Hollywoodkhabar advertisement

एनआरएनए युकेको अध्यक्षमा गाहा जिताउँ अभियान त्रिब्र, तमुधीँ यूकेका अध्यक्ष हितकाजी गुरुङ

-एनआरएनए युकेको चुनावमा प्रेम गाहा जिताउँ अभियान त्रिब्र

लण्डन, अगष्ट १, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मा तमुधीँ यूकेका अध्यक्ष तथा प्रेम गाहा मगर जिताऔं अभियानका चुनाव प्रचार प्रसार समितिका संयोजक हितकाजी गुरुङले एनआरएनए एनसीसी यूकेको निर्वाचनका लागि अभियानका तर्फबाट सम्पूर्ण तयारी पूरा भएका छन् । राजधानी लण्डनसहित चार वटै राज्यमा विभिन्न माध्यमबाट चुनाव प्रचार प्रसार गरिएको र उत्साहजनक साथ तथा समर्थन प्राप्त भएको गुरुङले बताएका छन् ।

निर्वाचनको अघिल्लो दिन अभियानमा विभिन्न भूमिकासहित सहभागी अभियन्ताहरुका बीचमा पनि छलफल भएको छ । सदस्यता विस्तारदेखि चुनाव प्रचार प्रसारसम्मका सबै गतिविधिहरुमा अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगर र उनका एजेण्डामा सहमति जनाउने अन्य विभिन्न पदका उम्मेदवारहरुको पक्षमा व्यापक समर्थन देखिएको उनले बताएका छन् ।

प्रचार प्रसारको काम पूरा भएको र अब मतदानका लागि पन्जीकृत सदस्यहरुलाई सहयोग गर्न स्वयम् सेवकहरु तयारी अवस्थामा रहेको गुरुङले बताए । सहयोगका लागि पाँच सय स्वयम् सवेकहरु तयारी अवस्थामा छन्, उनले भने ।

गुरुङ अध्यक्ष रहेको तमु धीँ यूकेले २४ जुलाईमा मिडल्याण्डमा गोर्खाकप टुर्नामेन्टको आयोजना गरेको थियो । सो टुर्नामेन्टका लागि अध्यक्षका उम्मेदवार गाहा मगरले २१ सय १० पाउण्ड आर्थिक सहयोग उपलब्ध गराएका थिए भने खेलाडी र दर्शकका लागि १ हजार बोटल पिउने पानी उपलब्ध गराएका थिए ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----