-एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय महिला सम्मेलन सेप्टेम्बर २६ मा

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय महिला सम्मेलन सेप्टेम्बर २६ मा

Hollywood Khabar August 14,2020 Comments

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले आउने सेप्टेम्बर २६, २०२० शनिबार राष्ट्रीय महिला भेला भएको छ।

पहिलो पटक आयोजना गर्न लागिएको महिला भेला कार्यक्रमलाई ऐतिहासिक रुपले सम्पन्न गराउन एनआरएनए एनसीसी अमेरिकाकी महिला संयोजक दिक्षा बस्नेतले अनुरोध गरेकी छन्। पहिलो पटक आयोजित महिला भेलाले थुप्रै बिषयहरुमा चरणबद्द छलफल र आवश्यक निर्णय समेत गरिनेछ।

जुम प्रबिधिबाट गरिने राष्ट्रिय महिला भेला २०२० मा महिलाहरुका गहन मुद्दाहरु उठान हुने छन्। यसबाहेक बिभिन्न बिषयहरुमा कार्यपत्रहरु समेत प्रस्तुत गरी गरिने कुरा संयोजक बस्नेतले जानकारी दिईन।