-NRNA NCC USA Official LOGO

NRNA:एनआरएनए एनसीसी अमेरिकाले संस्थाका प्रमुखहरुको सम्मेलन गर्ने

Hollywood Khabar August 02,2019 Comments

कृष्ण के सी/अमेरिका/८/३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको मध्ये पश्चिम क्षेत्रका उपाध्यक्षले संस्थाका प्रमुखहरुको सम्मेलनको आयोजना गरेका छन्।

एनआरएनए एनसीसी अमेरिकाका मध्ये पश्चिम क्षेत्रका क्षेत्रीय उपाध्यक्ष बुद्धि सुवेदीले हलिउडखबरलाइ दिएको जानकारी अनुसार यहि अगस्ट २४, २०१९ का दिन कन्साससिटी Kansas मा सो सम्मेलन हुन लागेको हो। एनआरएनए एनसीसी अमेरिकाको आयोजनामा हुने सो सम्मेलनमा क्षेत्र भरिका राज्यहरुका संस्थाका प्रमुखहरुको क्षेत्रीय सम्मेलन/भेला हुन लागेको हो।

सो क्षेत्रका नेपाली मुलका संघ-संस्थाका प्रमुखहरु कार्यक्रममा सहभागी हुनेछन। यति मात्र होइन अमेरिका भरिका सामाजिक अभियन्ता र सँस्थाका नेतृत्व वर्गलाई सेमत निमन्त्रणा गरिएको कुरा उपाध्यक्ष सुवेदीले जानकारी गराए।

यो भेलाको उद्देश्य एनआरएन र स्थानिय संघ-संस्थाबीच कसरी सम्वन्ध मजबुत बनाउने र नेपाली समुदायको लागि अझै धेरै काम गर्ने भन्ने हो। यसका साथै आगामी दिनमा स्थानिय तहमा कार्यक्रम गर्दा सहकार्यको लागि मार्गचित्र तयार समेत गर्ने हो, सुसेदीले भने।

यसका लागि मध्ये पश्चिम क्षेत्रका सवै राज्यका स्यानिय संघ-संस्थाका अध्यक्षहरुसंग सम्पर्क भईरहेको छ। सबै स्थानिय संघ संस्थाका पदाधिकारीलाई भाग लिन निमन्त्रणा गरिएको कुरा सुवेदीले बताएका छन्। यो सम्मेलन अमेरिकाको अरु क्षेत्रका लागि समेत मार्गदर्शन बन्न सक्छ भन्नेमा पनि आयोजक सुवेदीको विश्वास रहेको छ।