-गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

Hollywood Khabar August 14,2021 Comments

विज्ञप्ति

ध्यान आकृष्ट भएको बारे

गैरआवासीय नेपाली संघ अमेरिकाबाट अन्तर्राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनमा भाग लिने २५ प्रतिशत प्रतिनिधि चयनका लागि अगष्ट १३ तारिख साँझ ५ बजे पुर्विय समयमा नै निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेको यहाँहरूलाई अवगतै छ।

तर कतिपय व्यक्ति र समूहले गैरआवासीय नेपाली सङ्घ अमेरिकाको लोगो र केही डेकुमेन्टहरु नियतवश तोडमोड गरी प्रतिनिधि चयनका लागि निर्वाचन गर्न लागिएको भन्दै भ्रम छर्न प्रचार प्रसारमा प्रयोग गरिएको पाइएको छ । यस प्रति हाम्रो ध्यान आकृष्ट भएको छ।

अनधिकृत रूपमा संस्थाको लोगो राखेर सदस्यहरूको डाटा र सूचनाहरू सङ्कलन गर्ने क्रियाकलापलाई हामीले गम्भीर रूपमा लिएका छौँ।यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै व्यक्ति र पक्षहरूलाई हामी समयमै सचेत गराउन चाहन्छौँ। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कुनै पनि व्यक्ति र समूहलाई यस्ता काम गर्ने र गराउने अख्तियारी दिइएको छैन। संस्थाको विरुद्ध अवैध रूपमा गरिएका यस्ता क्रियाकलापको भ्रममा नपर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन आम सदस्यहरूलाई आह्वान गर्दछौँ।

अन्जन कुमार चौलागाई्

महासचिव, गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका

मिति ०८–१३–२०२१