NRNA अमेरिकामा सिस्टमको खडेरी- अध्यक्षकी प्रत्यासी रविना थापा

Hollywood Khabar May 11,2017 Comments

"वकिल नेतृत्वमा आउंदा मुद्दा मामिला आयो, डाक्टर नेतृत्वमा हुँदा संस्था नै बिरामी भयो"
हिमालयखवरबाट साभार
मेरिल्याण्ड राज्य बाल्टिमोरमा व्यबसाय तथा समाजसेबी गर्ने रविना थापाले एनआरएनए अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेकी छिन्।
तपाई अध्यक्ष भए के गर्नु हुन्छ ?
रविनाले हिमालयखवर संगको यो प्रश्नमा धेरै पटक सिस्टमको कुरा उठाईन्।  नियममा चल्न नसकेको एनआरएनए अमेरिकालाई सिस्टममा ल्याउन, अमेरिकामा बस्ने नेपाली समुदायलाई समक्ष वनाउन, भईरहेका आफ्ना योजनालाई पुरा गर्न, एनआरएन अमेरिकाको सदस्यता लिएपछि केही फाइदा होस त्यसमा काम गर्न नेतृत्वमा जान खोजेकी हुँ रविनाले भनिन्।
उनी भन्छिन्, मेरा एजेण्डा सरल छन्। तर, वर्तमान नेतृत्वप्रति भने उनको धेरै असहमती भईसकेको छ।
एनआरएनए अमेरिका भित्र सिस्टमको खडेरी लागेको छ, रविनाले भनिन् वकिल नेतृत्वमा आउंदा मुद्दा मामिला आयो डाक्टर नेतृत्वमा हुँदा संस्थालाई नै बिरामी बनाउनु भयो।
रविना थापा वर्तमान कार्यसमितिमा सवैभन्दा वढी मतका साथ उपाध्यक्ष निर्वाचित भएकी थिईन। अहिले अमेरिकाका झण्डै साढे एक दर्जन राज्यका लागि उनी संयोजक हुन। एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिको दुई बर्ष अवधि समाप्त भएको छ। तर, निर्वाचनको मिति भने तय भएको छैन।
चुनाव कहिले हुन्छ ?
रविना भन्छिन् हाम्रो अध्यक्षज्यू आफुँ उठ्छु भन्नु भएको छ। सिस्टममा खडेरी छ, उहाँलाई जहिले मन लाग्छ त्यही बेला चुनाव होला।वर्तमान अध्यक्ष आफुँ निर्वाचनमा जाने भने पछि संस्थालाई विवादमुक्त गराउन उम्मेदवार नहुने कार्यसमितिका पदाधिकारी वा निर्वाचन समितिलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने हो।मैले अध्यक्षज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी अरु कसैलाई दिनुहोस पनि भनेको हुँ। तर, भएन उनले भनिन् त्यसैले समस्याहरु आएका हुन्। उहाँ (वर्तमान अध्यक्ष) आफ्नो क्षेत्रमा दक्ष हुनुहोला तर, अध्यक्षलाई संस्थामा कसरी काम गर्नुपर्छ थाहा नै छैन, उनले भनिन्।
एनआरएन अमेरिका भित्र सदस्यमा आवेदन दिने मध्ये कसलाई राख्ने कसलाई नराख्ने भन्नेमा समस्या देखिएको छ। रविना भन्छिन–म जित्नका लागि नै एनआरएनए अमेरिकाको अध्यक्ष उठिरहेको होइन।सिस्टम नभएको ठाउँमा यसलाई बनाउनका लागि म नेतृत्वमा जान लागेको हुँ।
‘म अध्यक्ष भएको तीन महिना भित्र एनआरएनए अमेरिकाको बेबसाइटलाई पुरै व्यवस्थित र अर्को पटक सदस्यको भेरिफाइड गर्ने अवस्था नै नआउने बनाउनेछु,’ रविनाले भनिन्। एनआरएनए अमेरिकाका सदस्यताका लागि परिचय पत्र दिन शुरु गर्छु। यो परिचय पत्रवाट विभिन्न छुट र सहुलियतको व्यवस्था गर्न सकिन्छ।
रविनाको योजनामा एनआरएन परिचयपत्र लिनेलाई विभिन्न खालका छुट र सहुलियत दिलाउने कुरा छ।
कसरी?

