-Roshan Thapa, NRNA Regional Coordinator, Affrica

एनआरएनए महासचिव डा शर्माका जिज्ञासा माथि आरसी थापाका प्रतिप्रश्न

Hollywood Khabar August 28,2020 Comments

गैरआवासीय नेपाली संघका महासचिब डा हेमराज शर्माको पछिल्लो अभिव्यक्ति प्रति संघका अफ्रिका क्षेत्रका क्षेत्रीय संयोजक रोशन थापाले दर्जन भन्दा धेरै प्रशंन उठाउनु भएको छ। आरसी थापाले हलिउडखबरको लागि पठाउनु भएका प्रश्नहरु यहाँ दुरुस्त रुपमा पोष्ट गरिएको छ।

महासचिव डा हेम राज शर्मा ज्यूको अगाडी उभिएका प्रश्नमा मेरो धारणा राखेको छु:

१) स्थापना भएको १७ वर्ष सम्म पनि किन एनआरएनए आम गैरआवासीय नेपाली बिच पुग्न सकेको छैन ? ६० लाख नेपाली बाहिर छन् भन्ने मान्ने हो भने जम्मा १.२५% गैरआवासीय नेपालीहरु मात्र संघका पञ्जिकृत सदस्य छन् ? यी मघ्ये कतीजना स्वस्फुर्त सदस्य बनेका छन् ? सदस्य बनाउन उम्मेदवारहरुको पकेट कति रित्तिन्छ ? एकेडेमिक क्षेत्रका गैरआवासीय नेपालीहरुले किन एनआरएनबाट टाढा छन्? खाडीको नेपालीले किन एनआरएन भएको महसुस गर्दैन ?

मेरो धारणा

सीमित श्रोत र साधनका बावजूद आज ८३ देशमा हाम्रो संस्था बिस्तार हुन पगेको छ। अझै फैलिने क्रम चलिरहेको कुरा यहाँलाई अवगत नै छ। हाम्रो बिधानको परिच्छेद-४ को ७.१ अनुसार सबै ६० लाख हाम्रो साधारण सदस्य हुन्, परिच्छेद-४ को ७.२ अनुसार पञ्जिकृत सदस्य जो क्रियाशील रूपमा संघका हरेक गतिबिधिमा सक्रिय छन, जो आगामी दिनमा हाम्रो सत्कर्मले बढ्दै जानेकुरामा दुई मत नहोला।

स्वस्फुर्त सदस्य बन्ने कुरा ब्यक्तिगत चाहना र स्वतन्त्रताका कुरा हुन् भने सदस्य बनाउन उम्मेदवारहरुको पकेट कति रित्तिन्छ भन्ने कुरा सम्बधित ब्यक्तिको ब्यक्तिगत स्वार्थको कुरा हुन् जो किन भई राखेको छ। हामी सबैलाई अवगत नै छ, यही बिधान भित्रैबाट जुन समस्यको निराकरण सम्भब छ।

एकेडेमिक क्षेत्रका गैरआवासीय नेपालीहरु किन टाढा छन भन्ने कुरा बिधानको परिच्छेद-३ अनुसार यो गैरनाफा मूलक सामाजिक संस्थाको, यहा जो कोहीलाई पनि हामी भित्रि मनबाट स्वागत गर्न सधै आतुर छौ। गैरनाफा मूलक सामाजिक संस्थामा आबद्ध हुने वा नहुने कुरा ब्यक्तिगत इच्छाका बिषय हो जस्तो लाग्छ। एकेडेमिक क्षेत्रका ब्यक्तिको आवश्यकता र अपरिहार्यतालाई महसूस गरेर नै यहाँ जस्तो बिज्ञानका विद्यावारिधिलाई हामीले अघिल्लो चुनाबमा बिजयी गराएको कुरा धाम जस्तै छर्लंगै छ।

२) संघमा दोश्रो पुस्ताका गैरआवासीय नेपालीको सहभागिता किन शुन्य छ ? महिला र युवाको सहभागिता किन नगन्य छ?

मेरो धारणा:

दोश्रो पुस्ताका गैरआवासीय नेपालीलाई जोढ़ने अभियान एसिया प्यासिफिकको साथीहरूको अगुवाईमा सुरुभई सकेको कुरा यहालाई अवगत नै छl महिला र युवाको सहभागिता समानुपातिक हिसाबमा हेर्ने हो भने त्यती निराशजनक छ जस्तो लाग्दैनl हालको कार्यसमितिमा महिला र युवा जति सकृय अन्य बिभाग नै छैनन।

३) एनआरएनएको नेतृत्वमा पुग्न किन व्यवसाही हुनु पर्छ, एकेडेमिक वा पेशागत व्यक्ती किन पुग्न सक्दैनन् ?

