-Uma Karki Thapa

एनआरएनए अमेरिकाज क्षेत्रीय बैठक: महिला फोरमबारे

Hollywood Khabar September 01,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर ४, ५ र ६, २०२० मा हुने भएको छ। क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा हुने बैठकको आयोजक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा रहेको छ।

सो बैठकका विभिन्न फोरमहरु मध्य दोश्रो दिन महिलाहरुको बिषयलाइ समेटेर Opportunities, Challanges and Success Stories नामको फोरम आयोजना गरिएको छ। कार्यक्रम सेप्टेम्बर ५ का दिन बिहान १०:०० देखि १२:०० मध्यान्न (Eeastern Standard Time-EST) सम्म हुँदैछ।

बिभिन्न देशमा रहेका नेपाली महिलाहरुको सफलताका कथा, महिला नेतृव बिकास र सहभागिता अनि ब्यबसायिकताका सफल कारणहरु समेत फोरमबाट पहिचान गरिनेछ। फरक फरक पेशा र क्षेत्रमा सफल रहनु भएका महिलाहरुको सहभागिताले यसलाई झन् आकर्षक बनाउने छ।

भर्चुअल प्रबिधिमा हुने उक्त कार्यक्रममा उपस्थित भइदिनु हुनका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। उपस्थित हुनको लागि जुम लिकं पछि सार्वजनिक गरिनेछ।

उमा कार्की थापा

कार्यक्रम संयोजक तथा क्षेत्रीय महिला संयोजक

गैरआवासीय नेपाली संघ, अमेरिकाज

सेप्टेम्बर २, २०२०