उनी भन्छिन् हामी यहाँ इन्सुरेन्स लिन्छौं यो दिने कम्पनीलाई हाम्रो सदस्य देखाएर छुट माग्न सकिन्छ, बेला बेलामा नेपाल जान्छौ कुनै ट्राभल एजेन्सी वा एयरलाइन्ससँग छुटको व्यवस्था गर्न लगाउन सकिन्छ। नेपालमा होटल चाहिन सक्छ सोल्टी जस्ता होटललाई पनि हाम्रो सदस्यहरुलाई छुट देउ भन्न सकिन्छ। यसो गर्दा होटलको व्यवसाय वढ्ने हुदां छुट दिन चाहिहाल्छन। १५ डलर तिरेर सदश्य वन्दा फाइदा हुन्छ भने पछि धेरै सदस्य वन्न आउनुहुन्छ। यसवेला अहिले जस्तो भेरिफिकेसनको समस्या नै हुदैंन। सदस्य आफै बन्ने वतावरण आउँछ, यसमा म ग्यारेन्टी दिन्छु।
बाल्टिमोरको नेपाली समुदायको संस्था बानामा आफुले यसरीनै सदस्य वढाएको रविनाले दावी गरिन्। म बानामा जाँदा सदस्यता लिन उत्साह थिएन कार्यकाल समाप्त हुँदा सदस्य संख्या निकै वढेको थियो उनले भनिन्। रविना सन् २००७ देखि २००९ सम्म बानामा उपाधयक्ष र त्यसपछिको दुई बर्ष अध्यक्ष भईन्। म अध्यक्ष भएपछि बानामा पनि निरन्तर कार्यक्रमहरु आयोजना गरिरहँदा, हाइटीमा भुकम्प जाँदा समेत हामीले सहयोग ग¥यौं उनले भनिन्। यसरी निरन्तर कार्यक्रम गर्ने हो भने एनआरएनए अमेरिका पनि निकै अगाडी वढ्छ।
अहिले आफ्नै अध्यक्ष विरुद्ध उम्मेदवार हुनुहुन्छ किन यस्तो अवस्था आयो ?
रविना भन्छिन् पहिले अध्यक्षले म उठ्दिन एउटै कक्षा दोहोर्याउदिन, तपाईहरु अगाडी वढ्नुहोस भन्नुभयो त्यसपछि म अगाडी वढेँ। अध्यक्ष भईसक्नु भयो र उहाँसँग कुनै योजना र कार्यक्रम पनि छैनन्। मसँग योजना छन।मैले एनआरएनए अमेरिका भित्र संयोजन गरिरहेको देवघाट परियोजना, अमेरिका भरी व्यवसाय गर्ने नेपाली समुदायको जानकारी उल्लेख हुने डायरी ग्रिन पेज वनाउने कार्यक्रम सकिएको छैन। मलाई यो पुरा गर्नु पनि छ।
बानामा म अध्यक्ष हुँदा जति काम भयो त्यही काम पनि एनआरएनए अमेरिकामा भएको छैन रविनाले दावी गर्दै भनिन्। मसँग एनआरएनए अमेरिकालाई कस्तो बनाउने स्पष्ट खाका छ। विश्वभरका एनआरएन राष्ट्रिय समन्वय परिषद मध्ये एनआरएन अमेरिकालाई सवैभन्दा उत्कृष्ट बनाउने मेरो चाहना हो, साधन र स्रोत छन् म सँग गर्ने आँट र अनुभव छ।
कार्यसमितिमा भएपनि उपाध्यक्ष हुँदा चाहे जसरी काम गर्न नसकेको उनले बताईन। म उपाध्यक्ष हो, निर्णयकर्ता होइन कार्यसमितिले भने अनुसारको जिम्मेवारी मैले गर्नु यो। देवघाट र ग्रीन डायरी वनाउने काम गर्छु भन्दा पनि बोर्डवाट स्विकृत हुन पनि निकै समय लाग्यो। नेतृत्व आफैले गर्दा सजिलोसँग काम गर्न सकिन्छ।
