-नेविसंघ कुटाकुट

नेविसंघका दुइ समूहबीच कुटाकुट

Hollywood Khabar January 26,2020 Comments

१३ माघ ,काठमाडौँ ।नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुइ समूहबीच कुटाकुट भएको छ। कांग्रेस केन्द्रीय कार्यलय सानेपामा पूर्वमहामन्‍त्री कुन्दन काफ्लेसहितको समूह आमरण अनसनमा बसेपछि संस्थापन समुहका कार्यकर्ताहरूले हातपात गरेका थिए।

आमरण अनसनमा बसेका कुन्दन काफ्ले समूहले नेतृत्वका लागि उमेरको हदबन्दी तोकिनु पर्ने माग राख्दै पार्टी कार्यलय सानेपामा आमरण अनसन सुरु गरेपछि दुई पक्षबीच झडप भएको हो। झडपमा परि घाइते भएका लक्ष्मी बोगटी, कमल पन्त स्टार अस्पतालमा भर्ना भएका छन्।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीहरु विधान अनुरुप तदर्थ समिति गठन गर्न माग गर्दै ४० दिनदेखि रिले अनशन बसेका थिए। सोमबारबाट निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनशन बसेका छन्।