मेरो धारणा:

गैरनाफा मूलक सामाजिक संस्थामा आबद्ध भएर नेतृत्वमा पुग्न लागी समय र श्रोत आफैले जुटाउनु पर्छ ।ब्यक्तिगत लाभ नपाइने तथा ब्यक्तिगत समयको अभाब पनि एउटा कारण हो जस्तो लाग्छ।चर्को उमेद्वारी शुल्कलाई हटाउने हो भने यो समस्या केही हदसम्म समाधान हुन्छ जस्तो लाग्छ।

४) संघमा राजनिति र पैसा किन हावी छ ? निर्वाचनमा किन राजनितिक दलका नेताहरुले हायत होटलमा अड्डा जमाउछन् ? केन्द्रिय निर्वाचनमा कतिको पकेट भरिन्छ? एनआरएनमा दशौं वर्ष योगदान गरेर उम्मेदरबार बनेका (कुनै दलको चौवन्नी सदस्य नलिएका) कुमार पन्त र कुल आचार्यलाई यो वा त्यो दलको बिल्ला भिराएर हराउने वा जिताउने खेल किन खेलिन्छ ?

मेरो धारणा:

हामी नेपालीहरू जहा पुग्छौ त्यहा राजनीति पनि संगै लिएर गएका हुन्छौ l जहिले सम्म हामी संघको उदेश्यहरूलाई केन्द्र बिन्दुमा नराखेर ब्यक्तिगत स्वार्थलाई अगाडी राखछौ यस्ता समस्याहरू आइरहनछन l जब बिचार र भिजन ले चुनाब जित्न नसकिने भयो भन्ने लाग्छ अनी पैसा र पावरको दुरुपयोग हुने हो।

५) नेपाल सरकारलाई सभ्यताको पाठ सिकाउने हामीलाई हायत होटलमा किन लाठी बर्साउनु पर्छ ?

मेरो धारणा:

यो कुरा बिगतको नेतृत्वको ब्याबस्थापकिय कमजोरी हो ।

६) सम्माननीय प्रधानमन्त्रीज्यू एनआरएन विश्व सम्मेलनमा अनुपस्थित हुनु पर्ने स्थिति किन आउछ ?

मेरो धारणा:

हाम्रो अशक्षम निर्बाचन कमिटीको गल्ती ले गर्दा भएको हो यसको दोष अरुलाई लगाऊनु भनेको २/३ दिन सम्म पनि घाम र पानीको प्रवाह नगरी मतदान गर्न बसेका साथी हरू प्रति धोर अन्याय हुनेछ।

७) राष्ट्रिय समन्वय परिषद्मा लास उठाउने देखि गैरआवासीय नेपालीहरुको शुख दुखमा साथ दिने पदाधिकारीहरु (नेपाल जान नसकै कारणले) किन केन्द्रिय चुनावमा भाग लिनबाट बञ्चित हुन्छन् ?

मेरो धारणा:

नेपालीहरुको शुख दुखमा साथ दिने पदाधिकारीहरुलाई हृदय देखीनै नमन गर्दै सबैलाई उपयुक्त हुने दिन र समय एकै दिन नपर्न पनि सक्छ। चुनाबमा भाग लिन नपाएकै कारणले हामीले गर्ने सामाजिक कार्यलाई बाधा पुर्याउछ जस्तो लाग्दैन।

८) प्रविधीको जमानामा बोरामा सदस्यता फाराम उठाएर ग्यारेजमा थन्काउने परिस्थिति किन बन्छ ? काठमाडौंमा मतदाता परिचयपत्र प्राप्त गर्न र मतदान गर्न किन घण्टौं लाईनमा बस्नु पर्छ?

मेरो धारणा:

नेतृत्वको ब्याबस्थापकिय कमजोरीका कुराहरू हुन् । प्रविधीको उच्चतम प्रयोगबाट बिगतका कमजोरीलाई हटाऊन सकिन्छ।

९) खाडीमा प्रत्येक दिन दुई नेपालीको मृत्यु हुदा हामी किन मुखदर्शक छौं ? स्वदेश फर्केका नेपालीहरुको सिप किन सदुपयोग हुन सकेको छैन ?

