-एनआरएनए एनसीसी क्यानाडाको पंजीकृत सदस्य संख्या ४,२३४

एनआरएनए एनसीसी क्यानाडाको पंजीकृत सदस्य संख्या ४,२३४

Hollywood Khabar June 15,2021 Comments

हलिउडखबर, क्यानाडा, जुन १६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको २०२१-२०२३ कार्यकालको लागि पंजीकृत सदस्य संख्या ४ हजार २ सय ३४ जना पुगेको छ।

एनआरएनए एनसीसी क्यानाडाका महासचिव पिताम्बर भट्टराइका अनुसार सदस्यता लिने म्याद समाप्त भएको छ अब केहि सदस्य भेरिफ़ाइ गर्न बाँकी छ। ती सदस्य पनि तात्विक रुपमा ठुलो समस्या होइन केहि दिनमा नै अन्तिप संख्या सार्वजनिक गरिनेछ।

यो पटक ऐतिहासिक रुपमा क्यानाडाको इतिहासमा नै सबै भन्दा धेरै पंजीकृत सदस्य संख्या भएको छ। ४ हजार २ सय ३४ जनाले सदस्यताको लागि फर्म भरे। यो तापक ११०३ जना नयाँ सदस्य रहेका छन् भने बाँकी रिन्यू गर्नेहरु नै छन्। त्यसमध्ये २ हजार ८ सय २९ जना भेरिफ़ाइड छन्। ३०२ जना पेण्डिङ्गमा राखिएको छ। ७१५ जनाको निवेदन रिभ्यू गर्दै छ क्यानाडा।