https://www.youtube.com/embed/HfqMMtBU6dE

NRNA SKY FORUM WITH SR VP CANDIDATE GAJENDRA ARYAL

बरिष्ठ उपाध्यक्ष उम्मेदवार गजेन्द्र अर्यालसंग कुराकानी:NRNA SKY FORUM

Hollywood Khabar July 14,2017 Comments

Hollywood Khabar/NRNA SKY FORUM
स्याङ्जा जिल्लामा जन्मेर, ९० को दशक देखि अमेरिका आउनु भएका गजेन्द्र अर्याल हाल मेरिल्याण्ड राज्यमा बस्नुहुन्छ। अर्यालले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी हुनुहुन्छ।
गजेन्द्र अर्यालको पुर्खौली घर स्याङ्जा भएता पनि बानेश्वरमा हुर्कनु भएको हो। उसो त धेरैलाइ थाहा होला त्रि-चन्द्र कलेजको नेबिसंघको राजनति होस या नेपाली चर्चित पत्रिका “राष्ट्र पुकार” होस या टेलिभिजनको कार्यक्रम “चिन्तनमनन” को प्रस्तोताको कारणले होस अर्याललाइ धेरैले चिन्दछन।  
तत्कालिन संयुक्त राष्ट्रसंघका लागि राजदूत हृषिकेश शाह सँगको सहकार्यमा १९९२ मै अमेरिकामा मानव अधिकारको क्षेत्रमा समेत काम गर्नुभएको थियो। साथै सोही समयमा नेपालको रेडियोसंग पनि आफ्नो अपडेट गर्नुहुन्थ्यो।
ANS, NASEA जस्ता अमेरिकाका नेपालीहरुको सामाजीक संघ-संस्थाहरुमा समेत बिभिन्न रुपमा सहभागी भएर आएका अर्याल वर्तमान अवस्थामा भने NRNA अमेरिकामा आफु अभियन्ता हुनका लागि यो निर्वाचनमा बरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिनुभएको छ।
अर्यालसँग गरिएको NRNA SKY Forum