१०) खाडीका कामदारले बचाएको थोरै पैसा लगानी गर्ने वातावरण किन बन्न सकेको छैन?

मेरो धारणा:

यस्ता साजाजिक कार्य हाम्रो खाडीमा रहेका संघका साथीहरू सीमित श्रोतका बीच दिन र रात नभनि खट्टीराखनु भएका साथीहरू प्रतिको अन्याय हो। र प्रश्न न ९ र १० को काम गर्न लाई अहिलेको बिधान र नियमावली ले कही पनि अवरोध गरेको छ जस्तो लाग्दैन। यदि भए छलफल गर्न सकिन्छ।

११) नेपालमा भूकम्प, बाढी पहिरो जस्ता दैंवी प्रकोपमा सहयोगका लागि संघका पदाधिकारीको पकेटमा मात्र किन भरपर्नु परेको छ ?

मेरो धारणा:

यहालाई स्मरण रहोस, नेपाललाई सारो गारो पर्दा हाम्रा साथी ले मठी खोलेर सहयोग गर्नु भएको यथार्थलाई छायामा पारेर सबै संघका पदाधिकारीको पकेट बाट मात्र भयो भन्नु दिउसै रात पार्नु हो।

१२) ग्लोवल वार्मिङ्ले नेपाललाई पारेको समस्या, सिमा विवादलाई किन अन्तर्राष्ट्रिय करण गर्न सक्दैनौ ?

मेरो धारणा:

मलाई जहासम्म लाग्छ गैर नाफा मूलक सामाजिक संस्थाको उदेश्य बाहिरको कुरा हुन्।यदि गर्ने नै भए हाम्रो बिधानको परिच्छेद-३ लाई सम्सोधन गरौ।

१३) डा उपेन्द्र महतोले देख्नु भएको संमृद्द नेपाल बनाउने सपना र डा शेष घलेले United Nation of Nepalese बनाउने सपना साकार बनाउन सकौला ? राजनिति र पैसाबाट एनआरएनए खुला रुपमा बलत्कृत हुदा ‘द्रोपतीको चिरहरणमा भिष्म पितामह र गुरु द्रोण जस्तै’ किन विवस छन् पुर्व अध्यक्षहरु ? एनआरएनएको अस्तित्व माथी प्रश्न खडा हुदा अभियन्ताहरुलाई किन पोल्दैन ?

मेरो धारणा:

यी कुरामा कसैको पनि दुई मत नहोला। कसकसले राजनिति र पैसाबाट एनआरएनए खुला रुपमा बलत्कार गर्यो?यस्को उतर खोजौ।गर्ने मान्छे खोजौ। पुर्व अध्यक्षहरुलाई हामी संग जोड्ने ब्यवस्था मिलाउनस यति गर्नलाई बिधानलाई समशोधन गर्न पर्दैन।

यी सबै प्रश्नहरुको एउटै उत्तरको खोजीमा हामीले आमुल परिवर्तनको एजेण्डा अगाडी सारेका छौ (सदस्यता देखी निर्वाचन पद्दती सम्म) । आउने चुनौतीमा खुला छलफल गरौं, तर परिवर्तनका लागि खुट्टा नकमाउँ साथीहरु। हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले हुन्छ परिवर्तन ?

मेरो धारणा:

निशुल्क सदस्यतालाई संजीबनि बूटी जसरी प्रस्तुत गरिन्नदै छ जुन सरासर गलत छ।मैले कुरा गरेका अधिकाश साथीहरूले यस्को बिरोध गर्नु भएको अवस्था छ।परिवर्तन गर्नु पर्छ तर केका लागी ? सदस्यता शुल्कले हाम्रो परिवर्तनमा कहा बाधा पूर्यायो? राष्ट्रिय समन्वय परिषदलाई अझ बढी स्वायत, अझ बढी अधिकार सम्पन्न बनाऊने हो।

निशुल्क सदस्यता हुने ,सदस्यहरूको सम्पूर्ण विबरण केन्द्रले राखने, चुनाब अनलाइन भोटिंग बाट हुने हो भने राष्ट्रिय समन्वय परिषदको काम ताली बझाऊने मात्र नहोला भन्न सकिन्न।

रोशन थापा

अफ्रिका क्षेत्रिय संयोजक

जाम्बिया

अगष्ट २९, २०२०