-गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त

एनआरएन अमेरिकासँग सबैभन्दा धेरै आशा गरिन्छ-अध्यक्ष पन्त

Hollywood Khabar January 17,2017 Comments

कृष्ण के सी, मे ३१, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको ५ औं साधारणसभा, जनवरी १४, २०१७ का दिन टेक्सास राज्यको डालसमा सम्पन्न भएको थियो। त्यो समय वर्तमान अध्यक्ष कुमार पन्त उपाध्यक्षको रुपमा अतिथि बनेर आएका थिए। उनले बोलेको त्यो बेलाको बोली आज मे ३१, २०२१ ठीक ४ बर्ष ४ महिना पछि फेरी सोहि शब्द बोलेर उनले त्यो कुरालाई स्मरण गरेका छन्।

त्यो समय साधारण सभालाई संबोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जसरी बिश्वले अमेरिकालाई हेर्छ त्यसैगरी हामी एनआरएनहरुले अमेरिकाका नेपालीहरुबाट ठूलो आशा गर्ने गरेका छौ भनेका थिए। आज अमेरिकाको निर्वाचनबाट २०२१-२०२३ कार्यकालको लागि वर्तमान उपाध्यक्ष बुद्धि सागर सुबेदीको नेतृत्वमा निर्वाचित भएको नयाँ नेतृत्वको बिषयमा सोहि कुरा बताएका छन्।

सो समय अध्यक्ष पन्तले बताएका थिए, अमेरिकाले गोर्खाको लाप्राकको भुकम्प पिडितहरुको बस्ति स्थानान्तरण प्रोजेक्ट, एनआरएनको बिल्डिंङ्, संखामुल पार्क लगायतका प्रोजेक्टहरुमा अमेरिकाको ठुलो सपोर्ट थिए र अझै पनि यस्ता थुप्रै काममा अमेरिकाको सहयोगको आवश्यकता छ। बिगतमा अमेरिकाको सहयोग उलेख्य रहन गयो र फेरी पनि सहयोगको ठूलो अपेक्षा गर्दछौ। आज ४ बर्षपछि उनले सोहि बिषयलाइ दोहोर्याएर भने, म फेरी भन्छु, अमेरिकाबाट संसारले हेरेका हुन्छन, त्यहाँको परिवर्तन र राम्रा कामले सबैलाई प्रेरणा गर्छ, अनि हामी अझै धेरै अपेक्षा गर्छौं।

उनि २०१६ मा एनआरएनए एनसीसी अमेरिकामा भएको ९ औं क्षेत्रीय सम्मेलनमा भाग लिएर गय लगत्यै पून: दोश्रो पटक साधारण सभालाई सम्बोधन गर्न टेक्ससमा आइपुगेका थिए। अहिले पनि विश्वोमा आएको कोभिड १९ को संक्रमणले ल्याएको नेपाली समाजको असहज परिस्थिति, नेपालमा लगानी गर्ने बिषय, संघको नयाँ सुरु गरिएको एनआरएनए फाउण्डेशन जस्ता बिषयलाई लिएर अध्यक्ष पन्त निक्कै दौडधुपमा छन्। अमेरिकाको चुनावलाइ लिएर विभिन्न विवाद ल्याउने प्रयासलाइ कडाइका साथ फेसिलेट गर्न सफल अध्यक्ष पन्तले निर्वाचनको परिणाम र नतिजाप्रति प्रतिक्रिया दिंदै फेरी भने, संघमा अमेरिकाबाट हामी धेरै अपेक्षा गर्दछौं।

अध्यक्ष पन्तले अमेरिकाको नेतृत्व एनआरएनएमा बिस्तारै पुगेको छ, राम्रा काम गर्दै गएमा, एक दिन विश्वोको नेतृत्व अमेरिकाले लिनेछ। म पनि जर्मनमा च्याप्टरबाट, एनसीसी, आरसी, महासचिव भएर उपाध्यक्ष हुँदै अध्यक्ष भएको हुँ। एनआरएनएमा हरेक मान्छे कसले कसरी कामगर्छ त्यो हेर्ने गरिन्छ। यो ग्राजुएल्ली बढ्ने कुरा हो। त्यो कुरा अमेरिकाका साथीहरुले बिगतमा देखाउनु भएन। कतिपय साथीहरु त बल्ल सदस्य हुनुभएको थित्यो एकै पटक ठूलो पदमा अपेक्षा गर्नुभएको देखिन्छ। अब त्यो कुरा सुधार्नुपर्छ र संघमा पदीय कुरा भन्दा पनि योगदान र विश्वोमा अमेरिकाको उदाहारण चाहिएको छ। अर्को कुरा राजनीति र बिभाजित भएर होइन एक भएर प्रयास गरेमा अमेरिकाको नेतृत्व सम्भव हुन्छ भन्ने मेरो विश्वास छ।

त्यो बेला अध्यक्ष पन्तले भनेका थिए, हरेक पटक अमेरिका नेतृत्वबाट बाहिरंदा हामीलाई दु:ख लाग्छ। खासै भन्नुपर्दा अमेरिकाको एनआरएन अगाडी बढेको २०१४ देखि मात्र हो। यो छोटो समयमा धेरै साथीहरु आगाडी आउनु भएको छ। धेरै काम गर्नुभएको छ। अब एक दिन एनआरएनएको नेतृत्व अमेरिकाले लिनुपर्छ र लिनेछ भन्ने कुरामा म विश्वस्त छु। आज पनि उनले त्यहि कुरा दोहोर्याए , हामी अमेरिकाबाट धेरै अपेक्षा गर्दछौं, नयाँ नेतृत्वले त्यो हाम्रो अपेक्षा पुरा गरोस।