NRNA NCC USA Official Seal

NRNA NCC USA को १० हजार डलर नेतासँगको फोटो पोष्ट गर्न खर्च ?

Hollywood Khabar September 15,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) ले आफ्नो बैठकबाट पारित गरेर केहि पदाधिकारीहरुलाई नेपाल जान र आउन, नेपालमा दारु-पानी समेत जोडेर खर्च गर्न १० हजार डलरको एडभान्स रकम दिएको जानकारी हलिउड खबरलाइ प्राप्त भएको छ।
NRNA NCC USA ले नेपालमा गैरआवासीय नेपालीहरुको नागरिकता संबन्धि लवी गर्न भनेर कार्य-समिति सदस्य संजय थापाको नेतृत्वमा नेपाल गएको टोलीलाइ सो रकम एडभान्सको रुपमा दिएको हो। उनीहरुले नेपालमा बिभिन्न नेताहरुको निवास पुगेर फोटो खिचेर आफ्नो फेसबुकमा पनि पोस्ट गरेका छन्। १० हजार डलरको भ्रमणको उपलब्धि के भयो त्यो भने कसैलाई पत्तो छैन। कार्यसमितिकै ९ जना जिम्मेवार व्यक्तिहरु नै सो एडभान्स रकमबाट असंतुष्ट छन्। 
सो बिषयमा के के खर्च गर्न पाउने र के के गर्न नपाउने भन्ने जस्ता कुराको जानकारी लिन राष्ट्रिय समन्वय परिषद अमेरिकाका कोषाध्यक्ष डा प्रकाश अर्यालसंग सम्पर्क गर्न गरिएको फोन सफल हुन सकेन। पेनी-पेनी जम्मा गरेर भरिएको कोषलाइ यसरी नेपाल भ्रमणमा बिना उपलब्धि फोटो खिचेर फेसबुकमा पोष्ट गर्न खर्च गर्न दिने कुराले सबैजना आश्चर्यमा परेका छन्। 
सो टोलीको नेतृत्व NCC USA का पूर्व अध्यक्ष तथा निवर्तमान आइसीसी सदस्य खगेन्द्र क्षेत्रीले गर्ने निर्णय गरिएको बताइन्छ।  तर खगेन्द्र क्षेत्री सो टोलीमा नभएको समेत जानकारी पाइएको छ।
उसो त २०१४ मा यो पङ्तिकार NRNA NCC USA को निर्वाचित मिडिया कोअर्डिनेटर हुँदा सोहि प्रकारको लवी NCC अमेरिकाले गरेको थियो। तर त्यो विल्कुलै फरक थियो। त्यो बेला तत्कालिन क्षेत्रीय उपसंयोजक सोनाम लामा, आइसीसी सदस्यहरु, एनसीसी टीम समेतको संयुक्त प्रयासले सो गरिएको  थियो।  

पहिलो कुरा त त्यो समयमा तत्कालिन संघका अध्यक्ष डा शेष घलेले अमेरिकालाइ नागरीकताको निरन्तरताको शेसनमा चेयर गर्न जिम्मा दिनुभएको थियो। तत्काल काठमाण्डौमा भएका हामी टिमैले मिलेर संबिधानको ड्राफ़्टिङ र समन्वय दुवै कमिटिका सभासदहरुलाई बोलाएर, सभामुखको प्रमुख आतिथ्यमा एउटा शेशन गरिएको थियो। त्यो कार्यक्रम सिँगो गैरआवासीय नेपाली संघको आफ्नै प्रयास, पहलमा र नेतृत्वमा भएको थियो। त्यो अर्थमा त्यो कार्यक्रमले ठूलो सपोर्ट गरेको थियो।

सँगै राती दिएको डिनरमा ४/५०० व्यक्तिहरुको उपस्थिति थियो। त्यो खर्च पनि धेरैजनाले खल्तीबाट हालेर चलाइएको हो। डिनर खुवाएर पनि ५ लाख (५ हजार डलर भन्दा कम) भन्दा कम खर्च भएको सो कार्यक्रमले ठूलो उपलब्धि दिएको थियो। 

तर ऐले यो १० हजार अमेरिकी डलर केवल नेताको घरमा पुगेर फोटो खोच्दै फेसबुकमा पोष्ट गर्नैका लागि हो त ? अनुमान त के हो भने फ्लाइट टिकेट, दारु-पानी र ब्रेकफास्ट, डिनर अनि लन्चको बिल १० हजार डलर भन्दा नागेर आउने छ। जवाफ देही को ?