NRNA Americas RC, Gouri Raj Joshi

NRNA:एमआइएस सिष्टममा नगए एनसीसी अमेरिकाको सदस्यता भ्यालिड हुँदैन-आरसी जोशी

Hollywood Khabar January 03,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ८० देशका राष्ट्रिय परिषदका पन्जिकृत सदस्यहरुलाई केन्द्रीय एमआइएस प्रणालीमा लैजाने निर्णय गरेको छ।

यो अबधारणा निवर्तमान अध्यक्ष डा शेष घलेको भिजन २०२० एण्ड बियोण्डको अवधारण अनुरुप तयार पारिएको एमआइएस सिष्टम हो। गत अधिवेशनमा केही राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) ले मात्र यसको प्रयोग गरेका थिए। तत्काल एनसीसी युके, अमेरिका र अष्ट्रेलियालाइ आधार मानेर पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको सो ब्यबस्थालाइ अमेरिका लगायत केही राष्ट्रिय परिषदले अटेर गर्दै मनौजी गरे।

यसैकारण, तत्काल आएर गैरआवासीय नेपाली संघले सबै ८० वटै राष्ट्रिय परिषदलाई केन्द्रिय एमआइएस प्रणालीमा अनिवार्य रुपमा लैजाने निर्णय गरेको हो। आगामी निर्वाचनमा सबै राष्ट्रिय परिषदका साधारण सदस्यको आवेदन अनिवार्य रुपमा एमआइएस प्रणालीबाट दिनुपर्ने नयाँ व्यवस्था गरिएको छ। संघको सदस्य बन्न चाहनेहरुले संघको अन्तराष्ट्रिय परिषदको एमआइएस सिष्टममा पासपोटको कपि सहित पेश गर्नुपर्ने प्रावधान राखिएको छ। अन्यथा सो सदस्यता डिभ्यालिड हुन्छ।

फेब्रवरी २०१९ पूर्व बनेका सबै एनसीसीका सदस्यहरु पनि सोहि अनुरुप पासपोर्टप्रति सहित माइगरेट नगरे मान्य नहुने कुरा त संघका महासचिव डा बद्रि के सीद्धारा गरिएको सर्कुलरमा नै उल्लेख छ। तर एनसीसी अमेरिकाको सदस्यता बिधानले दिएको निर्देशन पनि वेवास्ता गर्दै पासपोर्ट या कुनै आइडी बिना नै जो कोहि पनि ढुंगा-माटो पनि सदस्य बन्ने व्यवस्थामा अथवा आइसीसीको एमआइएस सिष्टममा नभए सदस्य नबन्दा नै उपयुक्त हुने देखिएको छ।

यसरी सदस्य बनाइएकोबारे एनसीसी अमेरिका कार्यसमितिबाटै बिरोध भएको छ। उनीहरुले कोड समेत नआउने र केहि पनि नहुने हु-बहु अघिल्लो पटक जस्तै दुष्प्रयास गरिएकोले सो को बिरोध गरेका छन्। एकजना सदस्यले भने आफू नै कार्यसमितिमा छु सदस्य नबन कसरी भनौ लौन बरु तपाइँले नै कुरा उठाइदिनु पर्यो- कि यो नै स्थितिमा सदस्य नबन्दा नै राम्रो।

संघका लागि अमेरिकाबाट अन्तराष्ट्रिय परिषद सदस्य सरला कंडेल, बेद राज बस्नेत र राजन त्रिपाठी तिनैजनाले आइसीसीको एमआइएस सिष्टम अनुसार नै हुनुपर्ने र त्यसका लागि आफूहरु दरो उत्रने कुरा बताएका छ्न।

त्यसैगरी संघको अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजक (DRC) नविन शेरचनसंग सम्पर्क हुन सकेन। तर पनि डिआर्सी शेरचनले पछिल्लो पटकको कुराकानीमा अमेरिकाको सुधारको लागि आइसीसीको निर्णयप्रति आफू सधैं लागि पर्ने कुरा बताएका थिए।

सो बिषयमा संघको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) गौरी राज जोशीले भने, यो निर्णय संघको भएकोले राष्ट्रिय समन्वय परिषद अमेरिका मात्र होइन एनसीसीहरु सबैले मान्नु पर्नेछ।

नमाने के हुन्छ भन्ने प्रश्नमा आरसी जोशीले भने- नमान्ने भन्ने कुरा नै हुँदैन। यदि त्यसो भएमा आफूले आफ्नो क्षेत्रमा विकल्पको लागि कदम चाल्ने कुरा बताए। त्यो विकल्प भनेको के हो त ? त्यो अवस्था भनेको जो-जोले अमेरिकाबाट संघको नयाँ एमआइएस सिष्टममा गएर सदस्य बनेका छन् या त्यसको मापदण्ड अनुरुप माइगरेट भएका छन् उनीहरुलाइ मात्र भ्यालिड गरिन्छ, अरुलाई भ्यालिड गरिन्न, जोशीले भने।

यसलाई लागु गर्न तपाइँको रोल के हुन्छ भन्ने जिज्ञासामा जोशीले भने- यो मेरो रोल भन्दा पनि आइसिसिको निर्णय हो। सम्पूर्ण सदस्यहरु आइसिसिसको स्वामित्वमा हुने हुनाले त्यसलाई नमान्नु भनेको उसबाट अलग्गिनु हो।

उसो भए भोलि अर्को एनसीसी बन्ने अवस्था सम्म पनि जाने हो ? त्यो अवस्था हुँदैन तर कथंकदाचित परेछ भने पछाडी हट्न मेरो पदिय जिम्मेवारीले दिंदैन। त्यसैले म कुनै अवस्थाको लागि पनि तयार छु र पछि हट्दिन, जोशीले भने।