NRNA NCC USA क्यालिफोर्निया च्याप्टरको बिज्ञप्ती

Hollywood Khabar May 24,2017 Comments

NRNA NCC USA क्यालिफोर्निया च्याप्टरको बिज्ञप्ती
बिज्ञप्ती
आदरणीय
नेपाली दादुभाई तथा दिदीबहिनीहरु ,
केहि दिन अगाडी यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष पुर्णचन्द्र वानिया माथी “बादल थापा” नाम गरेको फेक फ़ेसबुक आइडि मार्फ़त संगिन आरोप लगाई कपोल्कल्पित, झुठो पोस्ट गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
एउटा ईमान्दार ब्याक्तिलाई यस्ता झुठा आरोप मार्फ़त समाजलाई भ्रम सृजना गर्ने संस्कृतिले समाज अवस्यनै माथि उठने सक्दैन। हामीले हाम्रो  च्याप्टर अध्यक्षको गल्तिलाई ढाकछोप गरेका पनि छैनौ, उक्त पोस्ट पढे पछि हामीले सत्य र तथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई  धेरै नै सोधपुछ गरि उहॉ माथि अनावश्यक आरोप लगाएको देखिन आएकोले यो बिज्ञप्ति मार्फ़त यहॉहरु समक्ष राखेका हौ।
NRNA अमेरिकाको चुनावको मुखमा आएर तेजोबध गराउने हेतुले रचिएको काल्पनिक कथा शिवाय केहि होईन। समाज वनाउन गार्हो हुन्छ, भत्काउन सजिलो हुन्छ। बनाउनको लागि ज्ञान, बिवेक, सिप चाहिन्छ भने भत्काउन छल कपट र भुत्ते दिमाग़ मात्र भए पुग्छ।
नेपाली अमेरिकी समाजमा “बादल थापा” फेक नाम राखि  फ़ेसबुकमा मार्फ़त एउटा आतंक मच्चाएको छ।यो एउटा प्रेत आत्मा हो जसले समाजमा बास्तविक नाम मार्फ़त आउन सक्दैन। हामीले यस्तो प्रेत आत्माको संचालकहरुलाई चिनेका छौ। यसमा एउटा मात्रै ब्याक्ती छैन। प्रेत आत्मा भएका फरक-फ़रक स्टेटमा संचालित छन। तिनीहरुको तिन पुस्ता हामीसंग सुरक्षित छ।
अब उपरान्त यस्ता फेक आइडि चलाएर जो कसैको पनि व्यक्तिगत चरित्र हत्या गर्नेहरुलाई संबन्धित सुरक्षा निकायहरुमा रिपोर्ट गरिने छ।
धन्यवाद
सुरेन्द्र मल्ल
सचिव
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यालिफोर्निया च्याप्टर