तै एनसीसी अमेरकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे सहित कार्यसमितिका सबै जस्तो पदाधिकारी, सदस्य तथा दर्जनौं एनआरएनएहरुले सक्दो मेम्बरसिप ड्राइभको कार्यलाई अगाडि बढाएको देखिएको छ। यस्तै सामाजिक सँजालमा हेर्ने हो भने पनि यस बर्ष विगतका बर्षहरुमा भन्दा धेरै चहल-पहल र सकारात्मक टिप्पणिहरु देख्न सकिन्छ।

सदस्यता संख्या बृद्धिका तथा एनआरएनमा आवद्द हुनका लागि एनआरएन एनसीसी अमेरकाका अध्यक्ष सुनिल शाहले बिज्ञप्ती नै जारी गरेर आग्रह गर्नुभएको छ।

त्यसैले जतिसक्दो छिटो सदस्यता नविकरण वा दर्ता गरेर आगामी नेतृत्वमा सबल र नेपालीको सारथी बन्न सक्ने नेतृत्वलाई छनौट गर्न एनआरएनए एनसीसी अमेरिकाले आग्रह गरेको छ।