https://www.youtube.com/embed/xdBnsikJd_M

-एनआरएनए एनसीसी अमेरिकाको सदस्यता विस्तारबारे वर्तमान देखि संस्थापक अध्यक्षहरुसँग बहस

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता विस्तारबारे वर्तमान देखि संस्थापक अध्यक्षहरुसँग बहस

Hollywood Khabar February 04,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी ४, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्यता विस्तारबारे वर्तमान देखि संस्थापक अध्यक्षहरुसँग बहस सम्पन्न भयो।

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता नवीकरण, बितरण, बिस्तार तथा पछिल्लो समयको अपडेट अनि विवादका बिषयबारे बहसको आयोजना गरिएको थियो। फेब्रवरी ४, २०२१ बिहिबार, न्यूयोर्क समय साँझ ७:०० देखि सुरु भएको बहसमा वर्तमान अध्यक्ष सुनील साह, निवर्तमान अध्यक्ष डा केशब पौडेल, पूर्व अध्यक्षहरु शिव राइ, प्रल्हाद के सी र सुमन तिम्सिना उपस्थित हुनुहुन्थ्यो। पूर्व अध्यक्ष खगेन्द्र जिसी उपस्थित हुन सक्नु भएन।

बहसमा एनसीसीका विगत देखि हालका समस्या, विवाद देखि प्राविधिक समस्या, डाटा सुरक्षा, सदस्यताको विस्तारमा विगत देखि वर्तमान सम्मको छोटो समिक्षा लगायत अन्य थुप्रै कुराहरुमा पैरवी भएका थिए।