आफ्नो एजेण्डामा अमेरिकामा बस्ने नेपालीलाई कसरी समृद्ध र सक्षम बनाउने भन्ने पनि एजेण्डा रहेको उनले बताईन। आफ्नो विषयमा दक्ष हुनेले त राम्रो काम पाईहाल्नुहुन्छ तर, नेपालवाट केही गर्छु भनेर यहां आउने अधिकांशलाई समक्ष वनाउने भनेको व्यवसाय नै हो। अमेरिका सानो व्यवसायका लागि उपयुक्त देश पनि हो। हामी समृद्ध बन्न चाहान्छौ व्यवसाय नै गर्नुपर्छ। यसका लागि एनआरएनए अमेरिका सहयोगी वन्नुपर्छ म नेतृत्वमा गएँ भने यो गर्छु।
एनआरएनए अमेरिका कार्यसमिति भित्र भने विवाद नै नभएको उनले वताई। हाम्रो कार्यसमितिमा प्राय निर्णयहरु सर्वसम्मत नै भएका छन्। तर, विवाद सिस्टमको कमजोरीका कारणले आएका हुन् उनले भनिन्।
कार्यसमितिका उपाध्यक्षहरुले पनि नेतृत्वको आकांक्षा गर्दै उम्मेदवार घोषणा गरेका छन्। मिलेर जान सकिदैंन?
रविना भन्छिन् नेतृत्व लिन आंकाक्षा देखाउनु संस्था प्रतिको आकर्षण हो। यो हुनु पनि पर्छ। तर, मिलेर जान सकेको भए राम्रो हुन्थ्यो। मैले पहिले अध्यक्षलाई सोधें उहाँले जसको माहौल राम्रो छ उसैलाई सहयोग गर्छु भन्नुभयो।
उपाध्यक्षमा मैले सवैभन्दा वढी भोट पाएर जितेकी पनि हुँ, यसैले पनि मेरो दावी बलियो थियो। म नेतृत्व लिन सक्छु भनेर अघि वढें। अहिले चुनाव उठ्छु भन्नु भएका अन्य उपाध्यक्ष भन्दा मेरो माहौल राम्रो बनेको छ। म संग योजना पनि छन्। उहांहरुले मलाई सहयोग गर्नुपर्यो। चुनाव एक पटक मात्र होइन मिलेर जान सकियो भने संस्था र हामी सवैलाई राम्रो हुन्छ।
आईसीसीमा केही महिना पछि हुने निर्वाचनले पनि केही असर परेको रविनाले स्विकार गरिन्। यसले असर परेको छ तर, हिजो काम गर्नु भएका अग्रज र समक्ष व्यक्तिलाई नै आईसीसीमा जोडबल गरेर पठाउने हो उनले भनिन्। तर, यसकै लागि यहां राजनीतिक गर्नुपर्ने कुनै कारण म देख्दिन।
एनआरएनएले गर्नु पर्ने के हो ?
रविना भन्छिन् विदेश वस्नेका लागि त्यहांको बसाई सरल वनाउने हो। यहां वस्ने पुस्ता अर्थात नेपाली समुदाय विच भाषा, संस्कृत्तिको माध्यमवाट आपसी सहयोग बढाउने हो। नेपाल पनि हाम्रो लागि टाढा नहोस, पराई नहोस भन्ने हामी चाहान्छौ। एनआरएनए अभियानले यसकै लागि पुलको काम गर्ने हो।