-एनआरएनए अमेरीकाको टेक्सस च्यापटरले उच्चशिक्षा लिने तयारीका बिधार्थीलाई कार्यक्रम सम्पन्न गरेको छ

एनआरएनए अमेरीकाको टेक्सस च्यापटरले उच्चशिक्षा लिने तयारीका बिधार्थीलाई कार्यक्रम सम्पन्न गरेको छ

Hollywood Khabar September 11,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरीकाको टेक्सस राज्य च्यापटरले यहि सेप्टेम्बर ११ मा माध्यमिक तथा उच्च माध्यमिक तहका उच्चशिक्षा लिने तयारीमा रहेका नेपाली बिधार्थीलाई लक्षित गरी यस एक कार्यक्रम समापन गरेको छ।

अध्ययनमा के कस्ता तयारी गर्नुपर्छ, के कस्ता बिषय छनोट गर्न सकिन्छ, कुन बिषय आफ्नो लागि उपयुक्त हुन्छ जस्ता थुप्रै बिषयमा हामीलाई धेरै कुरा थाहा नहुन सक्छ। ति यावत कुराहरुलाइ जानकारी लिने-दिने उद्येश्यले हाल बिश्वकै १० औं बिश्वबिधालय अन्तरगत छात्रवृत्तिमा पर्न सफल केहि नेपाली विधार्थीहरुसंग अनुभव आदानप्रदान साथै अन्तरक्रिया कार्यक्रमा अमेरीकावासी नेपाली बिधार्थीहरुको बाक्लो उपस्थितीमा कार्यक्रम निकै उत्कृष्ट रहको कार्यक्रम संयोजक निश्चल चापागाईले जानकारी दिनुभयो। यस कार्यक्रमबाट हाम्रो समुदायमा रहेका धेरै नेपाली विधार्थीहरुलाई कस्तो बिश्वबिधालय छनोट गर्ने, उचित बिषय के र त्यसको पहिलो कदमहरु के के हुनेछन भन्ने जिज्ञाशा निर्मुल पार्न सफल भएको उहॅाको भनाई छ। करीब ५० भन्दा धेरै जिज्ञासाहरुको बिशेष अतिथी डा. अर्जुन बन्जाडे लगाएत सम्बन्धित बिधार्थीले सम्बोधन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथीको रुपमा एनआरएनए एनसीसी अमेरीकाका अध्यक्ष बुद्धि ससुबेदी रहका र बिशिष्ट अतिथी डा अर्जुन बन्जाडे प्रमुख बक्ताको भुमिकामा रहि कार्यक्रमको सभापतित्व च्यापटर अध्यक्ष सोफिन थापाले गर्नुभएको थियो।

कार्यक्रम च्यापटर सचिब डा. चण्डि भण्डारीले संचालन गर्नुभएको साथै कार्यक्रम संयोजन निश्चल चापागॅाई, सन्देश उप्रेती र मनिता मान्धरले गर्नुभएको कार्यक्रममा बिधार्थी सुबास भण्डारी, प्रसम्सा घिमिरे, मनिष भण्डारी, ईषा घिमिरे, आभाष श्रेष्ठ लगाएतले आफ्नो बिश्वबिधालय छनोट अनुभव बताएका थिए।