-Suneel Sah, President, NRNA NCC USA, 2019-2021

एनआरएनए एनसीसी अमेरिका सबैभन्दा ठूलो एनसीसी हुँदै, ५० मध्य २५ राज्यमा च्याप्टर बन्दै

Hollywood Khabar February 11,2021 Comments

कृष्ण के सी, फेब्रवरी ११, २०२१

गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्य संख्या १२ हजार भन्दा माथि पुगेको। ५० मध्य २५ राज्यमा राज्य च्याप्टर गठन हुने अवस्था बनेको छ।

एनआरएनए एनसीसी अमेरिका गैरआवासीय नेपाली संघको इतिहासमा २०१५-२०१७ कार्यकालमा संसारकै सबै भन्दा धेरै पंजीकृत सदस्य भएर ठूलो एनसीसी भएको थियो। यो पटक पनि २०२१-२०२३ कार्यकालको लागि एनआरएनए एनसीसी अमेरिकाको सदस्य संख्या १५ हजार भन्दा धेरै पुगेर अर्को इतिहास रेकर्ड गर्न सफल हुने भएको छ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साहले यो पटक सदस्यता बढेको गति हेर्दा बिगतमा रहेका २० राज्य च्याप्टरबाट ३० राज्य च्याप्टर पनि पुग्न सक्ने अनुमान गर्नुभएको छ। तर ५ राज्य च्याप्टर भने पक्कै थपिने भएका छन्। १०० पंजीकृत सदस्य पुगेपछि बिधान अनुसार राज्य च्याप्टर बन्न सक्ने बैधानिक ब्यबस्था रहेको छ। नयाँ थपिने राज्य च्याप्टरहरुमा पेन्सलभेनिया, टेनेसी, जर्जिया, मिसिगन र ओहायो रहेका छन्।

स्मरणीय कुरा, एनआरएनए एनसीसी अमेरिका टेनेसी राज्यमा सामाजिक सँस्थाको रुपमा दर्ता भएको हो। हाल दैनिक १००० को संख्यामा सदस्य बन्ने क्रम बढेको छ। यो गति बढ्दो रहेको छ। फेब्रवरी १५, २०२१ सम्म सदस्य बन्ने अन्तिम दिन हो। त्यसपछि सदस्य बन्न मिलेता पनि त्यो अबधिपछि बनेका सदस्य २०२३-२०२५ कार्यकालका लागि मात्र भ्यालिड हुनेछन। हालसम्म १८ सय भन्दा धेरै त आजीवन सदस्य नै बनेका छन्।