-एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

Hollywood Khabar June 09,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले २०२१-२०२३ को निम्ति भएको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नुहुने तथा जिम्मेवारी वहन गर्नुहुने सबैप्रति आभार व्यक्त गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाका प्रवक्ता ओम भट्टराइका अनुसार कार्यसमितिको अध्यक्ष सुनील साहको अध्यक्षतामा बैठक बसी वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालको निम्ति नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुबेदी लगायत सबै पदाधिकारी तथा बोर्ड सदस्यहरुलाई स्वागत तथा वधाई ज्ञापन गरेको छ।

यसका साथै अमेरिकी राजनीतिको चलन जस्तै अब एनआरएनए एनसीसी अमेरिकाको निर्वाचित कार्यसमितिले जुलाई ३, २०२१ मा आफ्नो पदभार लिनुपूर्व नै ट्राञ्जिशनको प्रक्रिया सुरुगर्न एक्सेस पाउनेछ। एनआरएनए एनसीसी अमेरिकाले यो पटकबाट यस्तो नयाँ प्रयास सुरु गरेको हो। अब निर्वाचित समितिले २ बर्षे योजना, संरक्षक परिषद, सल्लाहकार, कार्यदल र प्रवक्ताको मनोनयन जस्ता सबैजसो तयारी अनौपचारिक रुपमा निर्णय गर्दै जान सक्नेछ। त्यसलाई जुलाई ३ को पदभारको पहिलो बैठकले अनुमोदन गर्नेछ। यो नयाँ सुरुवात संघका बाँकी संसारले पनि सिक्नुपर्ने नयाँ पारदर्शी चलनको सुरुवात हो।

यसैगरी जुलाई ३ र ४, २०२१ मा न्यूयोर्कमा हुन आयोजित संघको १० औं साधारणसभाको तयारीका सन्दर्भमा कन्भेनर तथा संघका उपाध्यक्ष बिआर लामाले तयारीबारे जानकारी गराएका थिए। यसका साथै वैठकले नेपालमा अक्सिजन प्लान्ट निर्माण गर्ने संघको पूर्व निर्णय अनुरुप संचालन भैरहेको आर्थिक सहयोग संकलनको कार्यलाई अझ प्रभावकारी बनाउने निर्णय समेत भएको छ।