-पूर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणा

नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि

Hollywood Khabar February 22,2019 Comments

कृष्ण के सी/अमेरिका

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शम्शेर राणा एक अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा दिल्ली जाँदै छन्।

नेपाल बिधार्थी संघ भारतको आयोजनामा फेब्रवरी २४, २०१९ आइतबार आयोजित नेपाली राजनीति र अर्थतन्त्रका बिषयमा हुने अन्तरकृयामा राणाले आफ्नो बिषयगत धारणा राख्ने छन।

राणा नेपाल सरकारका पूर्व अर्थराज्यमन्त्री, लालितपुर क्षेत्र # १ का पूर्व प्रतिनिधिसभा सदस्य मात्र होइन नेपाल तरुण दलका पूर्व अध्यक्ष समेत हुन्। भारतबाट ग्राजुएट गरेका राणाले अमेरिकाबाट मास्टर्स सम्मको अध्ययन गरेका छन्।

बेलायतसँग पनि आफ्नो पुरानो संबन्ध रहेका राणा नपत्याउँदा तर क्षमतावान नेता हुन्। नेपाली राजनीतिमा बेलायत, भारत र अमेरिकालाइ ब्यालेन्समा लग्न सक्ने भावी नेताको रुपमा राणालाई हेर्ने गरिन्छ। उसै पनि राणा नेपाली काँग्रेसको युवा नेताहरुमा एक शालिन स्वभावका तर प्रखर बिध्वान व्यक्तित्व मानिन्छन।

केहि हप्ता पहिले नेपालको सुदुर पश्चिम दौडाहा सकेका राणा आफ्नो निर्वाचन क्षेत्रमा पनि निरन्तर छन्। आर्थिक, राजनैतिक र नैतिक सबै कारणले स्वच्छ छविमा पर्ने नेताहरु मध्ये एक राणा पर्दछन।

नेपाल बिधार्थी संघ भारतले राणाको प्रमुख आतिथ्यमा हुने नेपाली राजनीति र अर्थतन्त्र बिषयको अन्तरक्रिया कार्यक्रममा उपस्थित हुन सबैलाई निमन्त्रणा गरेको छ।

संघले दिएको सूचना अनुसार दिल्लीको लक्ष्मीनगरमा आयोजना गरिएको कार्यक्रम आइतवार फेब्रुवरी २४, २०१९ मा साँझ ५:३० बजे देखि सुरु हुनेछ।