-एनआरएनए युकेको निवर्तमान नेतृत्वले २ महिनामा पनि बझ्बुझारथ नगरेपछि प्रेस मिट

एनआरएनए युकेको निवर्तमान नेतृत्वले २ महिनामा पनि बझ्बुझारथ नगरेपछि प्रेस मिट

Hollywood Khabar September 29,2021 Comments

गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को निवर्तमान कार्यसमितिलाई तुरुन्त बुझबुझारथ गर्न अध्यक्ष प्रेम गाहामगरले सार्वजनिक रुपमा अपिल गरेका छन। आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई दुई महिनासम्म "ह्याण्डओभर" नगरेपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक अपिल गरेका हुन ।

बुधबार साँझ एनआरएनए युकेको तर्फबाट गरिएको जुम पत्रकार सम्मेलनमा अध्यक्ष गाहामगरले पटक पटक ह्याण्डओभरका लागि पुर्व अध्यक्ष पुनम गुरुङलाई अनुरोध गरिएको जानकारी गराए। पुनम दिदीलाई सहज तरिकाले ह्याण्डओभर गरिदिन अनुरोध गर्दछु, अध्यक्ष गाहामगरले पत्रकार सम्मेलनमा भने।

एनआरएनए युके कार्यसमितिको बैठकको निर्णय अनुसार २० अगष्टदेखि पुर्व अध्यक्ष पुनम गुरुङ, पुर्व महासचिव फडिन्द्र भट्टाराई र कोषाध्यक्ष तेजेन्द्र रोकालाई सामुहिक तथा पुर्व अध्यक्ष गुरुङलाई पटक पटक पत्राचार गरिरहेको छ। जवाफमा गुरुङले ह्याण्डओभरका लागि तयार रहेको जनाउ दिएपछि २० देखि २६ सेप्टेम्बरसम्म ह्याण्डओभरको समय मिलाउन अनुरोध गरेपनि त्यसपछि प्रतिउत्तर नपाएको अध्यक्ष गाहामगरले पत्रकार सम्मेलन मार्फत बेलायतस्थित नेपाली समुदायलाई जानकारी गराए ।

उपाध्यक्ष नारायण कंडेलले सहज रुपमा ह्याण्डओभर र टेक ओभरका लागि सहयोग गर्न पुर्व कार्यसमितिलाई आग्रह गरे। एनआरएनए प्रवक्ता भरतमणि चोङवाङले बुझबुझारथका बारेमा संस्थाले तयार गरेको विज्ञप्ती बाचन गरेका थिए ।

पत्रकार र कार्यसमितिका पदाधिकारीहरु सम्मिलित पत्रकार सम्मेलनको संचालन महासचिव खुशि लिम्बुले गरेका थिए। उक्त पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार भगीरथ योगी, नेपाल पत्रकार महासंघ युके अध्यक्ष बिपिन निरौला, पत्रकारहरु श्याम लुईटेल, ओम थापा काउचा, केशब भण्डारी र मन्दिप केसी, अमेरिकाबाट पत्रकार कृष्ण केसी तथा नेपालबाट पत्रकार अशोक अधिकारी लगायतको उपस्थित रहेको थियो।