-एनआरएनए एनसीसी अमेरिकाको १० औं बार्षिक साधारणसभा न्यूयोर्कमा हुने

एनआरएनए एनसीसी अमेरिकाको १० औं बार्षिक साधारणसभा न्यूयोर्कमा हुने

Hollywood Khabar May 20,2021 Comments

मे २०, २०२१

प्रेस बिज्ञप्ति:एनआरएनए एनसीसी अमेरीकाको २० औं कार्यकारी समितिको बैठकका निर्णयहरू;

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाको मे १६, २०२१ का दिन कार्यसमितिको बैठक बस्यो। बैठक गैरआवासीय नेपाली संघ अमेरीकाको आगामी १० औं बार्षिक साधारणसभामा तथा एनआरएनए एनसीसी अमेरीकाको भवन निर्माण सम्बन्धमा केन्द्रित रह्यो।आइतबार बसेको २० औं कार्यकारी बैठकले निम्न निर्णयहरू गरेको जानकारी गराउँदछौँ।

१. एनआरएनए एनसीसी अमेरीकाको भवन निर्माण सम्बन्धमा:

मे १६, २०२१ का दिन बसेको कार्यसमितिको बैठकले एनआरएनए एनसीसी अमेरीकाको भवन निर्माण गर्ने सम्बन्धमा निर्णय गर्‍यो। एनसीसी युएसएको आसन्न निर्वाचनमा उठेको सदस्यता शुल्क बापतको रकम मध्ये निर्वाचन प्रयोजनको लागी हुने खर्च कटाएर बॅाकी रकम बचेको सम्पूर्ण रकम एनआरएनए एनसीसी अमेरीकाको भवन निर्माण कोषमा जम्मा गर्ने निर्णय गर्‍यो। साथै एनआरएनए एनसीसी अमेरीकाले बिगतमा लाप्राक नमुना बस्ती र आईसीसी केन्द्रिय कार्यालय भवन निर्माण गर्ने बखतमा सदस्यता शुल्क बापत उठेको सम्पूर्ण रकम आईसीसीलाई पठाएको थियो र यस पटक एनआरएनए एनसीसी अमेरीकाले आफ्नो केन्द्रिय कार्यालय भवन बनाउन लागेको हुनाले आईसीसीले हरेक सदस्यता बापत लिने ५ डलर सदस्यता शुल्क नलिईदिनहुन आईसीसीलाई अनुरोध गर्ने निर्णय गरियो ।

२. एनआरएनए एनसीसी अमेरीकाको १० औं बार्षिक साधारण सभा सम्बन्धमा:

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीकाको १० औं बार्षिक साधारणसभा आगामी जुलाई ३ र ४, २०२१ मा न्यूयोर्कमा सम्पन्न गर्ने निर्णय गरियो। सो साधारण सभा सम्पन्न गर्नको लागी निम्न पदाधिकारीहरू रहने गरी एक आयोजक कमिटी गठन गर्ने निर्णय गरियो।

  • उपाध्यक्ष बी. आर. लामा: कन्भेनर
  • युवा संयोजक बिनोद रूवाली: को-कन्भेनर
  • पुर्ब क्षेत्रिय समिति सभापति सञ्जीव श्रेस्ठः को-कन्भेनर
  • न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी: को-कन्भेनर

३. सिमा विवाद अध्ययन समितिलाई धन्यवाद ज्ञापन: नेपाल र भारत बिचमा रहेको सीमा विवादको विषयमा वास्तविक सत्य तथ्यहरू अध्ययन गर्न एनआरएनए एनसीसी अमेरीकाले गठन गरेको सिमा विवाद अध्ययन समितिको प्रतिवेदन बुझ्दै बोर्डले सो समितिका अध्यक्ष डा केशव भट्टराई र सदस्य द्वय डा. उपेन्द्र बहादुर बम र डा. सनम अक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो। नेपाल-भारत बिचको सिमा विवादको बारेमा बोर्ड पदाधिकारीहरूले राख्नु भएको जिज्ञासाको जवाफ कमिटीका विषयगत विशेषज्ञहरूले दिनुभयो। उक्त कमिटीले तैयार पारेको रिपोर्टलाई अध्ययन पश्चात् एक हप्ता भित्र सार्वजनिक गरिनेछ।

भवदीय,

पशुपति पाण्डे

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरीका