-एनआरएनए अमेरिका चुनावमा ४७% मत खस्यो, सुबेदीको अग्रता लामिछानेको नैरश्यता

एनआरएनए अमेरिका चुनावमा ४७% मत खस्यो, सुबेदीको अग्रता लामिछानेको नैरश्यता

Hollywood Khabar May 29,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २९, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको चुनावमा आज मे २९ बिहान बाट सुरु भएको छ। मे ३० को ११:५९ रातमा मतदान अन्त हुनेछ।

आज पहिलो दिनको मतदानमा सबैतिरको सर्भेक्षण अनुसार करिब ४७% मत खसेको अनुमान गरिएको छ। पश्चिम क्षेत्रमा राति १०:०० बजे सम्म पनि मत खस्ने क्रम जारि रहेको छ। यो पटक २०,१३९ मतदाता मध्ये करिब ९,००० देखि १०,००० सम्म मत पहिलो दिनमा खसेको अनुमान गरिएको छ।

टेक्ससमा २,०००, न्यूयोर्कमा २,०००, क्यालिफोर्नियामा ८००, डिसी महानगर क्षेत्रमा १२०० र अन्य क्षेत्रमा ३,००० जति गरि जम्मा ९,००० देखि १०,००० को बिचमा मत खसेको अनुमान गरिएको छ। मत खस्ने क्रम जारी रहेकाले यो संख्या बढ्दो रहेको छ। खसेको मतमा ५०% बुद्धि सुबेदीको लिडमा र बाँकी ५०% अरु उम्मेदवारको जम्मामा रहेको कुरा स्थानिय व्यक्तिहरुसँग गरिएको सर्भेक्षणले देखाएको छ। यो निर्वाचन आयोगले दिएको आधिकारीक नतिजा भने होइन।

सबैतिरको सर्भेक्षण पछि अन्तराष्ट्रिय समन्वय परिषद सचिव गौरी जोशीको समर्थनमा रहेका कृष्ण लामिछानेको पराजय निश्चित ब्याएको बुजेर लामिछानेका सपोर्टरले उनलाई बिचमा नै छाडिदिए। त्यसको पछि आफूहरुका केहि उम्मेदवार जिताउन सकिन्छ कि भनेर लामिछाने जिताउन जोशी र केहि व्यक्तिहरुले सबैखाले हथकण्डा अपनाए।

अदालतमा मुद्धा हलाउने, विभिन्न आरोप लगाउने आदी इत्यादि काम गरे। तर पनि मतदाताले टसको मस नभएको देखेर फर्जी तरिका अपनाउन थाले। कहिले अरु सुबेदीको टिमकालाइ टिममा छैन भनेर निकाले त कहिले अन्य।तर पनि सुबेदीको टिमको मत एकरुपमा नै खसेको खबरले उनीहरुलाई औडाह लाग्यो।

अन्तिम प्रयास स्वरुप अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेलाइ बिचमा नै फालेर बरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्ण जीबी पन्त र उपाध्यक्षका उम्मेदवार विकास उप्रेतीलाइ अर्का अध्यक्षका उम्मेदवार डा अर्जुन बन्जाडेको टिममा जोडेर फर्जी लिष्ट फालेका थिए। यो लिष्टको भने डा बन्जाडे पक्षले खण्डन गरेको छ।

लिष्ट फालेपछि अध्यक्षका उम्मेदवार कृष्ण लामिछाने रिसले आगो भए। उनका टिमबाट उपाध्यक्ष र बिरिष्ठ उपाध्यक्षका उम्मेदवार पनि रिसले झगडा नै गर्न थालेका थिए। महासचिवका उम्मेदवार बनेका बिनोद भट्टले क्यालिफोर्नियाको मेरिनाको एउटा होटेलबाट पोख्नु सम्म रिस पोखेको कुरा उनीसंगै रहेका अर्का व्यक्तिले बताए। त्यसै फर्जी लिष्टका कारण आइसीसी सचिव गौरी जोशी पनि फ्रश्टेशनमा गएको बताइञ्च। स्मरणीय कुरा कृष्ण लामिछानेलाइ आइसीसी उपाध्यक्ष बद्रि के सी, महासचिव डा हेमराज शर्मा र सचिव गौरी जोशीले सघाएका हुन्। अमेरिकाको यो हस्तक्षेममा सुर्य लम्साल साललाइ उचालेर मुद्धा गर्न लगाउँदा अदालती मुद्धा पनि लज्जास्पद रुपमा हारेको यो टिम अहिले छ्ट्पटाउन थालेको छ।

अमेरिकाकै बिषयमा अनावश्यक रुपमा खेलेको, एनसीसीलाइ फेसिलेट गर्नुपर्नेमा हस्ताक्षे गरेर विवादित गरेको, संघको सूचना र अतिगोप्य कुरा संघका महासचिव डा हेमराज शर्माले चुहावट गरेको कारण संघका अध्यक्ष कुमार पन्तले बोलाएको सोधपुछ बैठकमा यी तिनैजना उपस्थित नभएको खबर पनि प्राप्त भएको छ।