NRNA अध्यक्ष डा घलेद्धारा निर्वाचित प्रधानमन्त्री देउबालाई बधाई ज्ञापन

Hollywood Khabar June 06,2017 Comments

शुभकामना ! 

नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा संघिय गणतन्त्र नेपालको ४० औँ प्रधानमन्त्री चयन हुनु भएकोमा गैर आवासीय नेपाली संघ हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछ।

देश संबिधान कार्यन्वयनको दिशामा अगाडी बढ्दै पहिलो चरणको स्थानीय निर्बाचन सम्पन्न भई सकेको अवस्थामा नबनिर्बाचित प्रधानमन्त्रीको आगमनसँगै दोश्रो चरणको निर्बाचन, प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन सम्पन्न गरी संबिधान कार्यान्वयनको प्रकृयामा महत्वपूर्ण उपलब्धि हाँसिल हुने हामीले बिश्वास लिएका छौं।

दुई बर्ष अगाडी आएको महाभूकम्पबाट अझै लाखौं परिवार अस्थायी टहरोमा बिताउन बाध्य भएको यो परिस्थीतिमा उहाँको प्राथमिकता राष्ट्रिय पुनःनिर्माण अभियान हुनेछ भन्ने हामी आशाबादी छौं।

बिगतमा जस्तै गैरआवासीय नेपाली संघले प्रधानमन्त्री श्री देउवाको कार्यकालमा नेपालको सम्बृद्धि तथा पुनःनिर्माणमा सक्रियतापूर्वक सहयोग गर्दै सहभागीता जनाउने प्रतिबद्धता जनाउन चाहान्छौं।

२०७४ माघ अगाडी नै दुवै निर्वाचन सम्पन्न गर्ने र मुलुकलाई स्थायित्व दिने सन्दर्भमा प्रधानमन्त्री देउवाको सफलतामै मुलुकको सफलता निर्भर रहेको स्मरण गर्दै प्रधानमन्त्री श्री देउवालाई उहांको कार्यकाल पूर्ण सफलताका लागिमेरो ब्यक्तिगत तथा संस्थाको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछु।

डा. शेष घले

अध्यक्ष,

अन्तर्राष्ट्रिय समन्वय परिषद, गैर आवासीय नेपाली संघ